ज्वालामुखी गाउँपालिका वडा नम्बर–३ मैदीमा मगर पुरोहित(वापा मापा) र सालैजु कौह्रा नृत्य तालिम आजदेखि सुरु भएको छ।
तालिमको आज ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु लोप्पाले उद्धघाटन गर्नुभएको हो । नेपाल मगरसंघ ज्वालामुखी गाउँपालिका ईकाइको आयोजना ,नेपाल मगरसंघ जिल्ला समन्वय समिति धादिङ, नेपाल मगर बौद्ध सेवा समाज र ज्वालामुखी गाउँपालिकाको प्राविधिक सहयोगमा तालिम संचालन गरिएको छ ।
मैदी उखुबारीमा रहेको चक्रदेवी टोलमा सुरु भएको तालिममा वडा नम्बर ३,५ र ६ का गरी २४ जना सहभागि छन् । मगर समुदायको भाषा, कला, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्धेश्यले मगर पुरोहित(वापा मापा) र सालैजु कौह्रा नृत्य तालिम संचालन गरिएको ज्वालामुखी गाउँपालिका ईकाइ अध्यक्ष कुल बहादुर झ्यारी मगरले बताउनुभयो । तालिमले नयाँ पुस्ताहरुलाई आफ्नो रितिरिवाज र परम्पराको बारेमा थप जानकारी गराउने अपेक्षा लिएको उहाँको भनाई छ ।
२९ गते सम्म संचालन हुने तालिममा रिना गुरुङ र यम बहादुर थापाले प्रशिक्षण दिनुहुनेछ । समापनको दिन माघे संक्रान्तिको अवसरमा साँस्कृतिक कार्यक्रम गर्नुका साथै मगर जातिको संस्कृति झल्कने खानाका परिकारहरुको स्टल राखिने संघका अध्यक्ष कुल बहादुर झ्यारी मगरले बताउनुभयो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |