जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको धादिङ अस्पताललमा सूचना अधिकारी परिवर्तन गरिएको छ । सूचना अधिकारी राम रिजालको सट्टा डाक्टर पुष्पा अधिकारीलाई जिम्मेवारी दिएको हो ।
धादिङ अस्पतालमा प्राइभेट अस्पतालको विज्ञापन भन्ने समाचार प्रकाशन भएपछि धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले छानविन गरी कार्वाही प्रक्रिया अगाडी बढाउने बताएका थिए ।
कात्तिक ३० गते समाचार प्रसारण भएपछि अस्पताल प्रशासनले छलफल पनि गरेको थियो । अस्पतालले मंसिर १० गते डाक्टर पुष्पालाई सूचना अधिकारीको जिम्मेवारी दिएको हो ।
अस्पताललको आधिकारिक पेजमै निजि अस्पतालको विज्ञापन देखेपछि सर्वसाधारणले समेत विरोध गरेका थिए । विरोधपछि धादिङ अस्पतालले पोष्ट गरेको शहिद मेमोरियल अस्पतालको विज्ञापन हटाएको थियो ।
सरकारी अस्पतालमा निजि अस्पतालको विज्ञापन किन ? भन्ने प्रश्नमा धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले आफु जिल्ला बाहिर अफिसको कामले काठमाडौं रहेको बताउदै बुझेर आवश्यक कार्वाही अगाडि बढाउने बताएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |