गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने १९ जोडीलाई सम्मान गरेको छ ।
पालिकाभित्र जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैरदलित विवाह गरेका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
पालिका भित्रका सवै वडाका दलित र गैह्रदलित विच विवाह भएका जोडीको विवरण संकलन गरी सम्मान गरिएको उहाँले जानकारी दिनुभयो । अन्तरजातीय विवाह गर्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउनु पनि कार्यक्रमको उद्धेश्य रहेको उहाँले बताउनुभयो ।
यस्ता दम्पतीको आर्थिक अवस्था हेरेर प्रोत्साहनका लागि पालिकाले सिपमूलक तालिम उपलब्ध गराउने योजना पनि बनाएको गाउँपालिकाका प्रशासकीय अधिकृत रुलबहादुर आलेले बताउनुभयो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |