महिला मानव अधिकार रक्षकहरुको जिल्ला संजाल धादिङको अध्यक्षमा खिल कुमारी तिवारी चयन हुनुभएको छ । आज धादिबेशीमा सम्पन्न दशौं साधारण सभा तथा पाँचौ अधिवेशनले तिवारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा दुर्गा अधिकारी, सचिवमा ज्ञानु कँडेल, सहसचिवमा रबिना पौडेल र कोषाध्यक्षमा शुसिला भण्डारी चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा भगवती अर्याल, शान्ता रुपाखेती, उर्मिला श्रेष्ठ, राधिका सापकोटा, हरिमाया शाही, आरती शाह , सीता रिजाल ( अपंगता क्षेत्र) र स्नेहा श्रेष्ठ( युवाको क्षेत्र) चयन हुनुभएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |