१२ वर्षीया बालिका बलात्कार कसुरमा १३ वर्षीय बालकलाई जिल्ला अदालत धादिङले ६ महिना सुधार गृहमा राख्न र ८० हजार जरिवाना गर्न फैसला गरेको छ ।
जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलाको इजलासले ०८१ असोज ६ गते कसुरदार बालकको अभिभावकबाट जरिवाना भराउने र पीडितलाई क्षतिपूर्ति दिने फैसला उल्लेख गर्दै पीडित अति नावालिक भएकोले अपारध पीडित राहत कोषबाट ५० हजार तत्काल क्षतिपूर्ति दिन फैसला गरिएको जिल्ला अदालतका तहसिलदार तथा सूचना अधिकारी ध्रुुब सुवेदीले जानकारी दिनुुभयो ।कसुरदारले पीडितलाई ०८१ साउन १० गते बलात्कार गरेपछि सोही दिन पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
उजुरीपछि कसुरदारलाई साउन १० गते गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालयमा न्यायिक हिरासतमा राखिएकोमा जिल्ला अदालतको साउन २९ गतेको आदेशले कसुरदारलाई नियमित अदालत हाजिर हुने, नियमित विद्यालय जाने र एक महिनासम्म पीडित परिवार, पीडितलाई भेट्न नपाउने सर्तमा अभिभावककको जिम्मा लगाएर पठाएको थियो । पीडितको साउन १० गते धादिङ अस्पतालमा स्वास्थ्य परिक्षण भएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |