गैरसरकारी संस्था महासंघ धादिङको अध्यक्षमा पुनः शालिकराम दुवाडी निर्वाचित हुनुभएको छ ।यसअघि पनि दुवाडी नै गैरसरकारी संस्था महासंघ धादिङको अध्यक्ष हुनुहुन्थ्यो ।बिहिबार धादिङबेसीमा सम्पन्न १९ औँ वार्षिक साधारणसभा तथा ८ औँ अधिवेशनले दुवाडीलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको थियो ।
गैरसरकारी संस्था महासंघ धादिङको सर्वसम्मत निर्वाचित उपाध्यक्षमा अधिवक्ता तोलाकुमारी पाठक, , सचिवमा शेरबहादुर ९सिलास० तामाङ, कोषाध्यक्षमा इश्वरी कोइराला, सहसचिव इन्द्रमान शाक्य सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसैगरि सदस्यहरुमा गुणराज खतिवडा, रामबहादुर नेपाली, प्रमिला पंडित, बमबहादुर तामाङ, कृष्णबहादुर पौडेल, विष्णु प्रसाद पौडेल, गिता खननाल, संगिता पाण्डे बिसुराल र दुर्गा अधिकारी निर्वाचित हुनुभएको निर्वाचन समितिका अध्यक्ष तथा गैसस महासंघ नेपालका केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव गोकर्ण रुपाखेतीले जानकारी दिनुभयो ।
यसअघि गैसस महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले अधिवेशनको उद्घाटन गर्दै सामाजिक क्षेत्रको विकास, नागरिक अधिकारको शुनिश्चितताका लागि गैरसरकारी संस्थाहरुको योगदान महत्वपूर्ण रहेको बताउनुभएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |