अखिल क्रान्तिकारी खनियाबास गाउँपालिकाको अध्यक्षमा सोमती (सोनि) तामाङ चयन हुनुभएको छ । आज धादिङबेशीमा सम्पन्न भएको दोस्रो भेलाले सोमती (सोनि) तामाङको अध्यक्षतामा २५ सदस्यीय कार्यसमितिको चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा छिरिङ तामाङ, पासाङ तामाङ, सचिवमा कमल तामाङ, सह सचिवमा प्रशान्त तामाङ, कल्पना तामाङ, कोषाध्यक्षमा अस्मिता तामाङ रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा विवेक तामाङ, अन्जना तामाङ,प्रेरणा तामाङ, कर्ण तामाङ, प्रकाश वि.क, पासाङ तामाङ, तारा वि.क सहित २५ सदस्यीय कार्यसमितिको गठन गरिएको अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य सपना दाहालले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्र खनियाबास गाउँपालिका सचिव मनिल तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |