चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न १५ प्रजातिका ७६ वटा जनावरको मृत्यु भएको छ । जसमा सवैभन्दा धेरै चित्तल रहेका छन् ।
निकुञ्जकाअनुसार २४ वटा रहेको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीकाअनुसार २ वटा कुकुरको आक्रमणबाट र २२ प्राकृतिक कारणले चित्तलको मृत्यु भएको थियो । यस्तै १ वर्षमा २१ गैँडा मरेका छन् । ती मध्ये १८ प्राकृतिक कारणले मरेका हुन् ।
यस्तै दुईवटा भने चोरी सिकारी गर्नेले मारेका छन् भने एउटाको कारण खुल्न नसकेको उहाँले बताउनुभयो । यसैगरी प्राकृतिक कारणले ८ बाघको मृत्यु भएको छ भने पाँचवटा हात्ती र जरायो चारवटा प्राकृतिक कारणले मरेका छन् ।यसै अवधिमा घडियाल गोही दुईवटा मरेका छन् । एउटा प्राकृतिक कारणले हो भने एउटाको कारण खुल्न सकेको छैन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |