नेपाल उत्पीडित जातीय मुक्ती समाज धादिङको अध्यक्षमा राम बहादुर वि.क (कालिकोटे) निर्वाचित हुनुभएको छ । धादिङबेशीमा सम्पन्न भएको छैटौं जिल्ला सम्मेलनले कालिकोटेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
जसको उपाध्यक्षमा जुना नेपाली, राम गैरे, सचिबमा रामजी परियार, कोषाध्यक्षमा मधु परियार, उप–सचिबमा भक्त बहादुर सुनार निर्वाचित हुनुभएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष राम बहादुर वि.क (कालिकोटे) ले दलित समुदायको आवाज बनि जातिय विभेद विरुद्ध गगन चिरेर समानताको सूर्य उदाउने बेलासम्म संघर्ष जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
साथै दलित आन्दोलनलाई धादिङ जिल्लोको प्रत्येक कुना कुना सम्म पु¥याउने,संगठनलाई अझ सशक्त बनाउने र न्याय समानता र प्रतिष्ठाको नयाँ ईतिहास लेख्ने बताउनुभयो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |