धादिङमा १५ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ४ स्थित कुण्डलादेवी माविका शिक्षक ३४ वर्षीय शेरबहादुर बुढालाई यौन दुव्यवहारको मुद्धामा जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको हो ।
एसइइ परीक्षामा सामेल पीडित बालिकालाई नेत्रावती डबजोङ गाउँपालिका–५ हुलाक डांँडाँको एक घरमा शिक्षकले ०८१ चैत ९ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले चैत २९ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धानको क्रममा रहेको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो ।
पीडित बालिकाको चैत २९ गते धादिङ अस्पतालम स्वास्थ्य परीक्षण गरिएको थियो ।उजुरीपछि फरार आरोपित शिक्षकलाई पक्राउ गरी जिल्ला अदालतको आदेशले हिरासतमा राखि अनुसन्धान भईरहेको उहाँले बताउनुभयो । पिडित विद्यार्थीलाई बाहिर साथीहरुसँग पनि जान नदिई आफू सुतेकै ठाउँमा सुताएर यौन दुव्र्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । बाजुरा घर भएका शिक्षक बुढाले कुण्डला माध्यमिक विद्यालयमा अर्थशास्त्र पढाउँदै आएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |