त्रिपुरासुन्दरी गाउँपालिकामा भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा वितरण प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ । मंगलबार भूमि समस्या समाधान आयोग धादिङ र त्रिपुरासुन्दरी गाउँपालिकाका जनप्रतिनिधि, पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाबीच बसेको बैठकले जग्गा वितरण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
गाउँपालिकामा सम्पन्न बैठकले वडा स्तरीय सहजीकरण समितिको बैठकमार्फत विभिन्न मितिमा संकलन गरिएका निवेदनहरूलाई परीक्षण गर्ने र भूमि समस्या समाधान आयोगबाट जारी ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको लगत संकलन सम्बन्धी कार्यविधि २०८१’ को अनुसूची ७ बमोजिम विवरण संशोधन गर्ने निर्णय गरेको हो ।
साथै, कुनै उजुरी वा दाबी–विरोधका लागि ७ (सात) दिनको सूचना प्रकाशित गर्ने र त्रिपुरासुन्दरी गाउँपालिकामा भूमि सेवा केन्द्र गठन गर्ने निर्णय समेत बैठकबाट पारित गरिएको छ । यस निर्णयसँगै भूमिहीन तथा सुकुम्बासी समुदायका लागि स्थायी बसोबासको बाटो खुल्ने अपेक्षा गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |