काठमाडौं र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका-९ झ्याप्लेखोलामा पुरिएको दुई वटा सवारीबाट १४ जनाको शव निकालिएको छ ।
पहिरोबाट १४ जनाको शव निकालेर राखिएको धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।
बुटवलबाट काठमाडौ आउदै गरेको लु १ ज ४५७८ नम्बरको माईक्रो बसबाट पाँच र अल्फाबेट नम्बर केहि नखुलेको बसबाट नौ जना गरी जम्मा १४ जना भनिएपनि कुन सवारीको शव कुन हो भन्ने नखुलेको पाण्डेले जानकारी दिनुभयो ।
पहिरोमा फसेका यात्रु र सवारीसाधनको उद्धार कार्य जारी छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |