धादिङको ज्वालामुखी गाउँपालिका वडा नं.३ स्थित मैदीकोटमा दोस्रो भलिबल कप २०८१ हुनेभएको छ ।नेपालको राष्ट्रिय खेल भलिबल विकास विस्तार नयाँ प्रतिभावन खेलाडीको उत्पादन,पहिचान गर्ने उद्धेश्यले विजय दशमीको पावन अवसरमा असोज २२ गतेदेखि २५ गतेसम्म भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम हुन लागेको हो । खड्गदेवी युवा क्लबको आयोजना,ज्वालामुखी गाउँपालिका र ३ नम्बर वडाको आर्थिक सहयोग सहयोग रहनेछ ।
प्रतियोगितामा प्रथम हुनेले ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै द्धित्तिय पुरस्कार ३० हजार, तृतीय पुरस्कार १५ हजार, सान्त्वना पुरस्कार १० हजार र सर्बोउत्कृष्ट खेलाडीलाई ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको खड्गदेवी युवा क्लबका अध्यक्ष रिजन श्रेष्ठले जानकारी दिनुभयो ।
असोज १८ गतेभित्र टिम दर्ता गराईसक्नुपर्नेछ र टिम दर्ता शुल्क ५ हजार तोकिएको छ । साथै खेलाडीहरु सम्बन्धीत वडाको हुनुपर्ने, टिममा ९ जना खेलाडी १÷१ जना टिम कोच र म्यानेजर हुनुपर्ने आयोजकले जनाएको छ ।
त्यसैगरी साँस्कृतिक तर्फ सहभागि हुने टिमलाई नगद, मेडल,प्रमाणपत्र सहित सम्मान गरिने र आफ्नो जातिय सँस्कृति झल्कने प्रस्तुतिलाई विशेष प्राथमिकता दिईने छ । साथमा टाक टुके नाच, भाले झुन्ड्याई जस्ता कार्यक्रमहरुमा पनि सहभागि हुन सकिने आयोजकले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |