अखिल क्रान्तिकारी धादिङको जिल्ला उपाध्यक्षमा सपना दाहाल मनोनित हुनुभएको छ । बुधबार बसेको जिल्ला कार्यसमिति धादिङको प्रथम बैठकले दाहाललाई उपाध्यक्षमा मनोनित गरेको हो ।
त्यस्तै बैठकले जिल्ला २१ सचिवालय सदस्यहरु पनि मनोनीत गरेको छ भने बागमती प्रदेश र केन्द्रको अधिबेसनको निम्ति प्रतिनिधि समेत टुंग्याएको छ । यसैगरी बैठकले सगठनको बिभिन्न बिभागहरुको जिम्मेवारी समेत टुंगो लगाएको छ ।
शैक्षिक बिभागमा इस्वोरी आचार्य,अनुशासन बिभागमा रमा दनै, छात्रा बिभागमा शोना श्रेष्ठ,खेलकुद बिभागमा राकेश खत्री/ राजन शाही ठकुरी,सास्कृतिक बिभागमा सगित तामाङ् रहनुभएको छ ।
बैठक जिल्ला अध्यक्ष श्रीकृष्ण रिजालको अध्य्क्सतामा, नेकपा माओबादी केन्द्र प्रदेश सदस्य तथा जिल्ला संयोजक मनोराज भण्डारीको प्रमुख आथिथ्यतामा, केन्दीय सदस्य एब जिल्ला इन्चार्ज उपेन्द्र जम्मकटेलको विशेष आतिथ्यतामा भएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |