धादिङको कालुपाण्डेमार्ग अन्तरगत धादिङको नीलकण्ठ नगरपालिका–८ ससाहमा बस र माइक्रो ठोक्किदा आठ जना घाइते भएका छन् ।
धादिङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको बस र बागमती प्रदेश ००१ज०५२९ ईभी भ्यान एक आपसमा ठक्कर खादा माइक्रोमा सवार ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताउनुभयो।
दुर्घटनामा परि घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचार भइ रहेको छ । दुई जनालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइ रहेको धादिङ अस्पतालका सुचना अधिकारी डाक्टर राम रिजाल जानकारी दिनुभयो।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |