गत बुधबारदेखी धादिङबाट हराएर बाग्लुङमा भेटिएका तीन जना बालिकाहरुलाई अभिभावकको जिम्मा लगाईएको छ।साउन २३ गतेदेखि धादिङबेशीबाट हराएका रोशनी विक, सुशिला तामाङ र अस्मिता गुरुर्ङ हिजो सोमबार मात्रै बाग्लुङमा भेटिएका थिए ।उनिहरुलाई आज बिद्यालय प्रतीनीधिको रोहवरमा परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
२ जना वालिकालाई होटलबाट र एक जनालाई ग्रामिण भेगबाट बाग्लुङ प्रहरीले सुरक्षित उद्दार गरेको थियो ।हराएका बालिकालाई खोजी गर्न जिल्ला प्रहरी कार्यालय धादिङले देशैभरका प्रहरी कार्यालय, बोर्डर आसपासका क्षेत्रहरुमा जानकारी गराउनुका साथै सादा पोशाकका प्रहरीहरु परिचालन समेत गरेको थियो ।बालिकाहरु बाग्लुङ सम्म कसरी पुगे भन्ने कुराको अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।
२३ गते बिहान बिद्यालय पोषाकमा घरबाट हिंडेका यी छात्राहरू बिद्यालय नआइ धादिङबेशी बीचबजारबाट सम्पर्कविहीन भएका थिए ।
विद्यालय जाने भनेर निस्केका बालिकाहरु घर नफर्केपछि अभिभावकहरुले खोजी गरेका हुन् ।अभिभावकहरुले गत बिहिबार जिल्ला प्रहरी कार्यालय धादिङ पुगेर आफ्ना नानीहरु खोजी गरि दिन निवेदन दिएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |