मानव अधिकार संगठन जिल्ला शाखा धादिङले प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ ।
चाडबाडमा हुनसक्ने घटनाहरूको नियन्त्रण गरी शान्ति शुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दै मानव अधिकार संगठन जिल्ला शाखा धादिङका सभापति कृष्णराज अधिकारीको नेत्वमा प्रमुख जिल्ला अधिकारी, सदस्य बालकृष्ण नेपाली, कृष्ण बद्री पौडेल लगायतको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
सपिङ सेन्टेर, होटल, किराना पसल लगायतका स्थानहरुमा प्रत्येक उपभोक्ताले बुझ्न र देख्न सक्ने गरी उपभोक्ता मूल्यसूची अनिर्वाय राख्नुपर्ने, नजिकिदै गरेको चाडबाड लक्षित सुपथ मुल्य पसल प्रत्येक पालिकामा संचालन गर्ने व्यवस्था मिलाउनुपर्ने, वर्षाको समयमा भत्केका बिग्रीएका सडक र गोरेटा बाटोहरुलाई मर्मत संभार गरी सर्वसुलभ आवागमनको व्यवस्था गर्नुपर्ने ज्ञापन पत्रमा भनिएको छ ।
त्यस्तै गन्तब्य सम्म पुग्नका लागि सुरक्षित यातायात प्रणाली संचालन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको कृषणराज अधिकारीले बताउनुभयो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले स्थानीय तहहरुसँग समन्वय गरेर अगाडी बढ्ने बताउनुभएको छ । संचारकर्मी तथा नागरिक समाजका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |