स्वास्थ्य सेवा विभागकाअनुसार देशभर पाँच जिल्लामा हैजा फैलिएको छ । ललितपुर, काठमाडौँ, कैलाली, प्युठान र रुपन्देहीमा हैजा फैलिएको हो ।
विभागका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । जसमध्येसबैभन्दा बढी ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ ।
यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, प्युठानका २ र रुपन्देहीका १ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको महाशााखाले जनाएको छ ।
मनसुनमा पानीका स्रोतहरु दूषित हुने सम्भावना बढ्ने भएकाले पानीकै कारण खानेकुरा दूषित हुने र यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुने चिकित्सकहरू बताउनछन् । मनसुनमा खानेपानीको शुद्धतामा ध्यान दिन चिकित्सकहरूले आग्रह गरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |