धादिङको गजुरी गाउँपालिका–५ पोखरेखोलास्थित सडकमा रूख ढलेर माईक्रोबस च्यापिँदा एक जनाको मृत्यु भएको छ।
आज बिहान धादिङबेशी बाट काठमाण्डौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको माईक्रोबस च्यापिँदा घाईते भएका मध्ये एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रूविभ्याली गाउँपालिका–१ बस्ने ७२ वर्षीय निर्माग तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।उहाँको काठमाडौंस्थित वीर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो।
साथै रूखले च्यापिएर घाइते भएका माइक्रोमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ७ जना उपचार पश्चात् डिस्चार्ज भएका छन्।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |