गत जेठ २८ गतेदेखि आज दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, चट्याङलगायतका विपद्मा परी १ सय ५० जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा ४२ बागमती प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा २७ जना, कोशी प्रदेशमा २५ जना, सुदूरपश्चिम प्रदेशमा १० कर्णाली प्रदेशमा ८ जना र मधेश प्रदेशमा ६ जना गरी जम्मा १ सय ५० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको हो ।
प्रहरीकाअनुसार काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ७७ जना घाइते भएका छन् ।
साथै काठमाडौं उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय ८ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना र कर्णाली प्रदेशमा १ जना गरी ४९ जना वेपत्ता भएका छन् ।
बाढीका कारण ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ५९ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ४३ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार २ सय १९ घर परिवार विस्थापित भएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |