गोरखाको बारपाक सुलिकोट गाउँपालिका ४, भण्डारी गाउँकी एक महिलाको गाडिएको शव प्रहरीले उत्खनन् गरेको छ । साउन ४ गते राती आत्महत्या गरेको भनिएकी ४५ बर्षीय रनमाया गुरुङ्गको शव अनुसन्धानका लागि उत्खनन् गरिएको गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
मृतकका दाजु सुकपाल गुरुङ्गले घटना शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि उजुरी दिएपछि इलाका प्रहरी कार्यालय जौवारी र गोरखा अस्पताल गोरखाबाट गएको विशेषज्ञ डाक्टरसहितको टोलीले शवको उत्खनन् गरी बरामद् गरेको उहाँले बताउनुभयो ।
शव पोष्टमार्टमका लागि फरेन्सिक मेडिसिन विभाग काठमाडौँमा पठाइएको र थप अनुसन्धान अघि बढाइएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |