धादिङ अस्पतालमा पहिलो पटक आन्द्राको सफल शल्यक्रिया गरिएको छ । यस्तो प्रकृतिको शल्यक्रिया धादिङ अस्पतालमा पहिलो पटक गरिएको सूचना अधिकारी डा.राम रिजालले जानकारी दिनुभयो ।
रातीपेट दुखेर अस्पताल आएका ७० वर्षिय एक पुरुष बृद्धको चेक जाँच गर्दा आन्द्रा मा प्वाल परेको (DUODENAL PERFORATION) र पेटमा तरल पदार्थ जमेको पाईएपछी शल्यक्रिया गरिएको उहाले जानकारी दिनुभयो ।सर्जन टीम डा.नवीन महासेठ,डा प्रकृति भट्टराई,अनेस्थासियालोजिष्ट डा दिपेश श्रेष्ठ, एनेस्थेसिया असिस्टेन्ट संगीत छत्कुली, स्क्रब नर्स र ओटी असिस्टेन्ट लगायतको टोलीले आन्द्राको शल्यक्रिया गरिएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |