बाँकेःःआगामी निर्वाचन वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रुकुम पश्चिमको केहि मतदान केन्द्रहरुमा कर्मचारीहरु खटाइएको छ । आइतवार मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका ६ वटै स्थानीय तहमा रहेका मतदान केन्द्रहरुमा मध्य केहि मतदान केन्द्रमा कर्मचारी खटाएको जानकारी दिईएको छ ।
सहायक निर्वाचन अधिकृत पौडेलका अनुसार जिल्लामा ६ सय ९४ जना कर्मचारी खटिदै छन् । १ सय ३९ जना मतदान अधिकृत, १ सय ३९ जना सहायक मतदान अधिकृत, १ सय ३९ जना कार्यालय सहयोगी र २ सय ७७ जना सहायक कर्मचारी गरी जिल्ला भरमा कुल ६ सय ९४ जना कर्मचारी खटाईने जानकारी दिईएको छ ।
मुसीकोट नगरपालिकामा २९, आठबीसकोट नगरपालिकामा २७, चौरजहारी नगरपालिकामा २६, सानीभेरी गाउँपालिकामा १९, त्रिवेणी गाउँपालिकामा २० र बाँफिकोट गाउँपालिकामा १८ वटा मतदान केन्द्रहरु गरेर ७३ वटा वडा रहेको रुकुम पश्चिममा ७६ मतदान स्थल र १ सय ३९ वटा मतदान केन्द्रहरु कायम गरिएको छ
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |