काठमाडौँ । पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही अरु स्थानमा मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण हेकी स्थानमा आंशिक बदली भए पनि अरु क्षेत्रमा मौसम सफा हुने मौसमविदले बताएका हुन् ।
हाल प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
यस्तै राति पनि पहाडी क्षेत्रमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
यसैबीच देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |