काठमाडौं। पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ सय ९३ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसैगरी २५ सय ५० जनाको एन्टीजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको छ। पीसीआर र एन्टीजेन गरेर कुल चार हजार ५४३ जनाको परीक्षण गर्दा कुल १७ जनामा संक्रमण देखिएको छ।
२४ घण्टामा ४०९ जना डिस्चार्ज भएका छन्। विगत केही दिनयता कोरोनाले मृत्यु हुनेको संख्या शून्यमा झरेको छ।
अहिले देशभर ३५ सय ९५ जना सक्रिय संक्रमित रहेका छन्। २४ घण्टामा आठ हजार ७२९ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |