• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ अषाढ १२, आईतबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

मेरो आत्म वृतान्त : विद्यालय शिक्षकदेखि वरिष्ठ अधिवक्ता एवं पहिलाे पीएचडीसम्म

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

होमपेज / मुख्य समाचार
  • १६१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जबराबारे गम्भीर कदम चाल्न दलहरुलाई बार एशोसिएसनको आग्रह

  • फाईल तस्विर
    प्रकाशित मिति: २०७८ कार्तिक २३, मंगलबार (७ महिना अघि)

    काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानमन्त्रीसहित संसदमा प्रतिनिधीत्व गर्ने राजनीतिक दलहरुलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको विषयमा ‘गम्भिर भएर उपयुक्त कदम चाल्न अनुरोध गर्ने’ निर्णय गरेको छ । साथै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

    आइतबार र सोमबार देशव्यापी रुपमा छलफल गरेको बारले संसदमा रहेका दलहरुलाई ज्ञापनपत्र बुझाउने निर्णय भएको महासचिव लिलामणी पौड्यालले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री तथा संसदमा रहेका राजनीतिक दलहरुलाई अहिलेको अवस्थावारे गम्भिर भएर उपयुक्त कदम चाल्न ज्ञापनपत्र बुझाउने निर्णय भएको छ ।’

    प्रधानन्यायाधीश जबरालाई आफू संलग्न इजलास गठन नगर्न माग गरिएको बारले उनी संलग्न इजलासमा नबस्न अरु न्यायाधीशहरुलाई अनुरोध गरेको छ ।

    प्रधानन्यायाधीश जबराले बोलाएको न्यायपरिषद र न्याय सेवा आयोगको बैठकमा सहभागी नहुन दुवै निकायका सदस्यहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

    परिषद र आयोगमा प्रधानन्यायाधीश पदेन अध्यक्ष हुनछन् । न्यायपरिषदमा प्रधानन्यायाधीशसहित कानून मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश अनि प्रधानमन्त्री तथा नेपाल बार एसोसिएसनको सिफारिसमा नियुक्त भएका दुई सदस्य रहन्छन् ।

    न्याय सेवा आयोगमा कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश अनि लोकसेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता सदस्य रहन्छन् ।

    राजीनामा नआउँदासम्म आन्दोलन

    बारले प्रधानन्यायाधीश जबराको राजीनामा नआउँदासम्म आन्दोलन जारी राख्ने निर्णय पनि गरेको छ । सर्वोच्च अदालत केन्द्रित आन्दोलनलाई मंगलबारदेखि अन्यत्र पनि विस्तार गरिने महासचिव पौड्यालले बताए ।

    उपत्यकाका जिल्ला अदालत र उच्च अदालत तथा न्यायाधीकरणहरुमा कालोपट्टी बाधेर विरोध गर्ने निर्णय बारेले गरेको छ ।
    महासचिव पौड्यालका अनुसार, काठमाडौं उपत्यका बाहिर कात्तिक २८, २९ र ३० गते बार एसोसिएसनकै ९० वटा इकाईमा विरोधका कार्यक्रम तय गरिएको छ ।

    आन्दोलनवारे जनतलाई भ्रम सृजना गर्ने काम भएको भन्दै बारले स्वेतपत्र जारी गर्ने निर्णय पनि गरेको छ । साथै सर्वोच्च अदालत प्रशासनले अदालत परिसरमा दंगा प्रहरी राख्ने काम गरेको भन्दै त्यसलाई अविलम्ब हटाउन पनि माग गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    सीमानाका मंगलवार राती १२ बजेदेखी बन्द

    पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो, केहीबेरमा थुनछेक आदेश आउने

    ताजा समाचार
    १

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    २

    भरतपुर महानगर मेयरमा रेनु दाहाल भारीमतले विजयी

    ३

    नेपालगन्ज नगर प्रमुखमा प्रशान्त विष्ट दोव्बर मतले विजयी

    ४

    बल प्रयोग र धाँधली गरियो माओवादीको असहमतिका विच रुकुम पश्चिम मुसिकोट नगरपालिकामा मेयरमा महेन्द्र र उपमेयरमा बिमल विजयी घोषणा

    ५

    सानीभेरी गाउँपालिकामा अध्यक्षमा केदार र उपाध्यक्षमा रोका विजयी

    ६

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    ७

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    ८

    मुसिकोटनगरपालिका वडा नं.१ अध्यक्षमा चन्द संगै सदस्यमा हमाल विजयी

    ९

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    १०

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    समाचार
    थप

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो, केहीबेरमा थुनछेक आदेश आउने

    हाम्रो नजर
    थप

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    ‘जसले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पर्क :
    [email protected]
    [email protected]
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    हाम्रो टीम

    हरिविष्णु ओली
    दिलिपि खड्का
    डिल वहादुर शाही

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution