• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ अषाढ १२, आईतबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

मेरो आत्म वृतान्त : विद्यालय शिक्षकदेखि वरिष्ठ अधिवक्ता एवं पहिलाे पीएचडीसम्म

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

होमपेज / Breaking News
  • ३२६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • हत्यारा पत्ता नलाग्दा स्थानीय त्रसिद, डरले छिमेकीले घर छाडे

  • फाईल तस्विर
    प्रकाशित मिति: २०७८ भाद्र २५, शुक्रबार (९ महिना अघि)

    खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका वडा न। १ उम्लिङका तेजबहादुर कार्की सहित छ जनाको हत्या भएको पाँच दिन बितिसकेको छ । उता स्थानीय बासिन्दा भने घटनाबारे केही निस्कर्ष आउन नसकेपछि त्रसिद बनेका छन् ।
    बौदमानका केही छिमेकीहरु डरले घर समेत सर्न थालेको स्थानीय शिक्षक तेजबहादुर बस्नेतले बताउनुहुन्छ । बौदमानका छिमकी घर सरेर उम्लिङ स्कूल नजिकै गएकोे उहाँले जानकारी दिनुभयो । अपराधी पत्ता नलागेसम्म गाउँलेहरुमा डर हुने साँझको समयमा दिसापिसाब गर्न बाहिर निस्कन डराउने उहाँको भनाई छ ।

    उहाँले अपराधी चाँडै पत्ता लाग्छन् भन्ने कुरामा आफुसँगै गाउँलेहरुले आशा गरेको बताउनुहुन्छ । तेजबहादुर उम्लिङ स्कुलका शिक्षक हुनुहुन्छ । एकै परिवारका यति ठुलो सङ्ख्यामा हत्या भएपछि डरले बस्न नसक्ने भएर छिमेकीले घर सरेको हुन सक्ने उहाँको बुझाई छ ।

    स्थानीयले एकै परिवारका छ जनाको हत्या योजनावद्ध तरिकाले भएको हुनसक्ने अनुमान गरेका छन् । योजनावद्ध नभएको भए यतिका ठूलो सङ्ख्यामा हत्या हुँदा घटनाथलमा केही साना तथ्य फेला पर्नसक्ने स्थानीयले आशंका गरेका छन् ।

    कसरी हत्याभयो भन्ने अझै खुलेन

    अनुसन्धानका क्रममा फेला परेको शव र प्रत्येक शवको प्रकृतिलाई नियालेर हेर्दा सवैको टाउकोमा चोट देखिएको भए पनि अझै पनि कुन हतियारको प्रयोग भयो भन्नेमा स्पष्ट रुपमा खुल्न सकेको छैन । धारीलोे हतियार प्रयोग गरी हत्या गरिएको भनिए पनि स्थानीय र प्रत्यक्षदर्शीले धारिलो हतियार नभई ढुङ्गा, चिर्पट हम्मरको प्रयोग गरेर हत्या गरेको हुन सक्ने आंकलन गरेका छन् । तर अहिलेसम्म हत्यामा प्रयोग भएका कुनै बस्तु फेला नपरेकोले घटना झनै रहस्यमय बन्दै गएको स्थानीयले बताएका छन् ।

    घटनास्थलमा प्रहरीले निरन्तर अनुसन्धान फराकिलो पारेपनि अहिलेसम्म कुनैपनि तत्थ फेला नपरेको प्रहरीले बताएका छन् । घटना भएको चार दिन वितिसकेको छ । अनुसन्धान निरन्तर अगाडि बढीरहेको छ । निरन्तर अनुसन्धानमा जुटिरहँदा पनि घटना स्थलमा हत्यामा संलग्न भएको कुनै बस्तुहरु फेला नपरेको प्रहरीले बताएको छ । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

    ठूलो संख्यामा प्रहरी परिचालन

    उक्त रहस्यमय घटना अनुसन्धानको लागि सङ्खुवासभा प्रहरीको टोली, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० प्रदेश १ प्रहरी कार्यालय विराटनगर, संघिय इकाई प्रहरी कार्यालय धरान र प्रदेश १ प्रहरी प्रमुख डीआइजी अरुणकुमार बीसीको समेतको चार टोलीले घटना अनुसधान अघि बढाउदै अपराधीको खोजी गरिरहेको छ । स्थानीयहरुसँग सोधपुछ गर्दै आएपनि निस्कर्ष भने आउन नसकेको प्रहरी अधिकारी बताउँछन् । घटनास्थलमा ४० भन्दा बढी प्रहरी परिचालन गरिएको जनाइएको छ ।

    घटनास्थलमा तालिम प्राप्त कुकुरबाट अनुसन्धन भए पनि निरन्तर वर्षाका कारणले धेरै प्रमाण नष्ट भएकाले हत्यारा पत्ता लाग्न नसकेको प्रहरीको तर्क छ । मादी नगरपालिका वडा न। १ उम्लिङ स्थित खोलागाउँका बौदमान कार्कीको श्रीमती ८४ वर्षिय पार्वता काकी, बुहारी ५२ वर्षिय कमला कार्की र नातीनी बुहारी ३२ वर्षिय रञ्जना कार्की, ११ वर्षिय नाती दिपेन कार्की र ७ वर्षिय नातीनी गोमा कार्की सोमबार एकै दिन मृत अवस्थामा फेला परेको थियो ।उक्त घटना भएको चार दिन वितिसक्दा पनि कुनै तत्थ फेला नपरेको भन्दै स्थानीय र आफन्तले हत्या योजनावद्ध भएको आशंका गरेका हुन् ।

    भाग्दाभाग्दै मारिएको आशंका

    घटना अनुसन्धानका क्रममा घरभन्दा करिब एक सय मिटर पर सडकको भित्तामा फेला परेको तेजबहादुरको शवको प्रकृति हेर्दा कोखामा रड प्रहार गरेको जस्तो प्वाल देखिएको र भित्ता मास्तिर उहाँको फोन भेटिएकोले भाग्दा भाग्दै मारिएको जस्तो अवस्थामा रहेकोे थियो । त्यस्तै ५२ वर्षीय कमला र ३२ वर्षीय रञ्जना कार्कीको टाउकोमा चोट भएकाले उहाँहरुलाई ढु्ङ्गा र चिर्पट, हम्मर प्रयोग गरि हत्या गरेको हुनसक्ने त्यस्तै ११ वर्षिय दिपेन कार्कीको टाउकोमा चोट देखिएको र ७ वर्षीय गोमा कार्कीको मुन्टो बटारेर मारिएको जस्तो अवस्थामा शव फेला परेको र ८४ वर्षिय पार्वता कार्कीलाई कुँडो पकाउँदा पकाउँदै मारिएको जस्तो अवस्थामा शव फेला परेको प्रत्यक्षदर्शी, स्थानीय, जनप्रतिनिधि लगायत प्रहरीले अनुमान गरेका छन् ।

    तेजबहादुर मात्रै नभई सवैलाई लखेट्दै मारेको हुुन सक्ने आशकां गरिएको छ । उक्त दिन तेजबहादुरले धान गोड्ने खेताला बोलाएकाले उनी विहानै घरबाट निस्किएर खेततिर हिँडेकोे हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तेजबहादुरको खुट्टामा गमबुट पनि भेटिएको थियो । हत्यारा खोल्सिमा लुकेर बसेको अवस्थाबाट तेजबहादुरलाई आक्रमण गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको बताइएको छ ।
    तेजबहादुरमाथि आक्रमण भएको देखेपछि सवै तेजबहादुरलाई बचाउन जाँदा अन्यको पनि हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । भने छरछिमेकी कसैले पनि चिच्याएको अथवा होहल्ला गरेको नसुनेको स्थानीय बताउँछन् । तर छिमेकीले घटना भएको सोमबार थाहा पाएका थिए ।

    घरका सवैजना आईतबार साँझ खाना खाएर सुतेको घटनाबाट बाँच्न सफल बौदमान काकीै बताउनु हुन्छ । विहान उठ्दा घरमा कोहि नभएकोले सवैजना काममा गएहोला सोचे तर उनकी श्रीमती पार्वता कार्की लडिरहेको अवस्थामा देखेको उहाँको भनाइ छ । पार्वतलाई मुर्छा पर्ने विराम रहेकाले बौदमानले त्यहि होला सोचेर ओछ्यानतिरै फर्केको बताउनुहुन्छ । त्यहि वेला भतिजो आइपुगेर पार्वता लाई घरभित्र खाटमा लगेर सुताएको बौदमानले बताउनुभयो । तर उहाँले घटना कति वेला भयोयो केहि थाहा नभएको बताउँनुहुन्छ। बौदमान आखाँ नदेख्ने र हल्का कान सुन्न नसक्ने अवस्थाका हुनुहुन्छ । साथै सो परिवारको कसै छरछिमेकीसँग पनि दुस्मनी नरहेको सुनाउँछन् ।

    डाका गर्न आएकाहरुले हत्या गरेको हुनसक्ने आशंका गरेपनि घटनापछि घरको खानतलासी गर्ने क्रममा नगद र जिन्सी भेटाएकोले रिसइबीका कारण हत्या गरेको हुन सक्ने प्रहरीले बताएको छ । हत्या चिनजानकै व्यक्तिबाट भएको हुनसक्ने प्रहरीको वुझाई छ । हत्याको मुख्य प्रमाणको रुपमा हेरिने ‘पोष्टमार्टम रिपोर्ट’ को पर्खाइमा रहेको छ । ज्यान गुमाएका छ जनाको पोष्टमार्टम विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । पोष्टमार्टम पछि बुधबार साँझ इटहरी स्थित बूढीगंगा जमुनाघमटमा दाहसँस्कार गरिएको छ । अन्तिम सँस्कारका लागि तेजकहादुर कार्कीका कान्छा छोरा रमेश कार्की दुवैबाट आइपुग्नु भएको छ ।गोरखापत्र अनलाईनदिब्य राई

    • #सङ्खुवासभा
    • #हत्या
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    Breaking News सम्बन्धि थप

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    भरतपुर महानगर मेयरमा रेनु दाहाल भारीमतले विजयी

    नेपालगन्ज नगर प्रमुखमा प्रशान्त विष्ट दोव्बर मतले विजयी

    बल प्रयोग र धाँधली गरियो माओवादीको असहमतिका विच रुकुम पश्चिम मुसिकोट नगरपालिकामा मेयरमा महेन्द्र र उपमेयरमा बिमल विजयी घोषणा

    सानीभेरी गाउँपालिकामा अध्यक्षमा केदार र उपाध्यक्षमा रोका विजयी

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    ताजा समाचार
    १

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    २

    भरतपुर महानगर मेयरमा रेनु दाहाल भारीमतले विजयी

    ३

    नेपालगन्ज नगर प्रमुखमा प्रशान्त विष्ट दोव्बर मतले विजयी

    ४

    बल प्रयोग र धाँधली गरियो माओवादीको असहमतिका विच रुकुम पश्चिम मुसिकोट नगरपालिकामा मेयरमा महेन्द्र र उपमेयरमा बिमल विजयी घोषणा

    ५

    सानीभेरी गाउँपालिकामा अध्यक्षमा केदार र उपाध्यक्षमा रोका विजयी

    ६

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    ७

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    ८

    मुसिकोटनगरपालिका वडा नं.१ अध्यक्षमा चन्द संगै सदस्यमा हमाल विजयी

    ९

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    १०

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    समाचार
    थप

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो, केहीबेरमा थुनछेक आदेश आउने

    हाम्रो नजर
    थप

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    ‘जसले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पर्क :
    [email protected]
    [email protected]
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    हाम्रो टीम

    हरिविष्णु ओली
    दिलिपि खड्का
    डिल वहादुर शाही

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution