कर्णाली खाम मुसिकाेट
मदन भण्डारी फाउन्डेसन जिल्ला समिति रुकुम(पश्चिम ) काे पहिलाे अधिवेशन भदाै १९ गते मुसिकाेट स्थित मदन आश्रित भवन वागवजारमा सम्पन्न भएकाे छ । फाउन्डेसनका जिल्ला अध्यक्ष नारायणकुमार शाहकाे अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले ११ जनाकाे नयाँ कार्य समिति चयन गरेकाे छ । नवनिर्वाचित पदाधिकारी तथा समितिमा भुमि व्यवस्थापन आयाेग रुकुम पश्चिमका पूर्व अध्यक्ष एवं नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य नारायणकुमार शाह अध्यक्ष,उपाध्यक्ष पहल वहादुर खड्का,सचिव अधिवक्ता रचना मल्ल, सहसचिव चुडामनि गाैतम,काेषाध्यक्ष वसन्ती नेपाली र प्रदेश प्रतिनिधिमा लाेक वहादुर केसी, तुलसा मल्ल र खड्क बस्त्राकार चयन हुनुभएकाे फाउन्डेसनकी पंदेश सदस्य तथा अनेमसंघकी नेतृ तुलसा मल्लले जानकारी दिनुभएकाे छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |