आनन्दराम पौडेल । कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि ! बर्तमान नेपालमा न्यायसम्पादनको अवस्था र स्थिति बुझाउनका लागि एउटा नमूना प्रस्तुत गर्दछुस ध्यानदिएर सुन्नुहोस्। हामी दार्चुलामा जाँदा यताउति जानका लागि सधैं जीप रिजर्भ गर्नेगर्छौं। पाएसम्म चालक सुरेश बिष्टले चलाएकै जीप रिजर्भ गर्छौं। यसपालि पनि तिनै सुरेश बिष्टले चलाएको जीप रिजर्भ गरेका थियौं। एकठाउँमा चियाखाजा खाँदै बिश्राम गरिरहँदा २७ बर्षीय चालक सुरेश बिष्टले उनकै जीवनमा भएको परिघटना हामीलाइ सुनाएका थिए। उनले बताएको त्यही परिघटनालाइ उनकै शब्दमा जस्ताकोतस्तै यहाँ सुनाउँछु।
सुरेश बिष्ट भन्छन् – मेरो गाडीको सहचालक सन्तोष महर १९ बर्षको मात्र भएपनि केटीपट्याउन माहीर छ। नेपालका नेताहरूले जसरी जनतालाइ भ्रम र भ्रान्तिमा अल्मल्याएर आफ्नो दुनो सोझ्याइ रहन्छन्, ठीक त्यसैगरी मेरो सहचालक पनि अनेक तानाबुना बुनेर केटीलाइ फँसाउन चौपट्टै शिपालु छ। मिति २०७७।१०।०५ गते बेलुकी अञ्दाजी ४ बजे बलाँच जाने दुईजना सवारी राखी उक्त स्थानतर्फ जाने तयारी गरिरहेका बेला एउटी केटीले गाडी कुरिरहेको देखें। “त्यो केटीलाइ पनि गाडीमा राख् र तेरो केटी फकाउने शीप-कला प्रयोग गर्” भनेर सन्तोष महरलाइ अह्राएँ। मैले भनेअनुसार सन्तोषले त्यो केटीलाइ जीपमा राख्यो र नेपालका नेताहरूले जनतालाइ भुलभुलैयाको दुनिञामा पुर्याएजस्तै केटीलाइ फकाउँदै र अलिअलि तर्साउँदै उस्को दिमागमा भ्रम र भ्रान्ति भर्न सफल भयो। पेसेञ्जरहरू सबै बलाँचमा उत्रेपछि त्यही केटीलाइ मात्र लिएर गोकुलेश्वरमा आएको थिएँ।
गोकुलेश्वरको जीप-पार्क आइपुग्दा साँझ ८ बजेको थियो। गोकुलेश्वरमै खाना खायौं। गाँजरीमा मेरो डेरा भएकोले, खाना खाएपछि त्यो केटीलाइ लिएर सन्तोषसमेत् हामी तीनैजना मेरो डेरा गाँजरीमा आयौं। डेरामा आएपछि म चुरोट किन्न भनेर पसलसम्म गएको थिएँ। पसलमा थोरै अल्मल भएकोले म डेरामा फर्कंदा सन्तोष महरले त्यो केटीलाइ करणि गर्न भ्याइसकेछ। म आउँदा उस्ले करणी सकेर लुगालगाउन लागेको थियो। लुगालगाएर सन्तोषले ‘घर जान्छु’ भनेर हिंड्यो। त्यसपछि मैलेपनि त्यो केटीलाइ करणि गरें।
करणि गर्दा त्यो केटी १६-१७ बर्षकी हुनुपर्छ जस्तो लागेको थियो तर उस्लाइ सोध्दा १४ बर्षकी भन्थि। करणि सम्पन्न गरेर हामी सुत्नलागेका थियौं तर त्यो केटी एक्कासि निस्केर हिंडी। भोलिपल्ट बिहान ६ बजे उठेर ढोका खोलेको मात्र थिएँ, दुइटा पुलिस लिएर त्यही केटी आइपुगी। त्यो केटीले मलाइ देखाएर ‘एउटा यही होस अर्को पनि छ’ भनि। पुलिसले मसँग, “तेरो सहचालकलाइ बोला” भनेकोले सन्तोषलाइ फोनगरेर बोलाएँ।
पुलिसले हामीलाइ लगेर बयान गरायो। कुनैपनि कुरा कत्तिपनि नढाँटी यथार्थ बयान गरिदिएको थिएँ। सन्तोष महराले पनि जस्ताकोतस्तै यथार्थ बयान गरेको थियो। प्रहरीले सरकारी वकिलमार्फत् अदालतमा मुद्दा दायर गर्यो।
मेरा आफन्तहरूले “सेटीङ मिलाउँदा एनसेलका मुद्दालगायत कत्रा-कत्रा मुद्दा त मिलाइएको छभने योपनि सेटीङ मिलाएमा चोखै उम्कन सकिन्छ” भन्नथाले। चोखै उम्कन पाइन्छभने सेटीङ मिलाउँ न त भनेर मपनि तम्सिएँ। सेटीङ मिलाइयो। सेटीङ मिलाएको परिणाम पनि मिल्यो।
२०७८ साउन ११ गते सोमबार दार्चुला जिल्ला अदालतले फैसला गर्यो। त्यो केटीलाइ मेरो कोठामा लगेर बलात्कार गरेका थियौं। तर, जिल्ला अदालत दार्चुलाका न्यायाधीश लोकजङ्ग शाहले मलाइचाहीं उन्मुक्ति दिईहाले। फैसलामा १९ वर्षीय सहचालक सन्तोष महरलाई मात्र दोषी देखाएको छ। “उ….. त्यो केटीलाइ गाडीमा हाल् र राम्ररी फका” भनेर अह्राउने २७ बर्षको म सुरेश बिष्ट थिएँ। १४ बर्षकी केटीलाइ आफ्नो कोठामा लगेर करणी गर्ने पनि मै थिएँ। तर, दार्चुला जिल्ला अदालतका न्यायाधीश लोकजङ्ग शाहले मलाइ नै पूरै निर्दोष अनि १९ बर्षको सन्तोष महरचाहीं दोषी भनेर फैसला गरिदिए। के यो त्यत्तिकै भयोहोला त ?
कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि १ सुरेश बिष्टले यो वृतान्त कहिसकेपछि हामी गन्तब्यतर्फ अगाडी बढ्यौं। नेपालमा यसैगरी न्यायसम्पादन भैरहेको छस यो त एउटा नमूना मात्र हो। यति भनेर कुमारजी मौन बसे। ईति श्रीस्कन्ध पुराणे, हिमवतखण्डे, नेपाल महात्म्ये, न्यायपालिका बर्णनम् शुभम्। सोमवार, अगस्त 16, 2021
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |