मुसीकाेट । नेकपा एमाले निकट अनेमसंघ रुकुम पश्चिमले त्रिवेणी गाउँपालिका वडा नं ४ छोटेकाँडामा २०७८ साउन ११ गते साँझ आफ्नो गोठमा रहेका भैंसीलाइ घाँस हाल्न गएकी स्थानीय २६ वर्षिय मनकला खत्री खडकाको रहस्यमय कीसिमले भएको हत्याको सम्वन्धमा निष्पक्ष छानविन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयकाे ध्यानाकर्षण गरेकाे छ ।
सचिव रचना मल्लद्धारा हस्ताक्षरित पत्रमा भनिएकाे छ,-‘ यस घटनाले अखिल नेपाल महिला संघ जिल्ला संगठन समिति रुकुम पश्चिमलाइ स्तब्ध बनाएको छ । घर नजिकै काममा निस्किएकी महिलाको यसरी बर्बतापूर्ण तरिकाले घाँटी रेटी हत्या गरिनु निकै दुःखद र पाशविक घटना हो । यस कार्यको जति निन्दा गरे पनि कमै हुने गर्दछ ।
घर आँगनमै हुने यस किसिमको जघन्य अपराधले शान्ति सुरक्षाको अवस्था अत्यन्त कमजोर रहेको चित्रण गर्दछ । दिन प्रति दिन महिलामाथि हुने गरेका सवै खाले हिंसा र सामाजिक साँस्कृतिक भेदभावको विरुद्धमा आवाज उठाउँदै आएको हाम्रो गौरवशाली संगठन अनेमसंघले यस दुःखको घडीमा मृतक मनकलाप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै सोकाकुल परिवारजनमा गहिरो सम्वेदना ब्यक्त गर्दछ र प्रहरी प्रशासनवाट उक्त घटनाको यथाशीघ्र निश्पक्ष छानविन गरी दोषी उपर कडा कार्वाही गर्नका लागि जोडदार माग गर्दछ ।
साथै घटनाको अनुसन्धानमा सहयोग गर्न नेपाल पत्रकार महासंघ अन्तरपार्टी महिला सञ्जाल मानव अधिकारवादी संघ संगठन मानव अधिकारका लागि महिला रक्षक सञ्जाल जिल्ला अदालत बार एशोसियसन स्थानीयवासी जनसमुदाय र सम्पुर्ण राजनैतिक दलहरु लगायत जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउँदछौं ।’
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |