• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ जेष्ठ ८, आईतबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

मेरो आत्म वृतान्त : विद्यालय शिक्षकदेखि वरिष्ठ अधिवक्ता एवं पहिलाे पीएचडीसम्म

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

होमपेज / व्यक्तित्व
  • १८१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मेरो आत्म वृतान्त : विद्यालय शिक्षकदेखि वरिष्ठ अधिवक्ता एवं पहिलाे पीएचडीसम्म

  • हाम्रो नजर
  • फाईल तस्विर
    प्रकाशित मिति: २०७८ अषाढ २१, सोमबार (१0 महिना अघि)

    डा. नवराज गौतम, मुसीकाेट,रुकुम पश्चिम

    (१)शिक्षा तर्फ प्राथमिक बिद्यालय देखि बिश्व बिद्यालय सम्म

    रुकुम जिल्लाको तत्कालीन खलगा गाबिस वडाँ न ३ सेरीगाँउमा  पिता श्री  बिष्णु प्रसाद उपाध्याए र माता श्री नर्मदा देबीको कान्छो सुपुत्रको रुपमा २०१२ साल श्राबण २० गते नागपण्चमीको दिनमा मेरो जन्म भएको हो। सेरीगाउमा जन्म भए पश्चात पिता श्री को जग्गा जमिन साँख गाँउ बिकास समिति वडा नम्बर ८ टेवाखोलामा भएकोले मेरो ५ बर्ष सम्मको शैशबकाल साँख टेवाखोलाको घरमा अन्य केटाहरु सँग ढुँगा माटो खेलाइ बितिरहेको थियो।

    रुकुम भलाक्चा गा बि स को स्याबाङ गाँउमा जन्मी भारतको मुम्बइमा शिक्षा आर्जन गरेका शिक्षक कृष्ण बहादुर दमाइले मलाइ मेरा पिताश्री सँग सल्लाह गरी कक्षा  १ मा मेरो भर्ना भएको हो। मलाइ भर्ना गर्ने दिनमा मेरा आदरणिय गुरु पाठशालाका प्र अ शिबकुमार शर्माले ॐ भन्ने अक्षर उच्चारण गराउर अ आ स्वर अक्षर सिकाउनु भएदेखि मेरो शिक्षा आर्जन गर्ने क्रम शुरुभएको हो। शिक्षक गुरु कृष्ण बहादुर दमाइले मलाइ बाटोमा कता कता बोकेर पनि पाठशाला ल्याउने काम गरनुका साथै पढाउने काम पनि गर्नु हुन्थ्यो। २०१६ सालमा स्थापना भएको पाठशालाको आफ्नो भबण नहुँदा भबण निर्मानस्थल नजिकै माइला पुजारीको घर दलानमा र वडा न ३ सेरीगाँउको भु फाल्ने भन्ने पिपल चौतारामा बसेर मैले २ कक्षा सम्मको अध्ययन गरेको थियँ ।

    बाल्यकालमा मलाइ त्यस पाठशालामा पढाउने गुरुहरुमा नुरजँग शाह गोपाल प्रसाद उपाध्याए कुलराज शर्मा शिब कुमार शर्मा र टिका मल्ल हुनु हुन्थ्यो ।१ कक्षादेखी ५ कक्षा सम्म पढदा मेरा मिल्ने साथी चित्रबहादुर गिरी र चन्द्रप्रसाद पुन हुन ।म जहिलेपनि कक्षा दोश्रो हुन्थे । चित्रबहादेर गिरी कक्षा प्रथम र चन्द्रप्रसाद पुन कक्षा तृतिय भै ती साथीहरुको बिचमा २०१८ सालदेखी २०२३ सालसम्म त्यस पाठशालामा मेरो शिक्षा आर्जन गर्ने काम सम्पन्न भएको हो । त्यसबेला यमुना प्राथमिक पाठशाला जिल्लाभरी नाम चलेको पाठशाला थियो। पछी सोही पाठशाला नि मा बी हुदैमा बी तहसम्म नमुना बिद्यालयको रुपमा पठन पाठन भैरहेको छ।

    त्यस पाठशालाको नाम यमुनानन्द रहनाको कारण २०१६ सालमा यमुना बाबा नाम गेका १ जना बाबा भारत बगालबाट घुम्दै घुम्दै सेरीगाँउमा आइ यहाँ बिद्यालय स्थापना नभएको महसुस गरी रावलबारा भन्ने स्थानमा रहेको शिबालयमा यमुना बाबाले सो पाठशाला स्थापना गरेका र यी बाबा शिक्षाप्रेमी भएको कारणबाट बाबाको नामबाटै प्राथमिक बिद्यालयको नाम यमुना प्राथमिक बिद्यालय राखीएको भन्ने कुरा बुभिन्छ ।भारत बंगालबाट आएका यमुना बाबा जातले गिरी भएपनि शिक्षाप्रेमी शिक्षित समाजसेबी भएकोले शिक्षा दिंदा दिंदै शिबालयको नजिकमा निधन भएकोले सोही ठाउमा नुनले पुरेर त्यही समाधिष्ठ गरेको बुभिन्छ।

    यमुनानन्द पाठशालाबाट ५ कक्षा उतिर्ण भए पश्चात म २०२४ सालमा तत्कालीन त्रिभुबन पब्लिक हाइस्कुल मुसीकोट खलगामा ६ कक्षामा भर्ना भएदेखी माबिको पठन पाठन शुरु हुन्छ। कक्षा ६ मा भर्ना भएपछि मलाइ धेरै मायाँ गरी पढाउने शिक्षक प्रेमबहादुर शिगौर हुनु हुन्थ्यो। त्यसपछि बामदेब धिताल नबराज रजौरे डि रेग्मी कृष्ण प्रसाद उपाध्याए श्री कृष्ण शर्मा बालकृष्ण मल्ल कुबेरजग मल्ल मेरा आदरणिय गुरुहरु हुनुहुन्छ। वहाँहरुको निर्देशनले मेरो ब्यक्तीत्व निर्माणमा सहयोग पुरयाएको छ। कक्षा ६ देखी १० कक्षा सम्म पढदा मैले बक्तृत्व कला साहीत्यमा कबिता लोकगीत प्रहसनमा भाग लिइ बिद्यार्थीको बिचमा लोकप्रिय भएको कारणबाट कक्षा १० मा पढदा बिद्यार्थी समितीको प्रमुख पद महामन्त्रीमा निर्बाचीत भै बिद्यार्थी राजनितीबाट मेरो राजनिती शुरु भएको हो। खेलकुदमा भने खेलकुद शिक्षक गोपालजी जग शाह हुदाँ वहाले कडा रुपमा खेलकुद सिकाँउदा म बिदयार्थी को महामन्त्रीको बिचमा केही टकराव परेको हुदाँ खेलकुदमा मेरो चाख रहेन ।२०२८ सालमा म सेकेण्ड डिबीजनमा प्रबेशिका

    परीक्षा उतिर्ण भएपछि शिक्षण पेशा गर्ने मलाइ रहर र आबश्यकता पनि परेकोले यमुनानन्द प्रा बि मा दरबन्दी खाली हुदाँ म सेकेण्ड डिबीजन पासलाइ शिक्षकमा नियुक्ती नदिइ तृतिय श्रेणी पासलाइ शिक्षक नियुक्ती गरेपछी म सेरीगाउ र यमुना प्रा बि देखी टाढा हुदै भलाक्चा नि मा बी मा मेरो योग्यताको कदर गर्दै ८ कक्षा सम्म गणित र बिज्ञान बिषय पढाउने शिक्षकको रुपमा सर्बपंथम म शिक्षकको नियुक्ति पाइ समाज सेवा गरने अबसर पाँय ।१ बर्ष सम्मको शिक्षण सिकाइपछि नि मा बि साँखको पं अ दरबन्दी खाली भएकोले सो बिद्यालयको पं अ हुने अबसर पंदान भयो। सो बिद्यालयमा शिक्षक हुदा हुदै आइ ए को प्राइभेट परीक्षा दिइ दितीय श्रेणीमा उतिर्ण भएपछि सोही बिद्यालयको का मु पं अ बाट पं अ मा नियुक्ती पाइ ६ बर्ष सम्म पं अ हुदा प्राइभेट अध्ययन गरी बि ए उतिर्ण भै स्नातक उपाधी प्राप्त गरेको र २०३३ सालमा शिक्षक हुदा हुदै सर्बोच्च अदालतबाट लिइने कानुन ब्यबसायीको परिक्षामा सामेल भै २०३३ सालमा अभिकर्ता वकिलको रुपमा प्रमाण पत्र पाइ जिल्लाको पहिलो लाइसेन्स प्राप्त वकिलको रुपमा चिनिने मौका पाँय।।वकिलको प्रमाणपत्र पाए पछी मलाइ सदरमुकाम भित्रको बिद्यालयमा सरुवा हुन मन लाग्यो र शौभाग्यबस आफुले १ कक्षादेखी ५ कक्षा सम्म अध्ययन गरेको र अघि ०२९ सालमा नियुक्ती पाउन न सकेको आफने गाउँको यमुनानन्द नमुना नि मा बि का पं अ शिबकुमार शर्माले राजीनामा दिइ रिक्त रहेको पं अ पदमा सरुवा हुन पुगेँ। २०३४ सालभर यमुनानन्द नमुना को पं अ भै १ बर्षसम्म त्यहाँको नागरिक समाज बिद्यालय स्टाफ बिद्यार्थी समुदाय सग सौहार्दपुर्ण बाताबरणमा सबैलाइ खुशी पार्दै शिक्षण पेशा गर्दागर्दै पनि तत्कालीन बिद्यालय सहयोग समितिका अध्यक्ष टोपजंग मल्लसगँ खटपट भै स्वत्तन्त्र ढगबाट पं अ भै बिद्यालय प्रशासन सन्चालन गर्न नपाएपछि २०२५ बैशाख ५ गते बाद्यताबस पं अ बाट राजीनामा दिइ सदरमुकाममा बसी वकालत पेशा गर्दै २०३७ सालमा अभिबक्ताको परीक्षा उतिर्ण गरी अभिबक्ता वकिलको लाइसेन्स पाइ २०३८ सालमा कानुन शास्त्रीको उपाधी हासील गरी २०३८ सालमा नियमित परीक्षार्थीको रुपमा राजनितीशास्त्र बिषयमा स्नातकोत्तर डिग्री हासील रुकुमबाट पहिलो एम ए पास गरी चिनिने मौका पाँय।

    २०४४ सालमा  म रुकुम जिल्लाको युबक संगठनको सभापतिको हैषियतले मैले पढेको मैले पढाएको उही यमुनानन्द नि मा बि मा बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष हुने मौका पाँय। अध्यक्षको पदाबधी समाप्त भएपछि मुसीकोट खलगा बहुमुखी क्याम्पसमा २०५० सालमा स्नातक तहको पढाइ हुने अनुमति पाएपछि मलाइ राजनिती शास्त्र बिषयको उपप्राध्यापक पदमा मैले नियुक्ती पाइ क्याम्पसमा प्राध्यापन गर्ने सुअबसर पाइ प्राध्यापन गर्दा गर्दै पुन एम ए नेपाली बिषयमा भाषा र साहीत्यमा स्नातकोत्तर डिग्री प्राप्त गरी क्याम्पसमा पठन पाठन गर्दा १२ बर्षसम्म पढाएको अनुभबी प्राध्यापक भनि राजनीती शास्त्रको उपप्राध्यापकको हैषियतले म सो क्याम्पसबाट बिद्या बारीधी गर्ने मौका पाइ बिश्व बिद्यालय अनुदान आयोगले मलाइ आशीक बिदत बृति प्रदान गरी अनुदान आयोगको बिद्धतबृति र मेरोआफनै निजी लगानीमा मैले ६ बर्ष भित्र बिद्याबारीधीको शोधपत्र बुभाउन सफल भँय। ५ बर्षमा बुझाउनु पर्ने मेरो शोधप्रबन्ध किन ६ बर्ष लाग्यो १ बर्ष किन म्याद थप्नु परयो भन्ने सम्बन्धमा म कार्यरत क्याम्पस प्राइभेट क्याम्पस भएको कारण सन्चालक समितिको अधिनमा रही काम गर्नु पर्ने रहेछ क्याम्पसका क्याम्पस प्रमुख र क्याम्पसका अध्यक्ष गोपालजी जग शाह र मेरो राजनीतीक आस्था एउटै भएपनि राजनिती शास्त्रमा बिद्याबारीधि अध्ययन गरीरहेको समयमा म अनुदान आयोगबाट बिदत बृती पाउने स्थायी दरबन्दीको म प्राध्यापकलाइ एकाएक अबकाश दिएपछी मैले क्याम्पस प्रमुख र अध्यक्षलाइ समेत सर्बोच्च अदालतमा उत्प्रेषणयुक्त परमादेश रीट निबेदन दायर गरी ५ बर्ष सम्म सो मुद्दा लडदा ०६६।६। १० गते मैले प्राध्यापन गर्ने क्याम्पस प्राइभेट भएकोले श्रम अदालतमा उजुरी दिनु पर्ने ठहर गरी रिट खारेज भएपछी सर्त बमोजिम ५ बर्षसम्म क्याम्पसमा सेवा गर्नुपर्ने भन्भेटबाट मुक्त भै स्वत्रन्त कानुन ब्बसायीको रुपमा जिल्लाको नोटरी पब्लिक रुकुम जिल्ला अदालतको बैतनिक वकिल भै मेलमिलाप क्रताको रुपमा बाल न्याय समिति बाल इजलाशमा समाजसेबीको रुपमा र नेपाल बारको पार्सदको रुपमा र हाल नागरीक समाज रुकुमको अगुवा हुनुका साथै बरिष्ठ अधिबक्ताको हैषियतले वकालत गर्दै समाजको सेवा गरीरहेको छु।

    मैले कानुन बिषयमा बिदयाबारीधी गर्नुपर्ने मानिसले किन राजनिती शाष्त्र बिषयम अन्तरगत बिकेन्दींकरण शीर्षकमा बिद्याबारीधी गर्नु परेको हो भने बिद्याबारीधीमा नाम दर्ता गर्दा कुनै बिषयमा सकभर प्रथम श्रेणी नभए दितीय श्रेणी उतिर्ण गरेकै हुनु पर्ने रहेछ। २०५७ सालको माघेसत्र सम्म मैले नेपालीमा एम ए राजनीती शाष्त्रमा एमए उतिर्ण गरेको तर शिक्षामा एम एड र कानुनमा एल एल एम अध्ययन गरीरहेको स्नातकोत्तर डिग्री पुरा नभएको कारणबाट त्यसबेला सम्म रुकुम जिल्लामा कसैले पनि बिद्याबारीधी नगरेको हुदाँ जिल्लाबाट पहिलो बिद्याबारीधीको उपाधी हासील गरी जिल्लालाइ चिनाउनलाइ रुकुम जिल्लामा बसेर रुकुम जिल्लालाइ कार्यथलो बनायर रुकुमकै केस स्टडी बनाइ बिद्याबारीधी गर्नाको कारण पन्चायतकालमा म रुकुम जिल्लाको युबक सगठनको सभापति भै पदेन जिल्ला पन्चायतको सदस्य भएको नाताले राजनैतिक सेवा गर्दा पचायती ब्यबस्थामा बिकेन्दींकरण   २०३९ र बिकेन्दीकरण कार्य ब्यबस्था नियमाबली २०४१ लागु मात्र भएको तर ब्यबहारमा कार्यान्वयनमा न आएको देखी अध्ययन गरी मैले राजनीतीशाष्त्र बिषयमा नेपालमा बिकेन्दींकरण प्रक्रियाका अभ्यासहरुमा जिल्ला बिकास समितिको भुमिका सन्दर्भ रुकुम जिल्ला एक अध्ययन बिषयबस्तुमा २०५७ सालको माघे सत्रमा रुकुम जिल्लाबाट पंथम शोधार्थीको रुपमा अस्थाइ नाम दर्तागरी २०६३ सालमा आफनो तर्फ बाट शोध प्रबन्ध बुभाउने अबसर मिलेको हुदाँ म रुकुम जिल्लामा बसेर रुकुम जिल्लाको बिकास निर्माणलाइ अगाडी राखी आजसम्म बिकेन्दीकरण कार्यान्वयन हुन न सक्नाको कारणको बिस्तृत अध्ययन गर्दै रुकुम जिल्लालाइ पनि बिश्वमानचित्र र नेपालभित्रै चिनाउनलाइ रुकुम मै बसी स्थायी मतदाता भै जिल्लाबाट पलायन नभइ जिल्लाबासीकै माभमा रहेर जिल्लाबासी बाट पंथम बिद्याबारीधी गरेकोमा प्रशसापत्र अभिनन्दन पत्र सम्मानपत्र गंहन गर्दै म भन्दा पछीका सन्ततीहरुलाइ पनि बिद्याबारीधी गर्न सकिन्छ भन्ने हौसला दिनका लागी पिएच डी गर्नु परेको हो। बिषयबस्तु छान्दा नेपालमा एकात्मक राज्य ब्यबस्थाबाट बिकेन्दीकरण कार्यान्वयन सम्भब छैन । सघिय राज्यबाट बिकेन्दीकरण कार्यान्वयन हुन सक्छकीभन्ने धारणा अघि सारी यो शिर्षक नेपालको सम्बिधान निर्माण र सघिय राज्यको अबधारणा सग मेल खाने गरी अनुसन्धान गरीएको छ। यस्मा ९ अध्याय परीशिष्ठ १७ पृष्ठ ४४२ को शोधप्रबन्ध तयार गरी त्रिभुबन बिश्व बिद्यालयबाट स्वीकृत भै म रुकुम पश्चीम जिल्लाको पहिलो पिएच डी उपाधी ग्रहण गरेको ब्यक्ती हुँ।

    (२) राजनिती तर्फको अनुभब

    म कक्षा ६ देखी ९ कक्षासम्म पढदा कक्षा कोठाको बिद्यार्थीको अगुवा मानीटर हुदै २०२८ सालमा १० कक्षामा पढदा त्रिभुबन जनता हाइ स्कुल मुसीकोट खलगा को बिद्यार्थी समितीको महामन्त्री निर्बाचित राजनीतीमा रुची शुरु भै २ जना प्रतिदोन्दीलाइ हराइ म बिजयी भै बिद्यार्थीको नेताको हैषियतले बिद्यार्थीको हकहित र पठन पाठनमा अगुवाइ गर्दै आएको थिँय। कानुन ब्यबसायीको स्वत्रन्त्र पेशा अगालेको हुदा २०३६ सालको जनमत सगंह हुनु अघि रुकुम जिल्लाको बहुदल प्रचार प्रसार समितीको सदस्य भै निलो भण्डा बोकी पन्चायती ब्यबस्थालाइ हराउन जिल्लाको प्रत्यक गाउ गाउमा बहुदल कागेसको प्रचार गर्न जादाँ ठाउ ठाउबाट लखेटीनु कागेसको भण्डा खोसिनु गणेशमान शिह बि पीको पर्चाहरु लुटीनु पर्दा पनि पन्चायती ब्यबस्थाका बिरोधमा निलो चिन्हमा भोट खसाइ मतदान गर्दा बहुदलिय ब्यबस्थाले हारेको र सुधार सहितको पन्चायती ब्यबस्थाले जितेपनि प्रजातन्त्रबादी कानुन ब्यबसायीको हैषियतले जिल्लामाप्रजातन्को पक्षमा कलम चलाउदै राजनितीमा अभिरुची राख्दै आएको अबस्था र २०४४ सालमा नेपाली कागेसको गोप्य निर्देशनमा रुकुम जिल्लाको युबक सगठनको सभापतिमा उम्मेदवारी दिइ पन्चायतका खम्बा मानीने बाफीकोट गा पा को प्रधानपन्च जस्तो ब्यक्तीसग चुनाब लडी बहुदल कागेसको उम्मेदवार मैले जिती पन्चायतको प्रधानपन्च लाइ हराइ जिल्ला जिल्लास्तरको नेता भै समाजको सेवा गर्दा गर्दै २०४६ सालमा पन्चायती ब्यबस्था ढली देशमा बहुदलिय प्रजातन्त्र स्थापना भएपछी २०४६ सालकै चैत्र महिनामा पुन नेपाली कागेसको साधारण सदस्य भै २०४८ सालमा कागेसको कृयाशील सदस्य भै २०४८ सालदेखी २०६० साल सम्म नेपाली कागेसको महाधीबेशन प्रतिनिधी भै जिल्ला कार्य समितीको सदस्य हुदै पार्टोको सचिब कोषाध्यक्ष र उपसभापती समेतको जिम्मेवारी पदमा निर्बाचीत भै कोषाध्यक्ष हुदा गोपालजी जग शाह सभापति भएको कार्य समितीमा नेपाली कागेसको कार्यबाहक सभापतीको जिम्मेवारी बहन गरी केसरमान रोका सभापति भएको कार्य समितिमा पनि कार्यबाहक सभापतीकव जिम्मेवारी बहन गरी नेपाली कागेसको १२ अ अधिबेशनमा केन्दीय महाधिबेशन प्रतिनिधी भै काम गरेको र १३ अ महाधिबेशनमा महासमिति सदस्य हुन खोजेकोमा पराजीत भै हाल म नेपाली कागेस जिल्ला कार्य समितिको बरीष्ठ सल्लाहकार छु। शुभेच्छुक सस्था डी एल ए रुकुमको २०४८ सालदेखी २०७५ सालसम्म जिल्ला अध्यक्ष भै हाल सो सस्थाको केन्दीय पार्षदको रुपमा कार्यरत छु।

    (३)कानुन र न्याय तर्फको अनुभब ।

    म २०२९ सालमा नि मा बि मा शिक्षक कार्यरत रहेको संस्था साँख निमाबि मा दिउसो बिद्यार्थीसग भलीबल खेलीरहेको अबस्थामा एउटा बनमा आगलागी भएको रहेछ म साँझ घरतर्फ जाँदा बनमा कस्ले आगो लगाएको हो थहा भएन । त्यस्को ४ दिनपछी मलाइ र मेरो परीबार प्रति रिस इबि राख्ने आफ्नै सन्तानले मास्टरले आगो लगाउन सिकायो भन्ने उजुरी नुवाकोट बन रेन्ज कार्यालयमा दिएपछि रेन्जर मेरा घरमा आइ मलाइ पकाव गरी आफनो अफिस तर्फ लिन खोज्दा म पक्षका मेरा छिमेकीले मास्टरले आगो लगाएकै होइनन असत्य मुद्दा हालेर मास्टरलाइ पकाउ गर्न पाइदैन भनि मलाइ रेन्जरका हातबाट तान्न खोज्दा लछार पछार गर्दा रेन्जर लाइ सानो चोट लाग्न गएको रहेछ र बाटैबाट मलाइ छिमेकीले घरतर्फ फिर्ता गरेको केही दिनपछि फेरी प्रहरी थाना रुकुमकोटमा मास्टरले बन कर्मचारी कुटेको भन्ने उजुरी परी म भागाभाग भै प्रहरीले पक्राउ गर्न लागेपछि म लुक्दै गर्दा गाउका थोरै कानुन जानेका एउटा भलादमी मानीसले मलाइ भाइ तिमीले आइए पढेर मास्टर भयौ तिमीलाइ २।२ पटक फोज्दारी मुद्दा लगाए तिमो रिस मान्ने मुसीकोटमा धेरै छन ।तिमी अब कानुन पढ वकालत गर भन्ने सल्लाह दिएपछी मैले २०३२ सालमा सर्बोच्च अदालतबाट लिइने अभिकर्ताको परीक्षामा सामेल भै मुलुकी एन र केही बिबेचना भन्ने रेवतीरमण खनाल एम ए बि एल ले लेखेको किताब पढी अभिकर्ता वकीलको परीक्षामा पास भै रुकुममा लाइसेन्स प्राप्त पहिलो कानुन ब्यबसायीको रुपमा चिनिँय ।२०३७ सालमा सर्बोच्च अदालतबाटै अभिबक्ताको परीक्षा दिइ अभिबक्तामा दरीइ वकालत गर्न शुरु गरै। मुलुकी एन र केही बिबेचना भन्ने किताबका लेखक रेवतीरमण खनाल जस्तै एम ए बि एल कसरी हुन सकिएला भन्ने सोची २०३५ सालदेखी कानुन स्नातक तहको पठन पाठन शुरु गरी २०३६ सालमा मुटकोर्ट सकी डि एल सगै राजनीती शाष्त्रमा एम ए पढन शुरु गरी कानुन स्नातक र राजनीती शाष्त्रको स्नातकोत्तर सगै पास गरी २०४३ सालमा अधिबक्ताको प्रमाणपत्र सर्बोच्च अदालतबाट लिइ वकालत पेशा गरीरहेकै अबस्था ४१ बर्षपछि २०७४ सालमा बरीष्ठ अधिबक्ताको उपाधी हासील गर्ने अबसर मिल्यो। यही बसी वकालत गरीरहेको अबस्थामा ४४ बर्षभित्र मैले ४ बिषयमा स्नातकोत्तर १ बिषयमा बिद्याबारीधी गरी रुकुम जिल्लाबाट पहिलो बरीष्ठ अधिबक्ता र पहिलो पिएच डी गर्ने ब्यक्तीको रुपमा चिनिने अबसर प्राप्त भयो। यदी मलाइ २०२९ सालमा म शिक्षक भएको अबस्थामा आगलागी मुद्दा र रेन्जर कुटेको मुद्दा न लागेको भए मैले कानुन ब्यबसायीका ४ वटा डिगी प्राप्त गर्न सक्ने थिएन होला ।मलाइ कानुन ब्यबसायी बन्न प्रेरणा दिने मेरो जिल्लामा जिल्ला न्यायधिशको रुपमा आउनु भएका तत्कालीन जिल्ला न्यायाधीश कुल बहादुर श्रेष्ठको ठुलो योगदान छ।मैले कानुन ब्यबसाय पेशा न अगालेको भए क्याम्पसमा उपप्राध्यापक भै सकेको म हाल प्राध्यापक भै डिनको कार्यालयको डिन सम्म हुन सक्थे हुलाँ।

    (४) धार्मिक सास्कृतिक तथा अन्य सामाजिक सेवातर्फ

    म बिदयार्थी समय देखी लोक साहित्यमा अभिरुची राख्दै २०२८ सालमा १० कक्षामा पढदा बिद्यार्थी समितिको महामन्त्री हुदा मुसीकोट हाइ स्कुलमा प्रकाशन हुने जीबन पत्रीकामा मुसीकोटे लोकगीत कबिता प्रकाशन गरी बिभिन्न साहित्यीक कार्यक्रममा भाग लिदै हाल राप्ती साहित्य परीसदको आजीबन सदस्य छु। २०२९ सालदेखी २०३४ सालसम्म ३वटा निम्न माध्यमिक बिद्यालयको प्रधानाध्यापक भै २०५७ सालदेखी २०६१ सालसम्म उच्च मा बि को उपप्राचार्य भै २०५० सालदेखी २०६१ सालसम्म १२ बर्षसम्म क्याम्पसको उपप्राध्यापक भै सामाजिक सेवा गर्ने अबसर प्राप्त भयो। २०४२ सालमा म उध्योग मन्त्रालय अन्तरगत भक्तपुर इट कारखाना लिमिटेडको बोर्डको सदस्यको जिम्मेवारी प्राप्त भएको थियो। नेपाल रेडकस सोसाइटी जिल्ला शाखा रुकुमको सदस्य २०४५ सालमा भै हाल सो सस्थाको आजीबन सदस्य छु ।त्यस्तैगरी सिस्ने युबा कलब रुकुमको आजीबन सदस्य हुनुका साथै रुकुम जिल्ला बार इकाइको सस्थापक अध्यक्ष भै लगातार १८ बर्षसम्म अध्यक्षको हैषियतले सेवा गर्दै आएको छु। रुकुम जिल्ला अदालतको पटक पटक बैतनिक वकिल भएको र  रुकुम जिल्ला अदालतको सिनियर मेलमिलापकर्ता र नोटरी पब्लीक अफिसर भै नागरीक समाज रुकुमको अगुवा भएको नाताले न्यायक्षेत्र समन्वय समितिको सदस्य र बाल न्याय बाल इजलाशको समाजसेबीको भुमिका निर्बाह गरी आएको छु।रुकुममा ब्रह्म कुमारी राजयोग रुकुम शाखा स्थापना गरी १ बर्षसम्म प्रशिक्षार्थी को रुपमा अध्ययन गरेको छु। २०६२।६३को आन्दोलनको समय देखी हालसम्म पापडको क्याम्पसको निर्माणका लागी भनि एघार लाख एघार हजार एघारसय एघार रुपैया भुमीदान समेत गरीजग्गा हस्तान्तरण गरेको छु। यसै समयमा म राष्टिय धर्म सभा नेपालको केन्दीय सदस्यको जिम्मेवारी र बाहमण समाज नेपाल रुकुमको जिल्ला अध्यक्ष को कार्यभार पनि सम्हालेको छु ।केन्दीय ज्योतिष परीसदको सदस्य भै सेवा गर्दै आएको छु। २०३७ सालमा एम ए पढदा जिल्लामा ३ महिने राष्ट्रिय बिकाश सेवामा समेत जिम्मेवारी निभाएको छु। रुकुम धार्मिक महोत्सबको मुख्यकर्ता निर्देशक समेत भै महायज्ञमा सन्चालन गरी २ रोपनी जग्गा भुमीदान गरी सो जग्गा रुकुमेली क्याम्पसका नाउमा दर्ता गरी हस्तान्तरण गरेको छु।

    (५) बिभुषण सम्मान कदरपत्र तथा प्रशसापत्र र अभिनन्दन पत्र तर्फ।

    स्वदेशी तथा बिदेशी बिश्वबिद्यालयबाट पि एच डी सम्पन्न गरेपछि राज्यबाट पाउने नेपाल बिद्याभुषण क प्रथम मैले तत्कालीन राष्टपति रामबरण यादब र त्रिभुबन बिश्व बिद्यालयको कुलपति तत्कालीन प्रधानमन्त्री माधब कुमार नेपालबाट प्राप्त गरेको छु भने बाल इजलाश बाल न्यायको समाजसेबी सदस्यको प्रमाणपत्र सर्बोच्च अदालतका तत्कालीन माननीय न्यायधीश रामकुमार प्रसाद शाहबाट पदान गरीएको छ। मुसीकोट धार्मिक महोत्सब महायज्ञमा ब्यास पण्डित गोबिन्द शरण महाराजबाट सम्मान तथा अभिनन्दनपत्र प्राप्त गरेको छु। नेपाल बार एशोशियसनको स्वर्ण महोत्सबमा कानुन रमानब अधिकारको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भनि स्व यशोशियशसनबाट सम्मान पत्र र नेपाल बार यशोशीयसनले बरीष्ठ अधिबक्ताको उपाधीप्राप्त गरेपछी सम्मानपत्र र मुसीकोट खलगा क्याम्पसमा ब्यबस्थापन समितिको सदस्य भै उल्लेखनीय कार्य गरेको भनि मध्यपश्चिमान्चल बिश्व बिद्यालयले प्रशसापत्र प्रदान गरी स्वर्ण महोत्सबमा मुसीकोट खलगा बहुमुखी क्याम्पसले उपप्राध्यापक भै १२ बर्ष सेवा गरेको मुल्याकन गरी पशसापत्र र बार इकाइको अध्यक्ष भैराखेको अबस्थामा बिद्याबारीधी गरेको भनि रुकुम बार इकाइले पनि अभिनन्दन गरेको छ भने यमुनानन्द मा वःबि र त्रिभुबन जनता मा बि ले कुनैबेला बिद्यार्थी कुनैबेला शिक्षक कुनैबेला ब्यबस्थापन समितिको अध्यक्ष भै सेवा पुरयायको भनि पटक पटक बिभिन्न समारोहमा कहिलै कदरपत्र कहिलै अभिनन्दनपत्र कहिलै प्रशंसा पत्र र कहिलै सम्मानपत्रले सम्मान गरेको छ। रुकुम जिल्लामा बसी शिक्षा क्षेत्रमा उल्लेखनीय पुरयाइ पहीलो पिएच डी पहीलो बरीष्ठ अधिबक्ताको उपाधी प्राप्त गर्न सफल भएको भनि रुकुम जिल्ला नेपाल राष्टीय शिक्षक %

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    व्यक्तित्व सम्बन्धि थप

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो, केहीबेरमा थुनछेक आदेश आउने

    चैत १६ मा १८ लाख कित्ता भन्दा धेरै आईपीओ  निष्कासन हुदै

    बर्दियामा पाटे बाघ मृत फेला

    २४ घण्टामा थप आठ जनामा कोरोना संक्रमण , ४ सय ९ डिस्चार्ज

    ताजा समाचार
    १

    नेपालगन्ज नगर प्रमुखमा प्रशान्त विष्ट दोव्बर मतले विजयी

    २

    (Untitled)

    ३

    बल प्रयोग र धाँधली गरियो माओवादीको असहमतिका विच रुकुम पश्चिम मुसिकोट नगरपालिकामा मेयरमा महेन्द्र र उपमेयरमा बिमल विजयी घोषणा

    ४

    सानीभेरी गाउँपालिकामा अध्यक्षमा केदार र उपाध्यक्षमा रोका विजयी

    ५

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    ६

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    ७

    मुसिकोटनगरपालिका वडा नं.१ अध्यक्षमा चन्द संगै सदस्यमा हमाल विजयी

    ८

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    ९

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    १०

    निर्वाचन आचार संहिता पालना गर्ने उम्मेदवारको प्रतिवद्धता

    समाचार
    थप

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो, केहीबेरमा थुनछेक आदेश आउने

    चैत १६ मा १८ लाख कित्ता भन्दा धेरै आईपीओ  निष्कासन हुदै

    हाम्रो नजर
    थप

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    ‘जसले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पर्क :
    [email protected]
    [email protected]
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    हाम्रो टीम

    हरिविष्णु ओली
    दिलिपि खड्का
    डिल वहादुर शाही

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution