हिरा परियार । नेपाली काँग्रेस आठवीसकाेटकाे पहल र समन्वयमा अमेरिकामा रहेका आठविसकोटका युवाहरुले आठबिसकोट नगर अस्पतालको सहयाेगकाे लागि रकम संकलन गरि १ लाख ६८ हजार रुपैयाँ उपलब्ध गराएका छन् ।
नेपाली काँग्रेस रुकुम पश्चिमका उपसभापति धीरेन्द्र बटाला र वडा अध्यक्ष तारक शाहीले उक्त रकम नगर प्रमुख गाेर्ख बहादुर केसी र अस्पताल प्रमुख मणिराज शाहलाइ हस्तान्तरण गर्नुभएकाे छ ।
सहयोग रकमलाइ नगर अस्पतालको नवनिर्मित भवनमा बेड ब्यवस्थापन गर्न प्रयोग गरिने अस्पताल प्रमुख शाहले बताउनुभयाे । सहयोग संकलनको समन्वय गर्ने ने. काॅ अठबिसकोट र अमेरिकाका चन्दादाता युवाहरुलाइृ नगर प्रमुख केसीले धन्यवाद दिनुभएकाे छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |