• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ फागुन १९, बुधबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

गोपिकृष्ण हल भत्काउन सुरु

होमपेज / Breaking News
  • ३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार गरेको स्वीकारे

  • हाम्रो नजर
  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ फागुन ६, बिहिबार (१ हफ्ता अघि)

    बैतडीकी किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले आफूले बलात्कार समेत गरेको स्वीकारेका छन् । बिहीबार सरकारी वकिलले लिएको बयानका क्रममा उनले आफूले किशोरीलाई बलात्कार गरेको स्वीकार गरेका हुन् । यसअघि उनले आफूले हत्यामात्रै गरेको स्वीकारेपनि बलात्कार नगरेको दावी गर्दै आएका थिए ।

    तर अभियुक्त किशोरका बुबालाई समेत साक्षी राखेर सरकारी वकिलले लिएको बयानका क्रममा आफूले घटनास्थलमा बलात्कार गरेको स्वीकार गरेका हुन् । स्रोतका अनुसार आफूमा बदलाको भावना रहेको र सोहीअनुसार आफूले भागरथीको बलात्कारपछि हत्या गरेको उनले प्रहरीलाई बताएका छन् ।

    स्रोतले  बताएअनुसार किशोरका आफन्त केही वर्ष पहिले बलात्कृत भएको र सो बलात्कारको आरोप भागरथीका आफन्तमाथि लागेको थियो । सोही प्रकरणमा किशोरमाथि बदलाको भावना रहँदै आएको अनुसन्धानबाट खुलेको छ ।

    बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका १६ वर्षीय किशोरलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको थियो । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गरेको हो ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले विभिन्न कोणबाट गरेको अनुन्धानबाट अभियुक्त समात्न सफल भएको बताए । उनका अनुसार शङ्कास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

    भागरथीले नै अध्ययन गर्ने सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने किशोरले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक जङ्गलमा एक्लै भएको मौका छोपेर बलात्कारपछि हत्या गरेको खुलेको प्रहरी स्रोतको भनाइ छ । भागरथीको हत्या गर्ने पूर्वयोजना रहेको र माघ २१ गते विद्यालयबाट अन्तिम कक्षा छोडेर घर फर्किएको, सिल्ल भन्ने स्थानबाट मृतकभन्दा अगाडि गएर सडकमा कुरेर बसेको, आफू रहेको स्थानमा भागरथी पुग्ने बित्तिकै उनले घटना घटाएको प्रहरीले बुधबार नै जानकारी दिएको थियो । ।

    मृतक भागरथीका दाजु शङ्कर भट्टले किशोरविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता दिइसकेका छन् भने अभियुक्तलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ ।

    प्रहरीले अभियुक्त सार्वजनिक गरेको भए पनि भागरथीका आफन्तले भने अझै पनि शव भने बुझेका छैनन् । उनको शव जिल्ला अस्पताल बैतडीमा रहेको छ । अभियुक्त भनेर प्रहरीले सार्वजनिक गरिएका किशोरले हत्या मात्रै गरेको बताएकाले बलात्कारीको खोजी गर्नुपर्ने आफन्तको माग थियो । तर आज अभियुक्तकै बाबुका सामुन्ने आफूले बलात्कारपछि हत्या गरेको स्वीकारेका हुन् ।

    • #BHAGRATHEE BHATTA
    • #DINESH BHATTA
    • #भागरथी भट्ट
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

    ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया शुरु

    कर्णालीका ९ जिल्लामा कोरोना संक्रमित संख्या शून्य

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

    राष्ट्रपतिबाट ४०१ कैदीबन्दीको कैद सजाय मिनाहा

    सपना रोकामगरलाई अभद्र व्यवहार गरेको आरोपमा विनयजङ्ग बस्नेत पक्राउ

    ताजा समाचार
    १

    चीनमा २५० नयाँ अर्बपति थपिए

    २

    ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया शुरु

    ३

    कर्णालीका ९ जिल्लामा कोरोना संक्रमित संख्या शून्य

    ४

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    ५

    प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

    ६

    राष्ट्रपतिबाट ४०१ कैदीबन्दीको कैद सजाय मिनाहा

    ७

    भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार गरेको स्वीकारे

    ८

    सपना रोकामगरलाई अभद्र व्यवहार गरेको आरोपमा विनयजङ्ग बस्नेत पक्राउ

    ९

    भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार,भोलि सार्वजनिक गर्ने तयारी

    १०

    अफगानिस्तानमा रक्षामन्त्रीका ५ वर्षीय छोरा र चालकको हत्या

    समाचार
    थप

    ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया शुरु

    कर्णालीका ९ जिल्लामा कोरोना संक्रमित संख्या शून्य

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

    हाम्रो नजर
    थप

    भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार गरेको स्वीकारे

    भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार,भोलि सार्वजनिक गर्ने तयारी

    लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

    मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पादक
    सम्पर्क –hamronajar.news@gmail.com
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution