• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ फागुन १९, बुधबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

गोपिकृष्ण हल भत्काउन सुरु

होमपेज / Breaking News
  • ५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सातै प्रदेशमा पुग्यो कोरोना खोप

  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ माघ १३, मंगलबार (१ महिना अघि)

    काठमाडौँ । सरकारले बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गर्दै छ । प्रदेश सरकारहरूले सोमबार नै केही जिल्लामा खोप पुर्‍याइसकेका छन् । भारत सरकारको सहयोगमा ल्याइएको खोप पहिलो चरणमा जिल्ला अस्पताल र ठूला अस्पतालमा अग्रपंक्तिमा बसेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई निःशुल्क रूपमा लगाउने प्रदेश सरकारको तयारी छ ।

    प्रदेश १ का लागि ९६ हजार खोप सोमबार विराटनगर पुगेको छ । विराटनगरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा राखिएको खोप १४ वटै जिल्लामा मंगलबारसम्म पुर्‍याइसक्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईंले पहिलो चरणमा ३५ हजार ५ सय ७६ जनालाई खोप लगाउने तयारी गरिएको बताए ।

    ‘खोप लगाउनेको सूचीकरण स्थानीय तहले गरिसकेका छन्,’ उनले भने, ‘पहिलो पटक खोप लगाएका व्यक्तिले १ महिनापछि पुनः लगाउनुपर्छ ।’ बाँकी खोप कसलाई लगाउने भन्नेबारे प्रदेश सरकारले नीति बनाइसकेको छैन । पहिलो चरणमा ७१ हजार १ सय ५२ खोप आवश्यक रहेको प्रसाईंले बताए ।

    प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सोमबार सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले बुधबार ८ वटै जिल्लाका सदरमुकामस्थित अस्पतालबाट खोप अभियान सुरु गर्ने निर्णय गरेको छ । प्रदेश २ ले १ लाख ८० हजार खोप माग गरे पनि पहिलो चरणमा ३४ हजार प्राप्त भएको स्वास्थ्य निर्देशक विजय झाले बताए ।

    प्रदेशभर ९ वटा बुथ राखेर खोप दिइने योजना छ । जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई नै खोप लगाउन परिचालन गरिने डा। प्रमोद यादवले बताए । उनका अनुसार पहिलो चरणमा ३३ हजार ६ सय स्वास्थ्यकर्मी र १ हजार २ सय ४ सरसफाइकर्मीलाई खोप लगाइनेछ ।

    संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा उपलब्ध गराएको ७ हजार ६ सय भाइल खोप वाग्मतीको हेटौंडा पुगेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत हेटौंडा–१ मा रहेको प्रदेश आपूर्ति केन्द्रमा खोप भण्डारण गरिएको छ ।

    ‘प्रदेशका १३ वटै जिल्लामा एकैपटक खोप लगाउने तयारी छ,’ मन्त्रालयका प्रवक्ता डा। पुरुषोत्तम सेढाईंले भने, ‘प्रदेश सरकार मातहत रहेका जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रबाट खोप लगाइनेछ ।’ खोप केन्द्र तोक्न र स्वास्थ्यकर्मी परिचालनका लागि मन्त्रालयका सचिव दीपक काफ्लेको संयोजकत्वमा समिति बनाइएको छ । एउटा स्वास्थ्य केन्द्रमा १० देखि २० जनासम्म स्वास्थ्यकर्मी परिचालन गरिनेछ । वाग्मती प्रदेशभर ६६ हजार ४ सय ८१ जनालाई पहिलो डोजको खोप लगाइनेछ ।

    हेटौंडामा प्राप्त भएको खोप वाग्मतीका मकवानपुर, चितवन र सिन्धुली तथा प्रदेश २ का बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरीलाई उपलब्ध गराइनेछ । ‘प्रदेश २ मा भण्डारण नभएका जिल्लामा हेटौंडाबाटै खोप उपलब्ध गराइने हो,’ प्रवक्ता सेढाईंले भने, ‘वाग्मतीका बाँकी १० जिल्लालाई संघीय सरकारबाटै उपलब्ध गराइनेछ ।’

    मन्त्रालयका अनुसार रामेछापमा १ हजार ४ सय १६, सिन्धुलीमा १ हजार ४ सय ८०, ललितपुरमा ७ हजार ८ सय १२, रसुवामा ७ सय ५७, चितवनमा ३ हजार ७ सय ४१, काभ्रेमा ३ हजार ६ सय ३८, नुवाकोटमा २ हजार ४ सय, दोलखामा २ हजार १ सय ४२, भक्तपुरमा ३ हजार ८ सय ४५, सिन्धुपाल्चोकमा १ हजार ७ सय ७३, धादिङमा १ हजार ५ सय ९, मकवानपुरमा २ हजार २ सय ८९ जनालाई पहिलो चरणको खोप दिइनेछ ।

    गण्डकी प्रदेशका ४ जिल्लाका लागि ४० हजार डोज कोभिसिल्ड खोप पोखरा पुगेको छ । प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काका अनुसार स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीमा सोमबार पहिलो चरणमा ५० प्रतिशत खोप पठाइएको छ ।

    स्याङ्जामा ३ हजार ४ सय २१, पर्वतमा २ हजार ७ सय ५१, बागलुङमा ३ हजार ९ सय ३१ र म्याग्दीमा १ हजार ८ सय ७१ खोप पठाइएको छ । कास्कीमा सबैभन्दा बढी १२ हजार ५ सय ९०, गोरखामा ४ हजार २ सय १४, तनहुँमा ३ हजार ७ सय २२, लमजुङमा ३ हजार ५ सय १२, पूर्वी नवलपरासीमा २ हजार ३ सय ३५, मुस्ताङमा ४ सय ८६ र मनाङमा सबैभन्दा कम ४ सय ५७ डोज खोप पठाइने खड्काले बताए । केन्द्रको कोल्ड स्टोरमा राखिएको खोपलाई सम्बन्धित जिल्लाको नियमित भण्डारणमा राखिने गरी पठाइएको हो ।

    गण्डकीमा पहिलो चरणमा अग्रपंक्तिमा रहेका १७ हजार ३ सय ९६ जनालाई खोप लगाइनेछ । बुधबार बिहान १० बजे प्रत्येक जिल्लाका कम्तीमा एउटा अस्पतालबाट खोप लगाउन सुरु हुने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्माले बताए । पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मनिपाल, गण्डकी शिक्षण र प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालबाट खोप वितरण हुनेछ ।

    तालिम लिइसकेका १० प्रशिक्षकले जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम दिने र खोप चिकित्सकको निगरानीमा लगाइने उनले बताए । खोप कार्यक्रमका लागि प्रदेशका प्रमुख सचिवको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरिएको छ । खोप शरीरमा एलर्जी भएका, गर्भवती, सुत्केरी, बच्चालाई दूध चुसाइरहेकी आमा र १८ वर्षभन्दा कमका व्यक्तिलाई लगाइँदैन ।

    लुम्बिनी प्रदेशका सबै जिल्लामा पुर्‍याउने गरी ३९ हजार ४ सय ९५ जनाका लागि ८८ हजार ६ सय ९० डोज खोप आइतबार राति बुटवल पुगेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक दिनेशकुमार चापागार्इंले रेफ्रिजेरेटर भ्यानमा बुटवल आइपुगेको खोप नेपालगन्ज रोडमा रहेको आपूर्ति व्यवस्थापन केन्द्रमा राखिएको बताए । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा। पुष्पराज पौडेलले प्रदेश मन्त्रालयले १२ वटै जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुख, मेडिकल सुपरिन्टेन्डेन्ट, खोप अधिकृत र सुपरभाइजरसँग जुममार्फत छलफल गरेर आवश्यक तयारी एवं व्यवस्थापन गरिएको बताए ।

    प्रदेश सरकारमा प्राप्त खोपमध्ये लुम्बिनी प्रदेशको अस्थायी मुकाम रहेको रूपन्देहीमा सबैभन्दा धेरै ३३ हजार ४ सय २० डोज छुट्याइएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए । बाँकेका लागि १७ हजार ९०, दाङमा ६ हजार ५ सय ९०, कपिलवस्तुमा ४ हजार ५ सय ४०, प्यूठानमा २ हजार ३ सय ६०, बर्दियामा ४ हजार ३ सय ६०, अर्घाखाँचीमा ३ हजार ८ सय ५० डोज पठाइएको छ । गुल्मीमा ४ हजार १ सय ८०, पश्चिम नवलपरासीमा २ हजार ३ सय ८०, रुकुम पूर्वमा २ हजार ४०, पाल्पामा ५ हजार ४ सय ६० र रोल्पामा २ हजार ४ सय २० डोज पठाउन लागिएको आपूर्ति केन्द्रले जनाएको छ ।

    कर्णाली प्रदेशका लागि सोमबार ११ हजार ७ सय ८० जनालाई पुग्ने गरी खोप पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। रविन खड्काका अनुसार हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पाका लागि नेपालगन्जबाट हवाईमार्गमा र अन्य जिल्लामा सुर्खेतबाट स्थलमार्गमा खोप ढुवानी गरिनेछ ।

    १० दिनभित्र पहिलो डोज लगाइने र त्यसको ४ हप्तापछि दोस्रो डोज लगाइने उनले बताए । पहिलो चरणमा जिल्ला अस्पतालमै खोप केन्द्र तोकेर लगाइने र दोस्रो चरणमा भने सदरमुकामबाहिर पनि खोप लगाइनेछ । पहिलो चरणमा सुर्खेतका लागि २ हजार ७ सय ८१, दैलेखका लागि २ हजार, जुम्लामा १ हजार ७ सय २, कालीकोटमा १ हजार २१, जाजरकोटमा १ हजार १ सय ४५, सल्यानमा १ हजार १ सय २३, मुगुमा ५ सय ४७, डोल्पामा ५ सय ११, रुकुम पश्चिममा ५ सय र हुम्लाका लागि ४ सय ५० डोज खोप माग गरिएको छ ।

    सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १६ हजार २ सय ९३ जनालाई पहिलो चरणको खोप लगाउने तयारी गरिएको छ । जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार काठमाडौंबाट बुटवल, नेपालगन्ज र धनगढीमा पठाइएको खोप सडकमार्ग भएर आएको हो । सबै खोप प्रदेशभर मंगलबार पठाइनेछ ।

    खोप लगाउन प्रारम्भिक तथ्यांक संकलनको काम पनि सकिएको प्रमुख कार्कीले बताए । कैलालीमा ३ हजार ७ सय ३७, कञ्चनपुरमा २ हजार ५ सय ४५, बैतडीमा १ हजार ९ सय ९६, दार्चुलामा १ हजार २ सय ५१, बझाङ १ हजार ४ सय ९, अछाममा १ हजार ८ सय ७१, बाजुरामा ८ सय ९०, डडेलधुरामा १ हजार १ सय ३५ र डोटीमा १ हजार ४ सय ६१ जनालाई पहिलो चरणको खोप लगाउने तयारी छ ।

    कैलालीका धनगढी र टीकापुरमा तथा बाँकी जिल्लामा १/१ केन्द्र गरी १० केन्द्रमा खोप लगाइने महाशाखा प्रमुख कार्कीले जानकारी दिए । प्राप्त हुने ३५ हजार १ सय ७० डोज खोपमध्ये १० प्रतिशत खेर जाने अनुमान गरिएको उनले बताए । ‘मंगलबार बिहानदेखि नै जिल्लामा खोप पठाउन सुरु हुन्छ,’ उनले भने, ‘माघ १४ देखि १८ सम्म पहिलो र माघ २८ गते दोस्रो खोप दिइनेछ ।’

    देवनारायण साह (विराटनगर), सन्तोष सिंह (धनुषा), सुवास बिडारी (मकवानपुर), लालप्रसाद शर्मा (पोखरा), घनश्याम गौतम (रूपन्देही), कलेन्द्र सेजुवाल (सुर्खेत) र चित्रांग थापा (धनगढी) kantipur bat sabhar

    • #कोरोना खोप
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

    ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया शुरु

    कर्णालीका ९ जिल्लामा कोरोना संक्रमित संख्या शून्य

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

    राष्ट्रपतिबाट ४०१ कैदीबन्दीको कैद सजाय मिनाहा

    भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार गरेको स्वीकारे

    ताजा समाचार
    १

    चीनमा २५० नयाँ अर्बपति थपिए

    २

    ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया शुरु

    ३

    कर्णालीका ९ जिल्लामा कोरोना संक्रमित संख्या शून्य

    ४

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    ५

    प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

    ६

    राष्ट्रपतिबाट ४०१ कैदीबन्दीको कैद सजाय मिनाहा

    ७

    भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार गरेको स्वीकारे

    ८

    सपना रोकामगरलाई अभद्र व्यवहार गरेको आरोपमा विनयजङ्ग बस्नेत पक्राउ

    ९

    भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार,भोलि सार्वजनिक गर्ने तयारी

    १०

    अफगानिस्तानमा रक्षामन्त्रीका ५ वर्षीय छोरा र चालकको हत्या

    समाचार
    थप

    ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया शुरु

    कर्णालीका ९ जिल्लामा कोरोना संक्रमित संख्या शून्य

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

    हाम्रो नजर
    थप

    भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार गरेको स्वीकारे

    भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार,भोलि सार्वजनिक गर्ने तयारी

    लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

    मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पादक
    सम्पर्क –hamronajar.news@gmail.com
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution