• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ फागुन १९, बुधबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

गोपिकृष्ण हल भत्काउन सुरु

होमपेज / Breaking News
  • ८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ‘जनयुद्धको नाम सुन्‍नै नचाहने ओलीले अहिले कालीबहादुर खाम खोई अरे’

  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ माघ ९, शुक्रबार (१ महिना अघि)

    काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश कदमलाई कसैले प्रोत्साहन गरे शान्ति प्रक्रिया ‘डिरेल’ हुनसक्ने बताएका छन् ।

    प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै दाहालले ओलीको कदमलाई कसैले प्रोत्साहन गरेमा शान्ति प्रक्रिया ‘डिरेल’ हुन सक्ने चिन्ता व्यक्त गरेका हुन् । ‘यो देशमा फेरि हिंसा होस्, फेरि युद्ध होस्, फेरि अराजकता होस् भन्ने कसैले चाहेको छैन । सम्मानित सर्वोच्च अदालतका सम्मानित न्यायाधीशहरु कोही पनि फेरि यो देशमा हिंसा, द्वन्द्व, अराजकता चाहनु हुन्छ भनेर म कल्पना पनि गर्न चाहन्‍न,’ दाहालले भने, ‘केपीको कदमलाई सदर गर्ने काम भयो भने नेपालको शान्ति प्रक्रिया ‘डिरेलु हुन्छ कि भन्ने ठूलो भन्ने चिन्ता छ, कसैले पनि देश बर्बाद हुने बाटोमा भूमिका नखेलौं । ठूलो मूल्य चुकाएर संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्राप्त भएको हो ।’

    उनले आफ्नो पार्टीले समृद्ध नेपाल बनाइछाड्ने दाबी गरे । पार्टी एकतापछि पनि ओली जनयुद्धका सहिदहरुको सम्मान गर्ने कार्यक्रममा कहिल्यै सहभागी नभएको कुरा आफूले नोट गरेको दाहालले बताए । उनले भने, ‘जनयुद्ध भनेपछि एक शब्द सुन्न नचाहने हुनुहुन्थ्यो । शान्ति सम्झौता भएपछि त अलिकति सुध्रिनु भयो कि भनेको एकतापछि पनि जनयुद्धका सहिदलाई सम्मान गर्ने एउटा कार्यक्रममा जानु भएन । अरु नेताहरु जानु भयो । केपी कहिल्यै जानु भएन । मैले त्यसलाई खुब नोट गरेको छु ।’ तर, पार्टी विभाजनले आफू अल्पमतमा परेपछि जनयुद्धका घाइते अपाङ्गलाई हेर्नुपर्दैन भनेर ओलीले उल्टै आफूमाथि प्रश्न उठाएको पनि दाहालले बताए ।

    ‘जनयुद्धका घाइते अपाङ्गहरु माइतीघरमा अनशन बस्दा, खुमलटार गएर अनेक गरेर ऋण, सापट खोजेर मैले बेलाबेला राहत दिने । सरकारलाई पटक(पटक यी घाइते, अपांगको उपचार गर्नुपर्‍यो । यो सरकारले त खाईपाई आएको सुविधा पनि काटेछ,’ दाहालले भने, ‘जनयुद्धका घाइते अपाङ्गहरु माइतीघरमा अनशन बस्दा गृह प्रशासन पनि केपीले जे भन्यो त्यही मान्ने छ । मैले धेरै पटकभन्दा कहींकतै टेडपुच्छर लागेन । उल्टो मासिक भत्ता खोसियो । अहिले पार्टी विभाजनमा ओली अल्पमतमा परेपछि म कहिलेकाहीं सुन्छु, ती घाइते अपाङ्गलाई हेर्नु पर्दैन प्रचण्डले भन्ने तीनै केपीले रु फट्याइँ गर्न कति सकेको रु जालझेल गर्न पनि कस्तो दिमाग हो ?’

    ओलीले अहिले आएर कालीबहादुर खाम खोई भन्नु लाजमर्दो कुरा भएको दाहालको भनाइ छ । ‘अहिले केपीले कालीबहादुर खाम खोई अरे रु ती कालीबहादुर खाम आफैंले केही गरेको त हैन । उनको मुद्दा ठीक ढंगले हल होस् भनेर १०र११ वर्षदेखि म लागेको छु । उनलाई गाह्रो साह्रो परेको मैले हेर्न लगातार बल गरेको छु । अहिले त कालीबहादुर तपाईंलाई प्रचण्डले हेर्दैनन् केपीले भन्नु लाजमर्दो अरु के हुन्छ रु,’ उनले थपे, ‘प्रचण्डले जनमुक्ति सेना नहेर्ने रे केपीले।।।लाजै । त्यसैले जनयुद्धका कमाण्डर, साथीहरु ओलीको कुरामा गम्भीर नहुनुहोला । कमरेडहरु तपाईंहरुको योगदानको इतिहासमा स्वर्णीम अक्षरले नाम लेख्ने काम भएको छ । त्यसलाई कसैले कालो नपोतौं ।’

    जनताले लामो संघर्षबाट बनाएको संविधान आईसीयूमा हुँदा ओली हाँस्दै हिँडेको दाहालको आरोप छ । ‘हाम्रो नेपालीको संस्कार, विवाह हुँदा नाचगान रमाइलो गर्दै गइन्छ।।।तर हाम्रो केपीजी आन्दोलन भएपछि रुन थाल्नु भयो । गणतन्त्रको आन्दोलन हुनु हुँदैन भनेर नोट अफ डिसेन्ट लेख्न लगाउने मान्छे हुनुहुँदोरहेछ । जब घरमा कोही मर्छ । परिवार, गाउँ शोकमग्न हुन्छ । सबैले एकअर्कालाई ढाडस दिन्छन् । केपीको बानी त्यो बेला हाँस्ने रैुछ,’ दाहालले भने, ‘अहिले संविधान आईसीयूमा छ । उहाँ हाँस्दै हिँड्नु भएको छ, हँसाउँदै हिँड्नु भएको छ । हामी संवेदनशील भएका छौं, राष्ट्र के हुने हो, जनताको भविष्य के हुने हो यो उपलब्धि के हुने हो भनेर । तर केपी ओली उल्टो खोपडीको मान्छे नेपालमा कसरी।।।।’

    कार्यक्रमलाई सम्बोधन गर्दै अर्का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीसँग नेकपा नझुक्ने बताएका छन् । नेता नेपालले ओली ‌कम्युनिस्ट पार्टी सदस्य बन्न योग्य नरहेको र असंवैधानिक तबरले कदम चालेकाले उनीहरुसँग मिलेर जाने अवस्था नरहेको प्रस्ट्याएका हुन् । “एउटा कुरा कसैले भ्रममा नराख्नु होस् । फेरि केपी ओलीसँग यो नेकपाले झुक्ने कुनै काम गर्ने छैन । अब फेरि सँगसँगै जाने स्थिति बन्ला भनेर कसैले भ्रम नपाले हुन्छ,” उनले भने ।

    अध्यक्ष नेपालले ओलीले ५० वर्षसम्म दुस्ख मात्रै दिएको बताए । ‘केपी ओलीले ५० वर्षसम्म हैरान पारे, दुस्खमात्रै दिए । मैले जहिले थम्थमाए । मलाई दुस्ख मात्रै दिए । जहिले हुर्मत लिने मात्रै काम गरे । पार्टी एकता गरेपछि केपी ओली सुध्रिन्छन् कि भन्ने सोच्यौं तर सुध्रिएनन्,’ नेपालले भने ।

    वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले घुँडा नटेकेसम्म सडक संघर्ष जारी रहने बताएका छन् । ‘ओलीको कदम प्रतिगमन हो । तर केपी ओलीले राजनीतिक कदम हो भन्दै हिँडेका छन् । संविधानभन्दा बाहिर गएर कसैले कदम चाल्न सक्छ रु यही संविधानअन्तर्गत बनेका प्रधानमन्त्रीहरुले संविधान बाहिर गएर कदम चाल्ने हक छैन । यो प्रतिगामी कदम हो । त्यसको विरुद्ध हामी सडकमा हुनेछौं । केपी ओलीले ओलीले घुँडा नटेकेसम्म हामी अगाडि बढ्छौं,’ खनालले भने ।कान्तिपुर

     

    • #कालीबहादुर खाम
    • #जनयुद्ध
    • #नेकपा अध्यक्ष पुष्पकमल दाहाल
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

    ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया शुरु

    कर्णालीका ९ जिल्लामा कोरोना संक्रमित संख्या शून्य

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

    राष्ट्रपतिबाट ४०१ कैदीबन्दीको कैद सजाय मिनाहा

    भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार गरेको स्वीकारे

    ताजा समाचार
    १

    चीनमा २५० नयाँ अर्बपति थपिए

    २

    ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया शुरु

    ३

    कर्णालीका ९ जिल्लामा कोरोना संक्रमित संख्या शून्य

    ४

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    ५

    प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

    ६

    राष्ट्रपतिबाट ४०१ कैदीबन्दीको कैद सजाय मिनाहा

    ७

    भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार गरेको स्वीकारे

    ८

    सपना रोकामगरलाई अभद्र व्यवहार गरेको आरोपमा विनयजङ्ग बस्नेत पक्राउ

    ९

    भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार,भोलि सार्वजनिक गर्ने तयारी

    १०

    अफगानिस्तानमा रक्षामन्त्रीका ५ वर्षीय छोरा र चालकको हत्या

    समाचार
    थप

    ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया शुरु

    कर्णालीका ९ जिल्लामा कोरोना संक्रमित संख्या शून्य

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

    हाम्रो नजर
    थप

    भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार गरेको स्वीकारे

    भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार,भोलि सार्वजनिक गर्ने तयारी

    लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

    मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पादक
    सम्पर्क –hamronajar.news@gmail.com
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution