• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ फागुन १९, बुधबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

गोपिकृष्ण हल भत्काउन सुरु

होमपेज / Breaking News
  • १८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सरकारले प्रदान गर्ने सबै किसिमका सेवाहरुलाई डिजिटलाइज गरी ‘नागरिक एप’ सञ्चालनमा

  • हाम्रो नजर
  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ माघ ६, मंगलबार (१ महिना अघि)

    काठमाडौं । सरकारले ‘नागरिक एप’ सञ्चालनमा ल्याएको छ । सरकारले प्रदान गरिने सबै किसिमका सेवाहरुलाई डिजिटलाइज गरी एकीकृत प्लेटर्फमबाट सेवाप्रवाह गर्ने लक्ष्य बमोजिम एप सञ्चालनमा ल्याइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका एक पत्रकार सम्मेलन गरेर एप सार्वजनिक गरिएको हो । अब एउटै एपबाट विभिन्न सरकारी अनलाइन सेवाहरु प्राप्त गर्न सकिने सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
    नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सकिने छ ।

    एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने छ । साथै, नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम विवरणहरुको जानकारी लिन सकिनेछ ।

    ‘लाइन हैन, अनलाइनबाट २४ सै घण्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप’ भन्ने नाराका साथ सुरु गरिएको एपमार्फत् हेलो सरकारमा गुनासो गर्न सकिने व्यवस्था मिलाइएको छ ।

    त्यसैगरी सरकार तथा सार्वजनिक निकायले नागरिकका गुनासो सुनुवाई गरी सम्बोधन गरिएको पनि हेर्न सकिने छ । यो एपको प्रयोगबाट फेसलेस, पेपरलेस र समयको बचत हुने तथा सार्वजनिक विदाको दिन पनि सेवा लिन सकिने मन्त्रालयले जनाएको छ ।

    नागरिक एपबाट सेवा प्राप्त गर्नका लागि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोरमा र आइओएसका प्रयोगकर्ताले एप स्टोरमा बेटा भर्सनको एप डाउनलोड गर्नुपर्ने छ । हाल आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सीममार्फत एपको प्रयोग गर्न सकिनेछ । उक्त सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफनो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालका अनुसार हाल एपमा ९ वटा सेवा छन् । अबको तीन महिनाभित्र सबै सरकारी सेवा यो एपमा पाउन सक्ने अवस्था बनाउन लागि परेको मन्त्रालयले जनाएको छ । भिडियो सन्देशमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले एपको प्रयोग गरेर आवश्यक सुधारका लागि सुझाव दिन आग्रह पनि गरे ।

    यो एपमा गृह मन्त्रालयसँगको दुई करोड १५ लाख नागरिकताको विवरण छन् । त्यसैगरी निर्वाचन आयोगले संकलन गरेको एक करोड ५५ लाख बायोमेट्रिक र फोटोसहितको विवरण डिजिटाइज गरेर राखिएको छ ।

    सार्वजनिक सेवाका लागि सरकारी कार्यालय जानै पर्ने बाध्यता अन्त्य गर्न एप सहयोगी हुने सरकारको दावी छ । संघदेखि स्थानीय तहका सरकारले उपलब्ध गराउने सार्वजनिक सेवालाई यही प्लेटर्फममा जोड्ने योजना छ । स्थानीय सरकारले दिने ६४ मध्ये ४० भन्दा बढी सेवा एपबाट पाउन सकिने दावी गरिएको छ । यो एपले विभिन्न सरकारी सेवाका लागि नागरिकतासहित विभिन्न सरकारी कागजातको फोटोकपी गर्नुपर्ने बाध्यता पनि अन्तय गर्न दावी मन्त्रालयको छ ।

    डिजिटल नेपाल फ्रेमवर्कले परिकल्पना गरेबमोजिम सरकारले नागरिकलाई प्रदान गर्ने सेवाहरु एकीकृत तथा अन्तरआवद्ध गरी सहज र प्रविधिमैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख थियो । सरकारी काम(कारवाहीको अनुगमन, गुनासो सुनुवाइ तथा सम्बोधन हुने व्यवस्था मिलाइने उद्देश्य अनुरुप एउटा कार्यको रुपमा नागरिक एप सार्वजनिक गरिएको मन्त्री गुरुङले बताए ।

    एपमा आगामी दिनमा मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्र लगायतका आमनागरिकसँग सरोकार हुने सेवाहरू थप गर्दै लगिने भएको छ । हाललाई परीक्षणको रूपमा अघि बढाईएको नागरिक एपबाट प्रवाह गरिने सरकारी सेवाहरु पारदर्शी, भरपर्दो र सुरक्षित हुने सरकारको दावी छ ।

    • #नागरिक एप
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

    ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया शुरु

    कर्णालीका ९ जिल्लामा कोरोना संक्रमित संख्या शून्य

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

    राष्ट्रपतिबाट ४०१ कैदीबन्दीको कैद सजाय मिनाहा

    भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार गरेको स्वीकारे

    ताजा समाचार
    १

    चीनमा २५० नयाँ अर्बपति थपिए

    २

    ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया शुरु

    ३

    कर्णालीका ९ जिल्लामा कोरोना संक्रमित संख्या शून्य

    ४

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    ५

    प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

    ६

    राष्ट्रपतिबाट ४०१ कैदीबन्दीको कैद सजाय मिनाहा

    ७

    भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार गरेको स्वीकारे

    ८

    सपना रोकामगरलाई अभद्र व्यवहार गरेको आरोपमा विनयजङ्ग बस्नेत पक्राउ

    ९

    भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार,भोलि सार्वजनिक गर्ने तयारी

    १०

    अफगानिस्तानमा रक्षामन्त्रीका ५ वर्षीय छोरा र चालकको हत्या

    समाचार
    थप

    ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया शुरु

    कर्णालीका ९ जिल्लामा कोरोना संक्रमित संख्या शून्य

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

    हाम्रो नजर
    थप

    भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार गरेको स्वीकारे

    भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार,भोलि सार्वजनिक गर्ने तयारी

    लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

    मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पादक
    सम्पर्क –hamronajar.news@gmail.com
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution