• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ माघ ३, शनिबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

गोपिकृष्ण हल भत्काउन सुरु

होमपेज / Breaking News
  • १२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले लगाए कोरोना भाइरसविरुद्धको खोप

  • हाम्रो नजर
  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ पौष ७, मंगलबार (३ हफ्ता अघि)

    अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाएका हुन् । उनले खोप लगाएको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो । खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्नका लागि आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन् ।

    यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए । उनीहरुले पनि खोपलाई लिएर सर्वसाधारणमा रहेको शंका दूर गर्नका लागि सार्वजनिक रुपमा खोप लगाएको बताएका छन् । अमेरिकामा अहिलेसम्म दुई खोपले स्वीकृति पाएका छन् । आइतबारदेखि मोदेर्नाले विकास गरेको खोप पनि लगाउन थालिएको छ ।

    त्यसको एक हप्ता पहिले नै फाइजर–बायोएनटेकको खोप लगाउन थालिएको थियो । अहिलेसम्म पाँच लाख भन्दा बढि अमेरिकीले खोप लगाइसकेका छन् ।राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले डेलवरको नेवार्कमा खोप लगाएका हुन् । उनले खोप लगाउने क्रममा भने, ‘उपलब्ध भएका बेलामा खोप लगाउन मानिसहरु तयार हुन भनेर मैले यस्तो गरेको हुँ । खोपलाई लिएर चिन्ता गर्नु पर्ने कुनै कारण छैन ।’

    देशमा खोप अभियान सुरु गरेकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई धन्यवाद दिनु पर्ने पनि बाइडेनले बताए । बाइडेनकी श्रीमती डा. जिल बाइडेनले पनि खोपको पहिलो डोज लिएकी छन् ।

    उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका पति डग एमहोफले आउँदो हप्ता खोपको पहिलो डोज लिने तयारी छ ।बाइडेनको टिमले सत्ता सम्हालेको पहिलो १०० दिनमा १० करोड अमेरिकीलाई खोप लगाउने योजना बनाएको छ ।

    कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड ८० लाख भन्दा बढि पुगेको छ । यस्तै अहिलेसम्म तीन लाख १९ हजार अमेरिकीको कोभिड–१९ का कारण ज्यान गएको छ ।

    • #कोरोना भाइरसविरुद्धको खोप
    • #जो बाइडेन
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

    कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप नेपालमा पनि प्रयोग गर्न अनुमति

    रुकुम पूर्वका जिल्ला समन्वय समिति प्रमुख ओलीसहित पाँचजना जुवाखालबाट पक्राउ

    प्रतिनिधिसभा विघटनः संवैधानिक इजलासमा बहस जारी

    पूर्व प्रधानन्यायाधीशहरुको निष्कर्ष प्रतिनिधिसभा विघटन असंवैधानिक

    पाँच हजार २६९ परीक्षणमा ५५४ जनामा सङ्क्रमणको पुष्टि

    अमेरिकी संसद भवनमा ट्रम्प ‘कू’ को प्रयास तस्विरमा हेर्नुहोस्

    ताजा समाचार
    १

    कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप नेपालमा पनि प्रयोग गर्न अनुमति

    २

    रुकुम पूर्वका जिल्ला समन्वय समिति प्रमुख ओलीसहित पाँचजना जुवाखालबाट पक्राउ

    ३

    प्रतिनिधिसभा विघटनः संवैधानिक इजलासमा बहस जारी

    ४

    अतिरिक्त शुल्क लिने कलेजलाई कारवाही गर्न माग

    ५

    आफ्नो जीवनकालमा दस पटक चन्द्रमा ओहोरदोहोर गर्नसक्ने यो प्राणी

    ६

    शान्ति मिसनमा भएको कुटपिटबारे सूचना चुहाउने सैनिक बर्खास्त

    ७

    पूर्व प्रधानन्यायाधीशहरुको निष्कर्ष प्रतिनिधिसभा विघटन असंवैधानिक

    ८

    अब सेयर कारोबार गरेको तेस्रो दिन नै पैसा पाइने

    ९

    पाँच हजार २६९ परीक्षणमा ५५४ जनामा सङ्क्रमणको पुष्टि

    १०

    भारतमा बर्डफ्लु देखिएपछि नेपालमा उच्च सतर्कता

    समाचार
    थप

    कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप नेपालमा पनि प्रयोग गर्न अनुमति

    रुकुम पूर्वका जिल्ला समन्वय समिति प्रमुख ओलीसहित पाँचजना जुवाखालबाट पक्राउ

    प्रतिनिधिसभा विघटनः संवैधानिक इजलासमा बहस जारी

    अतिरिक्त शुल्क लिने कलेजलाई कारवाही गर्न माग

    हाम्रो नजर
    थप

    लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

    मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

    तिहारमा देउसी भैलो खेल्न नपाइने

    साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पादक
    सम्पर्क –hamronajar.news@gmail.com
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution