• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ माघ ३, शनिबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

गोपिकृष्ण हल भत्काउन सुरु

होमपेज / अर्थ खबर
  • १३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंक इतिहासकै ठूलो आईपीओ यही पुसमा सर्वसाधारणका लागि खुला हुने

  • हाम्रो नजर
  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ पौष ५, आईतबार (३ हफ्ता अघि)

    काठमाडौं । पूर्वाधार क्षेत्रमा लगानी गर्न भन्दै नेपालका अन्य बैंकहरुको भन्दा ठूलो पुँजीको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) स्थापना गरिएको दुई वर्ष पुग्न लागेको छ । पूर्वाधार विकासलाई गति दिने मुख्य उद्देश्य लिएको इन्फ्रास्ट्रक्चर बैंकले २८ माघ २०७५ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजतपत्र पाएर २०७५ फागुन २२ बाट वित्तीय कारोबार शुरु गरेको थियो ।

    सानो निक्षेप नलिने यो बैंकले हालसम्म ८ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेको जनाएको छ । यसमध्ये धेरै कर्जा जलविद्युत् आयोजनाहरुमा लगानी गरेको छ ।

    कोरोना महामारीबीच पनि जलविधुत् परियोजनाहरुमा कर्जाको माग भएको बैंकले जनाएको छ । बैंकका अनुसार, जलविद्युत् पछि सौर्य ऊर्जा, सिमेन्ट र होटल उद्योगमा लगानीको माग छ ।

    यो बैंकले हालसम्म ११० मेगावाटका चारवटा जलविद्युत् आयोजनामा ५ अर्ब ४० करोड र २० मेगावाटको सौर्य ऊर्जा परियोजनामा एक अर्ब कर्जा लगानी गरेको छ । त्यस्तै, सिमेन्ट उद्योगमा एक अर्ब ५० करोड र निर्माणाधीन पाँचतारे होटलमा ४५ करोड रुपैयाँ लगानी गरेको बैंकले जनाएको छ ।

    बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे गत वर्षको करिब ४ अर्ब लगानी पाइपलाइनमा रहेको बताउँछन् । उनका अनुसार चालु आर्थिक वर्षमा ३० अर्ब हाराहारी लगानी माग भएको छ ।

    पूर्वाधार विकासलाई गति दिन र विकासका अन्य क्षेत्रमा हुने वित्तीय अभाव न्यून गर्न सरकार, बाणिज्य बैंकहरु, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, सार्वजनिक तथा निजी कम्पनी र प्रतिष्ठित व्यवसायीहरु समेतको लगानीमा निफ्रा स्थापना भएको हो ।

    बैंकको पुँजी तथा सम्पत्ति

    निफ्राको अधिकृत पुँजी ४० अर्ब र जारी पुँजी २० अर्ब रुपैयाँ छ । चुक्ता पुँजी भने २० अर्ब तोकिएको छ । चुक्ता पुँजी हाल १२ अर्ब रुपैयाँ रहेकोमा सर्वसाधारणलाई आठ अर्ब रुपैयाँको साधारण सेयर जारी गरी चुक्ता पुँजी २० अर्ब पुग्ने भएको हो ।

    बैंकमा सरकारसहित संस्थापक सेयरनीहरुको स्वामित्व ६० प्रतिशत छ । आईपीओ जारी भएपछि सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत पुग्नेछ । यो बैंकले एक करोड रुपैयाँभन्दा कम निक्षेप लिँदैन ।

    अहिले पुँजी निकै ठूलो भएका कारण निक्षेप संकलनमा बैंकले ध्यान दिएको छैन । यो बैंकले गत असार मसान्तसम्म १२ अर्ब ९४ करोड ४२ लाख ७९ हजार १२१ रुपैयाँ विभिन्न वाणिज्य बैंकमा निक्षेप राखेको थियो । सो अवधीसम्म सरकारी ऋणपत्रमा १२ करोड २७ लाख रुपैयाँ लगानी गरेको बैंकले जनाएको छ ।

    चालु आवमा थप २५ करोड २४ लाख ५४ हजार ३२० रुपैयाँ मुद्दती र ४५ करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी रहेको छ । बैंकले कुल सम्पत्ति ८२ करोड बढाएको छ । अघिल्लो आवको कुल सम्पत्ति १३ खर्ब १५ अर्ब रुपैयाँ बढेर बढेर १३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

    हाइड्रो, सोलार, सडक, सुरुङ, होटेल, केवलकार, एम्युजमेन्ट पार्क, रिक्रियशन सेन्टर, शिक्षा, स्वास्थ्य, एयरपोर्ट, मेडिकल कलेज, अस्पताल, विशेष आर्थिक क्षेत्र, औद्योगिक पूर्वाधार, सिमेन्ट, सहरी विकास, सूचना तथा सञ्चार प्रविधि, वातावरण मैत्री परियोजना, ठोस फोहोर मैला व्यवस्थापन, खानेपानी, सिंचाइ, कृषि पूर्वाधार यो बैंकका लगानीका क्षेत्र हुन् ।

    हालसम्मकै ठूलो आईपीओ

    इन्फ्रास्ट्रचर बैंक २० अर्ब चुक्ता पुँजी तोकिएको बैंक हो । अहिले यसको चुक्ता पुँजी ६० प्रतिशत अर्थात १२ अर्ब रुपैयाँमात्रै छ । बाँकी ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँ पुँजी सर्वसाधारणलाई सेयर दिएर पुर्याउनु पर्नेछ ।

    यसका लागि आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पर्खाइमा छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त भएको छ । हालसम्मकै ठूलो यो आईपीओ यही पुसको अन्त्यसम्ममा सर्वसाधारणका लागि खुला हुने सम्भावना छ ।

    • #IPO OF the NIFRA
    • #Nepal Infrastructure Bank LTD
    • #नेपाल इन्फ्रास्ट्रक्चर बैंक
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अर्थ खबर सम्बन्धि थप

    कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप नेपालमा पनि प्रयोग गर्न अनुमति

    रुकुम पूर्वका जिल्ला समन्वय समिति प्रमुख ओलीसहित पाँचजना जुवाखालबाट पक्राउ

    प्रतिनिधिसभा विघटनः संवैधानिक इजलासमा बहस जारी

    अतिरिक्त शुल्क लिने कलेजलाई कारवाही गर्न माग

    शान्ति मिसनमा भएको कुटपिटबारे सूचना चुहाउने सैनिक बर्खास्त

    पूर्व प्रधानन्यायाधीशहरुको निष्कर्ष प्रतिनिधिसभा विघटन असंवैधानिक

    ताजा समाचार
    १

    कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप नेपालमा पनि प्रयोग गर्न अनुमति

    २

    रुकुम पूर्वका जिल्ला समन्वय समिति प्रमुख ओलीसहित पाँचजना जुवाखालबाट पक्राउ

    ३

    प्रतिनिधिसभा विघटनः संवैधानिक इजलासमा बहस जारी

    ४

    अतिरिक्त शुल्क लिने कलेजलाई कारवाही गर्न माग

    ५

    आफ्नो जीवनकालमा दस पटक चन्द्रमा ओहोरदोहोर गर्नसक्ने यो प्राणी

    ६

    शान्ति मिसनमा भएको कुटपिटबारे सूचना चुहाउने सैनिक बर्खास्त

    ७

    पूर्व प्रधानन्यायाधीशहरुको निष्कर्ष प्रतिनिधिसभा विघटन असंवैधानिक

    ८

    अब सेयर कारोबार गरेको तेस्रो दिन नै पैसा पाइने

    ९

    पाँच हजार २६९ परीक्षणमा ५५४ जनामा सङ्क्रमणको पुष्टि

    १०

    भारतमा बर्डफ्लु देखिएपछि नेपालमा उच्च सतर्कता

    समाचार
    थप

    कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप नेपालमा पनि प्रयोग गर्न अनुमति

    रुकुम पूर्वका जिल्ला समन्वय समिति प्रमुख ओलीसहित पाँचजना जुवाखालबाट पक्राउ

    प्रतिनिधिसभा विघटनः संवैधानिक इजलासमा बहस जारी

    अतिरिक्त शुल्क लिने कलेजलाई कारवाही गर्न माग

    हाम्रो नजर
    थप

    लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

    मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

    तिहारमा देउसी भैलो खेल्न नपाइने

    साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पादक
    सम्पर्क –hamronajar.news@gmail.com
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution