• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ भाद्र १, बुधबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

मेरो आत्म वृतान्त : विद्यालय शिक्षकदेखि वरिष्ठ अधिवक्ता एवं पहिलाे पीएचडीसम्म

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

होमपेज / Breaking News
  • ५९७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • संस्कृत-नेपाली-अंग्रेजी शब्दकोशको एप सार्वजनिक, यसरी गर्नुहोस् डाउनलोड

  • हाम्रो नजर
  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ मंसिर ५, शुक्रबार (१ साल अघि)

    काठमाडौं । स्वामी केशवानन्द गिरिले विश्वकै ठूलो संस्कृत–नेपाली-अंग्रेजी-हिन्दी शब्दकोश सार्वजनिक गरेका छन् । यो विद्युतीय शब्दकोशबाट चारवटै भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ । शब्दकोशमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ समावेश गरिएको छ । यो शब्दकोश एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी प्रयोग गर्न सकिन्छ ।

    यसैगरी केएन स्वामीको वेबसाइटमा गएर समेत शब्द र त्यसको अर्थ खोज्न सकिने शब्दकोश निर्माता स्वामी केशवानन्दले जानकारी दिए । यी चार भाषाका शब्द खोज्न यो एप र वेबसाइट उपयोगी हुनेछ । यसमा एउटा शब्द सर्च गर्दा चारवटै भाषामा त्यसको अर्थ थाहा पाउन सकिनेछ । शब्दकोशमा संस्कृतबाट नेपालीका एक लाख, संस्कृतबाट संस्कृतका डेढ लाख, संस्कृतबाट हिन्दीका ५० हजार र संस्कृतबाट अङ्ग्रेजीका ५० हजार गरी चार लाख शब्द सामावेश छन् ।

    धातु र त्यसको कृदन्त रूप ५० हजार गरी चार लाख शब्दको ज्ञान शब्दकोशमा हेर्न सकिने छ । गत वर्षकोचैतमा स्वामी केशवानन्द गिरिको नेतृत्वमा शब्दकोश निर्माणका लागि काम शुरु भएको थियो । संस्कृत शब्दको अर्थ जान्न चाहने, संस्कृतका विद्यार्थी, अध्ययन एवं अनुसन्धान गर्न चाहनेका लागि यो शब्दकोश उपयोगी हुनेछ । शिलालेख, प्राचीन अभिलेख लगायतका सामग्रीको अध्ययनका लागि पनि यो शब्दकोश महत्वपूर्ण सामग्री हुनेछ ।

    संस्कृतका दुई शब्दकोश ‘वाचस्पत्यम्’ र ‘शब्दकल्पद्रुम’ का सबै शब्द टाइप गरेर विद्युतीय माध्यमबाट हेर्न सकिने बनाइएको छ । ‘वाचस्पत्यम्’ सन् १८७० मा तारानाथ तर्क वाचस्पति भट्टाचार्यले तयार पारेको कोश हो ।

    यसैगरी ‘शब्दकल्पद्रुम’ सन् १८५९ मा राजा राधाकान्त देवले तयार पारेको कोश हो । दुवै कोशका सबै शब्द विद्युतीय माध्यममा राखिएका छन् । यसैगरी वामन शिवराम आप्टेको सन् १९६६ मा प्रकाशित संस्कृत–हिन्दी र सन् १८९० मा प्रकाशित संस्कृत–अङ्ग्रेजी कोशका समेत सबै शब्द विद्युतीय माध्यममा राखिएका छन् ।

    नेपाल संस्कृत विश्वविद्यालयले प्रकाशन गरेको बृहत् नेपाली–संस्कृत शब्दकोश, कुलचन्द्र गौतमको संस्कृत–नेपाली कोश, संस्कृत–कन्नड कोश, मुनियर निलिम्सको संस्कृत–अङ्ग्रेजी कोश पनि टाइप गरेर विद्युतीय माध्यममा समावेश गरिएको छ ।

    यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोशका पनि सबै शब्द यसमा अटाएका छन् । धातुको व्युत्पत्ति भने केशवानन्दले आफैँ अनुवाद गरेर राखेका हुन् ।

    नेपाली कोशमा व्युत्पत्ति र धातुको अर्थ थपेर समावेश गरिएको छ । यसैगरी धातुमा उपसर्ग लगाउँदाको अर्थ समेत विद्युतीय माध्यमबाट खोज्न सकिने बनाइएको छ ।

    धातुको रूप भने केही समयमा थपिने बताइएको छ । यी सबै विषय समावेश गरिएको एकीकृत कोश विश्वमै पहिलो भएको उनको भनाइ छ ।
    एण्ड्रोइड फाइभभन्दा पछिका भर्सनमा यो मोबाइल एप प्रयोग गर्न सकिन्छ । मोबाइल एपको साइज केवल १२६ एमबीको छ । कोश एप र वेबसाइटमा उपलब्ध भएपछि प्रयोगकर्ताले ठूला(ठूला शब्दकोश बोकेर हिँड्नुपर्ने, पल्टाउनुपर्ने झन्झटबाट मुक्ती पाउने भएका छन् ।

    प्रयोगकर्ताका माझ यो सजिलो शब्दकोशका रूपमा आएको छ । गुरुकुलमा आफूले निःशुल्क शिक्षा आर्जन गरेकाले करिब ५० लाख रुपैयाँ लागतमा तयार पारिएको यो विद्युतीय कोश बिना शुल्क पाठकका लागि उपलब्ध गराइएको स्वामी केशवानन्दले बताए । विद्युतीय कोशमा कुनै पनि विज्ञापन राखिएको छैन । विज्ञापन राखेर आर्जन गर्दा पाठक एवं खोजकर्ताको ध्यान विज्ञापनतिर जाने भएकाले यसलाई विज्ञापन रहित बनाइएको हो ।

    लकडाउनको छ महिनामा बिहान पाँच बजेदेखि राति ११ बजेसम्म गिरि र उनका छ जना शिष्य खटेर यो शब्दकोश तयार पारिएको हो ।
    नेपालीमा प्रयोग हुने करिब ७५ प्रतिशत संस्कृतका शब्द जान्नका लागि पनि यो शब्दकोश उपयोगी हुनेछ । पूर्वीय वाङ्‌मयलाई प्रविधिसँग जोडेर उनले जिज्ञासुलाई अध्ययन एवं अनुसन्धान गर्न सहज बनाइदिएका छन् ।

    वाजसनेयि–माध्यन्दिन–शुक्लयजुर्वेद–संहितालाई केएन स्वामी युनिकोड फन्ट तयार पारी उनकै सम्पादनमा यो प्रकाशनमा आएको हो । आफूले गुरुकुलमा अध्ययनका क्रममा पाठ्यसामग्री पाउन मुस्किल भएको अनुभव पछिका विद्यार्थीले भोग्न नपरोस् भनी गिरिले यो काम गरेका हुन् ।

    संस्कृत विश्वविद्यालयबाट ‘पाणिनिको अष्टाध्यायीमा अद्वैत दर्शन’ विषयमा विद्यावारिधि शोध गरिरहेका गिरिको लक्ष्य पूर्वीय वाङ्‌मयलाई प्रविधिसँग जोड्दै विद्यार्थी एवं अनुसन्धाताका लागि सहज वातावरण बनाउनु रहेको छ । एन्ड्रोइड मोबाइलमा शब्दकोष डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । वेबसाइटमै कुनै शब्दको अर्थ खोज्नु छ भने यहाँ क्लिक गर्नुहोस् । रासस

    • #संस्कृत-नेपाली-अंग्रेजी
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    भरतपुर महानगर मेयरमा रेनु दाहाल भारीमतले विजयी

    नेपालगन्ज नगर प्रमुखमा प्रशान्त विष्ट दोव्बर मतले विजयी

    बल प्रयोग र धाँधली गरियो माओवादीको असहमतिका विच रुकुम पश्चिम मुसिकोट नगरपालिकामा मेयरमा महेन्द्र र उपमेयरमा बिमल विजयी घोषणा

    सानीभेरी गाउँपालिकामा अध्यक्षमा केदार र उपाध्यक्षमा रोका विजयी

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    ताजा समाचार
    १

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    २

    भरतपुर महानगर मेयरमा रेनु दाहाल भारीमतले विजयी

    ३

    नेपालगन्ज नगर प्रमुखमा प्रशान्त विष्ट दोव्बर मतले विजयी

    ४

    बल प्रयोग र धाँधली गरियो माओवादीको असहमतिका विच रुकुम पश्चिम मुसिकोट नगरपालिकामा मेयरमा महेन्द्र र उपमेयरमा बिमल विजयी घोषणा

    ५

    सानीभेरी गाउँपालिकामा अध्यक्षमा केदार र उपाध्यक्षमा रोका विजयी

    ६

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    ७

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    ८

    मुसिकोटनगरपालिका वडा नं.१ अध्यक्षमा चन्द संगै सदस्यमा हमाल विजयी

    ९

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    १०

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    समाचार
    थप

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो, केहीबेरमा थुनछेक आदेश आउने

    हाम्रो नजर
    थप

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    ‘जसले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पर्क :
    [email protected]
    [email protected]
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    हाम्रो टीम

    हरिविष्णु ओली
    दिलिपि खड्का
    डिल वहादुर शाही

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution