बारा। बारामा प्रहरी र तस्करबीच भएको झडपमा तीन प्रहरी सहित तीन जना घाइते भएका छन् । बुधबार राति जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर २ कवहीगोठ टोल भएर भारतबाट प्याज नेपाल भित्राउदै गर्दा प्रहरीले टोली पुगेको थियो ।
प्रहरी टोलीले तस्करलाई नियन्त्रणमा लिएरको विरोधमा भएको झडपपछि अवस्था गम्भिर बन्न पुगेको थियो । सोहि क्रममा स्थानीय र प्रहरीको बिचको झडपमा परी एक बालक गम्भीर घाईते भएका छन् । प्रहरीले चलाएको गोली लागेर कबहीगोठ चन्देश्वर यादवका १४ बर्षीय छोरा रन्जन यादव गम्भीर भएका हुन् । टाउकोम गोली लागेका रन्जनको वीरगन्जस्थित नारायाणी अस्पतालमा उपचार भईरहेको छ ।
झडपमा स्थानीयको ढुंगामुढा प्रहारबाट ३ जना प्रहरी घाईते भएको छन् ।
झडप नियन्त्रण गर्न प्रहरीले करिब १० राउन्ड हवाई फायर गरेको छ । झडपमा प्रहरी नायब निरीक्षकसहित एक जवान र एक जना तस्करपक्षका घाइते भएका छन् ।