• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ अषाढ १२, आईतबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

मेरो आत्म वृतान्त : विद्यालय शिक्षकदेखि वरिष्ठ अधिवक्ता एवं पहिलाे पीएचडीसम्म

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

होमपेज / देश/परदेश
  • ३८६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • श्रमिक सूचना बैंक खुल्दै : सीप सिकेर फर्किनेलाई अवसर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ कार्तिक ४, मंगलबार (१ साल अघि)

    काठमाडौँ । सरकारले श्रमिक सूचना बैंक स्थापना गर्न लागेको छ । श्रमिकको आधारभूत पहिचान हुने गरी विभिन्न निकायसँग रहेका विवरण समेटी जनशक्ति योजनाका लागि बैंकको स्थापना गर्न लागिएको हो । यसका लागि कार्यविधि बनिरहेको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रमयोग्य जनशक्ति (दक्ष, अर्धदक्ष र अदक्ष) को वैयक्तिक एकीकृत विवरणका लागि बैंक स्थापना गर्न लागेको बताए । उपलब्ध हुने रोजगारका अवसर र सीपमूलक तालिमबीच तादात्म्य हुन नसकेकाले बैंक आवश्यक परेको उनको भनाइ छ । ‘यहाँ रोजगारदाताले भनेजस्तो काम गर्ने मान्छे भेट्टाउँदैन । श्रमिकले खोजेजस्तो रोजगारदाता भेट्दैन,’ उनले भने, ‘यो खाडललाई पुर्ने काम श्रमिक सूचना बैंकले गर्नेछ ।’

    विदेशबाट सीप सिकेर फर्केका कामदारको विवरण श्रम बैंकमा राखेपछि रोजगारी सिर्जना गर्न सहज हुनेछ । चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमले सबै स्थानीय तहका रोजगार सेवा केन्द्र र रोजगार सूचना व्यवस्थापन प्रणालीलाई थप विकसित गरी श्रमिक सूचना बैंक स्थापना गर्ने घोषणा गरेको थियो । सरकारले यो बैंकबाट ५० हजार जनालाई रोजगार दिन एक अर्ब रुपैयाँसमेत छुट्याएको छ । औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको एकीकृत विवरण सरकारसँग छैन । श्रम सर्वेक्षण २०१७ अनुसार ७० लाख ८६ हजार जना रोजगारीमा संलग्न छन् । ९ लाख बेरोजगार छन् भने ५४ लाख ६४ हजार गरिबीको रेखामुनि छन् ।

    उनीहरूको पूर्ण विवरण कतै पनि छैन । ‘श्रम गर्न सक्ने १८–५९ वर्षका नेपालीको रोजगार, स्वरोजगार र बेरोजगारको विवरण राज्यसँग रहनुपर्ने हो । त्यो नहुँदा नीतिमै असर गरेको छ,’ मन्त्री यादवले भने, ‘कृषि, निर्माण वा सेवा क्षेत्रलगायत औपचारिक क्षेत्र तथा अनौपचारिक क्षेत्रमा रोजगारीमा रहेका श्रमिकलाई बिकाउने र टिकाउने काम श्रमिक सूचना बैंकले गर्नेछ ।’

    बैंकमार्फत रोजगारदाता, श्रमशक्ति र तालिम प्रदायक निकायलाई एकै ठाउँमा जोड्ने योजना रहेको श्रम मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डे बताउँछन् । ‘रोजगार सेवा केन्द्रले स्थानीय तहमा भएका बेरोजगारको सूची तयार गर्थ्यो । रोजगार दिने र लिने गरी दुई पक्षको मात्रै आबद्धता थियो,’ उनले भने, ‘यसमा तीन पक्षको अनिवार्य आबद्धता हुन्छ । तालिम प्रदायक संस्था पनि जोडिन्छ । कसलाई कस्तो श्रमिक चाहिन्छ, कसले आफ्नो सीपअनुसार रोजगारी पाउँछ, कसलाई के सीप दिने भन्ने यही बैंकमार्फत एकीकृत रूपमा विवरण दिइन्छ ।’

    श्रम मामिलाका विज्ञसमेत रहेकी सांसद विन्दा पाण्डेले सीपयुक्त श्रमशक्तिको सूचना स्थानीय तहले पाउने गरी संरचना बनाउनुपर्ने बताइन् । ‘सिंहदरबारमा राखेको श्रमशक्तिको सूचनाले स्थानीय तहमा काम गर्दैन,’ उनले भनिन्, ‘श्रमिकलाई सहुलियत ऋण दिने कुरा छ, यो प्राप्त कसरी गर्ने ? कहाँबाट पाउने ? स्थानीय तहबाट पनि पाउने गरी व्यवस्थापन गर्नुपर्छ ।’kantipuronline बाट

    • #श्रमिक सूचना बैंक खुल्दै
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    देश/परदेश सम्बन्धि थप

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो, केहीबेरमा थुनछेक आदेश आउने

    चैत १६ मा १८ लाख कित्ता भन्दा धेरै आईपीओ  निष्कासन हुदै

    बर्दियामा पाटे बाघ मृत फेला

    ताजा समाचार
    १

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    २

    भरतपुर महानगर मेयरमा रेनु दाहाल भारीमतले विजयी

    ३

    नेपालगन्ज नगर प्रमुखमा प्रशान्त विष्ट दोव्बर मतले विजयी

    ४

    बल प्रयोग र धाँधली गरियो माओवादीको असहमतिका विच रुकुम पश्चिम मुसिकोट नगरपालिकामा मेयरमा महेन्द्र र उपमेयरमा बिमल विजयी घोषणा

    ५

    सानीभेरी गाउँपालिकामा अध्यक्षमा केदार र उपाध्यक्षमा रोका विजयी

    ६

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    ७

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    ८

    मुसिकोटनगरपालिका वडा नं.१ अध्यक्षमा चन्द संगै सदस्यमा हमाल विजयी

    ९

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    १०

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    समाचार
    थप

    वडा नं.१८ का अध्यक्ष वर्माले पदभार ग्रहण गरे

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    मतदाताहरुसंग मत माग्दै राना मतदाताको घरदैलोमा

    पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो, केहीबेरमा थुनछेक आदेश आउने

    हाम्रो नजर
    थप

    स्थगित भएको ८५ स्थान मध्ये १४ को निर्वाचन मिति तोकियो

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ मा जबरअली बेहना विजयी

    हस्ताक्षरको मसी नसुकदै कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

    ‘जसले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पर्क :
    [email protected]
    [email protected]
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    हाम्रो टीम

    हरिविष्णु ओली
    दिलिपि खड्का
    डिल वहादुर शाही

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution