• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ फागुन २२, शनिबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

गोपिकृष्ण हल भत्काउन सुरु

होमपेज / जीवनशैली
  • ९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जीवनमा धनी बन्न चाहनुहुन्छ ? मुकेश अम्बानीका यी १० टिप्स तपाईंका लागि

  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ श्रावण २१, बुधबार (७ महिना अघि)

    धेरैले भन्छन् – पैसा अन्तिम सत्य हो । वर्तमान युगमा पैसाको महत्व हेर्ने हो भने यो कथन सत्य नै लाग्छ । धेरैभन्दा धेरै पैसा कमाउनु हामीमध्ये धेरैको लागि सर्वोच्च प्राथमिकतामध्येको एक हुनसक्छ । हामीमध्ये धेरैले अतिरिक्त पैसा कमाउने उद्देश्यले या त ओभर टाइम गरिरहेका छौं वा कुनै न कुनै नयाँ प्रयासमा लागीपरेका छौं । तर पनि सबैभन्दा ठूलो प्रश्न यो हो कि धेरै पैसा कमाउनका लागि के हाम्रो प्रयास र तौर तरिका पर्याप्त छ त ?

    यद्यपि, सबैको जीवनमा पैसाले समान महत्व राख्दैन तर पैसा कमाउने तरिका सबैको बेग्लाबेग्लै हुन्छ । कोही करोडौंसँग खेलिरहेका छन् भने कोही दुई–चार पैसाका लागि दिन–रात संघर्ष गर्छन् । उनीहरुबीच के कुरामा भिन्नता होला त रु कहिले यसबारे सोच्नुभएको छ रु

    राम्रै पैसा कमाउने र एक सफल करियर सुनिश्चित गर्न विभिन्न सरल र सिधा उपाय छन्, राम्रो शिक्षा प्राप्त गरेर त्यसको सदुपयोग गर्नु तीमध्ये एक हो । तर कुनै राम्रो संस्थाबाट राम्रो शिक्षा प्राप्त गरेपछि हामीले आवश्यकताभन्दा बढी पैसा कमाउन सकिने ग्यारेन्टि हुन्छ त रु पक्कै पनि हुँदैन । त्यसो भए पैसा कमाउने र धनी बन्ने सबैभन्दा सरल र सफल उपाय हामीलाई कसले बताउन सक्छ त रु निश्चित रुपमा त्यस्ता व्यक्तिले जसले विभिन्न प्रयासका कारण अनगिन्ती पैसा कमाएका छन् । यसमा मुकेश अम्बानीको सुझाव सबैभन्दा प्रभावकारी हुनसक्छ ।

    व्यापारको दुनियाँमा सफलताको दोस्रो नाम मुकेश अम्बानी हुन् । अम्बानीले आफ्नो क्षमता र दूरदर्शीताका कारण रिलायन्स इन्डिष्ट्रिलाई सफलताको यस्तो स्थानमा राखे जुन आफैंमा निकै सराहनीय छ । मुकेश अम्बानीले कस्ता सुझाव दिएका छन् त, त्यसबारे जानकारी लिऔंः

    १. पैसा सबै थोक हो तर महत्वपूर्ण छैनः

    मुकेश अम्बानीका पिता दिग्गज व्यापारी धिरुभाइ अम्बानी सधैं भन्थे, ‘जीवनमा पैसा सबैकुरा हो तर महत्वपूर्ण होइन’ । मुकेश अम्बानीले पिताको यो सिद्धान्तलाई पूर्ण रुपमा पालना गरेका छन् । उनका अनुसार जीवनमा पैसालाई गम्भीरता पूर्वक लिनु त पर्छ तर सधैं त्यसको पछाडि भने दौडनु भने हुँदैन ।

    २. सपना देख्नुहोस् र त्यसलाई साकार पार्न बलियो योजना बनाउनुहोस्ः

    मुकेश अम्बानीले पैसाको पछाडि भाग्नु गलत भएको त बताएका छन् तर केही राम्रो गर्नका लागि सपना देख्नु गलत भने होइन । र सपना पूरा गर्नका लागि उचित योजना बनाउन अत्यावश्यक छ ।

    ३. आफ्नो काम राम्रोसँग गर्नुहोस्, हिरो बन्ने कोसिस नगर्नुहोस्ः

    मुकेश अम्बानी भारतका सबैभन्दा ठूला व्यापारी हुन् तर उनी विरलै मिडियामा देखिन्छन् र उनको व्यक्तित्व निकै साधारण छ । उनी आफ्नो लक्ष्य हासिल गर्नका लागि निरन्तर राम्रो काम गर्न आवश्यक भएको मान्यता राख्छन् । काम राम्रोसँग गरे तपाईंकै कामले तपाईंलाई एक दिन हिरो बनाइदिने अम्बानी बताउँछन् ।

    ४. सधैं आफ्नो मनको आवाज सुन्नुहोस्ः

    अम्बानी आफ्नो नयाँ घरको निर्माण होस् वा आइपीएल टिम खरिद प्रकरण– यदाकदा विवादमा घेरिन्छन् । यद्यपि, उनी मनको कुरा सुनेर मात्रै निर्णय गर्नुपर्ने मान्यता राख्छन् चाहे त्यो विवादित नै किन नहोस् । उनका अनुसार हरेक व्यक्तिले दृढता पूर्वक आफ्नो मनमा उठिरहेको विचारमाथि अमल गर्नुपर्छ ।

    ५. आफ्ना वरिपरिका सबैलाई विश्वास गर्नुहोस् तर निर्भर भने नहुनुहोस्ः

    अम्बानीले आफ्नो करियरको सुरुवाती दिनमा थुप्रै कठिन स्थितीको सामना गरेका छन् । महत्वपूर्ण स्थितीसँग जुधन्का लागि व्यक्ति सधैं तयार रहनुपर्ने उनको मान्यता छ । उनका अनुसार आफ्नो वरिपरिका मानिसहरुलाई विश्वास गर्नुपर्ने तर उनीहरुमा पूर्ण रुपमा निर्भर हुँदा जीवनमा विषम परिस्थिती पैदा हुनसक्छ ।

    ६. जीवनमा जोखिम मोल्नु नै पाठ सिक्ने सबैभन्दा राम्रो तरिका होः

    उनका अनुसार जीवनमा लिइएका हरेक कदम सधैं सही हुँदैनन् तर जो व्यक्ति यसलाई राम्रो र बलियो उद्देश्यसहित लिन्छन्, उनीहरु सधैं केही नयाँ सिकिरहेका हुन्छन् । सफलता प्राप्त गर्नका लागि जीवनमा जोखिम त मोल्नैपर्छ ।

    ७. नथाकी, नरोकिई, पूरा ऊर्जाका साथ काम गर्नुपर्छः

    अम्बानीलाई विश्वास गर्ने हो भने हरेक व्यक्तिले आफ्नो काम मन लगाएर पूर्ण निष्ठा र ऊर्जासहित उडिग भएर गर्न आवश्यक छ । काम गर्ने ऊर्जालाई सधैं जीवित राख्नुपर्छ ।

    ८. आफ्नो वरिपरिका मानिसलाई प्रोत्साहित गर्नुहोस्ः

    आफ्नो वरिपरिका मानिसहरुलाई प्रोत्साहित गर्दा एक सकारात्मक माहौल पैदा हुन्छ । हरेक व्यक्ति सधैं आफ्नो वरिपरिका मानिसहरुको भलाईका लागि तत्पर रहनुपर्छ ।

    ९. आफ्नो वरिपरि भइरहेको घटनासँग सर्तक रहनुहोस्ः

    मुकेश अम्बानीको मान्यता अनुसार तपाईं जुन पनि क्षेत्रसँग सम्बन्धित हुनुहुन्छ त्यहाँ भइरहेको उतारचढावबाट पाठ सिक्नुहोस् । त्यसअनुरुप कुनै कदम उठाउनु हुन्छ भने मात्रै तपाईं जीवनमा शीर्ष स्थानमा पुग्न सफल हुनुहुनेछ ।

    १०. भविष्यबारे सधैं केही नयाँ सोच्नुहोस्ः

    र अन्त्यमा सफलता एक स्थायी गन्तव्य नभएको उनको मान्यता छ । जीवनमा निरन्तर सफल रहनका लागि हामीले वर्तमानको चिन्ता गर्नुका साथै भविष्यको पनि चिन्ता गर्न आवश्यक छ । यसो गरेमात्रै हामीले सफलताको कदम चुम्नेछौं । – केनफोलियोज

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    जीवनशैली सम्बन्धि थप

    महिलाहरुको तुलनामा पुरुष किन कम बाँच्छन् ?

    खाने पानीमा पाइयाे मानिसको मस्तिष्क खाने जीवाणु

    प्रोटिनको कमीका कारण शरीरमा के के हानी हुनसक्छ ?

    राष्ट्रकविको अन्तिम गीतः “त्यसरी होओस् मरण” आफ्नो निधनपछि मात्रै सार्वजनिक गर्न भनेका थिए (गीत सहित)

    यी ६ तरकारी काँचो खाँदा हुनसक्छ नोक्सान

    सामान्य रुघाखोकी र कोभिडको लक्षण छुट्याउन सकिन्छ ?

    ताजा समाचार
    १

    कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु

    २

    चीनमा २५० नयाँ अर्बपति थपिए

    ३

    ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया शुरु

    ४

    कर्णालीका ९ जिल्लामा कोरोना संक्रमित संख्या शून्य

    ५

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    ६

    प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

    ७

    राष्ट्रपतिबाट ४०१ कैदीबन्दीको कैद सजाय मिनाहा

    ८

    भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार गरेको स्वीकारे

    ९

    सपना रोकामगरलाई अभद्र व्यवहार गरेको आरोपमा विनयजङ्ग बस्नेत पक्राउ

    १०

    भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार,भोलि सार्वजनिक गर्ने तयारी

    समाचार
    थप

    कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु

    ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया शुरु

    कर्णालीका ९ जिल्लामा कोरोना संक्रमित संख्या शून्य

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    हाम्रो नजर
    थप

    भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार गरेको स्वीकारे

    भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार,भोलि सार्वजनिक गर्ने तयारी

    लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

    मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पादक
    सम्पर्क –hamronajar.news@gmail.com
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution