रुकुम पश्चिम । अविरल वर्षाको कारण पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका ९ स्यालामा हस्तवहादुर सुनारको घर पहिरोले बगाए हो । पहिरोमा परि २२ वर्षीय नविन सुनार र १६ वर्षका बलवहादुर सुनारको पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमका डीएसपी ठगवहादुर केसीले जानकारी दिए ।
स्थानिय र प्रहरी निरीक्षक हरी वलिको कमान्डमा खोजतलास गर्दा हस्तवहादुरकी ६० वर्षकी आमा झुपी र २२ वर्षीय श्रीमती ब्यूझनालाई सकुशल उद्धार गरिएको छ । यस्तै ५ वर्षकी छोरी केपिला र ३ वार्षकी रितुलाई पनि सकुशल उद्धार गरिएको डीएसपी केसी हाम्रोनजर डट कम लाई जानकारी दिए ।
उनिहरुको स्थानिय मेडिकलमा उपाचार भईरहेको छ । मंगलवार विहान करिव ४ बजेतिर घर देखि माथिबाट आएको पहिरोले घर पुरेको प्रहरीले जानकारी दिएको छ । अहिले प्रहरी निरीक्षक हरी वलिको नेतृत्वमा थप मद्वत टोलि परिचालन भई रहेको तथा थप बिबरण संकलन भैरहेको रुकुम पश्चिम प्रहरीले जानकारी दिएको छ ।