काठमाडौ, ३१ असार । नेपालमा आज ११६ जना कोरोना संक्रमित थपिएका छन् । आज संक्रमितको सख्या १७ हजार १ सय ७७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ११६ जना संक्रमित थपिएको छ ।
स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत् संक्रमित संख्याबारे जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार कुल संक्रमित १७ हजार १ सय ७७ जना मध्ये ११ हजार २५ जना निको भई डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ३९ जनाको मृत्यु भइसकेको तथ्यांक छ । अहिलेसम्म ७७ जिल्लामा संक्रमित भेटिएका छन् ।