• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ माघ १३, मंगलबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

गोपिकृष्ण हल भत्काउन सुरु

होमपेज / कृषि तथा पशुपालन
  • २८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • चार युवाले शुरु गरे ड्रागन फ्रुटको व्यावसायिक खेती

  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ अषाढ २९, सोमबार (६ महिना अघि)

    २९ असार, खोटाङ । साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले सामूहिकरूपमा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गरेका छन् । स्थानीय पर्वत राई, सन्तराज राई, निशन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फार्म आधिकारिक रूपमा दर्ता गरेर व्यावसायिक ड्रागन फ्रुटको खेती शुरु गरेका हुन् ।

    पहिलो चरणमा झापाबाट तीन हजार बिरुवा ल्याएर आठ रोपनी जग्गामा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गरिएको सञ्चालक पर्वतले बताए । “ड्रागन फ्रुटको फार्मसँगै नर्सरीसमेत उत्पादन शुरु गरिएको छ”, उनले भने, “फार्ममा उत्पादित ड्रागन फ्रुटको नर्सरी सहुलियत मूल्यमा बिक्री गरिनेछ ।”

    झापाबाट खरिद गरेर ल्याइएका बिरुवामध्ये आधा सङ्ख्याको बिरुवा रोपेर अन्य बिरुवा नर्सरीमा राखिएको जनाइएको छ । फार्म सञ्चालकले ड्रागन फ्रुटको बिरुवालाई उभ्याउन रड, सिमेन्ट र बालुवाको पिलर ठड्याएका छन् ।

    पिलर नजिकै रोपिएको ड्रागन फ्रुटको बिरुवा बढेर पिलर जतिकै अग्लो भएपछि पिलरमाथि बङ्ग्याइएको रडमा मोटरसाइकलको टायर राखेर ड्रागनको बोट झुण्डिने ठाउँ बनाइने छ । ड्रागन फ्रुटको सम्भावनालाई अध्ययन गरेर १० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिक खेती शुरु गरिएको अर्का सञ्चालक सन्तराजले बताए ।

    गाउँपालिकाले आर्थिक वर्ष २०७६र०७७ मा उपलब्ध गराएको आठ लाख रुपैयाँ अनुदान र चारजनाले प्रति व्यक्ति शेयर एकरएक लाख रुपैयाँ गरी १२ लाख रुपैयाँमा ड्रागन फ्रुटको खेती शुरु गरिएको जनाइएको छ । ड्रागन फ्रुटको खेतीलाई मध्यनजर गर्दै जिल्लाकै हलेसी तुवाचुङ नगरपालिकाले किसानलाई तालिम दिएको केही समयपछि रतन्छाका चार युवाले ड्रागन फ्रुटको खेतीमा लगानी गरेका हुन् ।

    आगामी वर्ष थप १५ रोपनी जग्गामा ड्रागन फ्रुटको खेती विस्तार गर्ने तयारी गरिएको उनीहरुको भनाइ छ । चार युवाले यूट्युव हेरेर समुद्री सतहबाट करिब एक हजार १०० मिटर उचाइमा रहेको जग्गामा ड्रागन फ्रुटको खेती लगाएका हुन् ।

    पालिकास्तरीय नमूना कृषि फार्म स्थापना तथा सिँचाइ केन्द्र शीर्षकमा विनियोजन गरिएको रकमबाट रतन्छामा ड्रागन फ्रुटको खेती शुरु गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताए । चार युवाले शुरु गरेको सामूहिक ड्रागन फ्रुटको खेती शुरुआती चरणमै राम्रो देखिएको कृषि शाखा प्रमुख राईको भनाइ छ ।

    हरेक वडामा कृषक समूह गठन गरेर ‘एक वडा, एक कृषि व्यवसाय’को स्रोत केन्द्र बनाउने गरी गाउँपालिकामा अभियान नै थालिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए । “वडास्तरमा २९ वटा कृषक समूह गठन गरिएको छ”, उनले भने, “हरेक कृषक समूहलाई आवश्यक सीप तथा तालीमका साथै बीउरबीजन, उन्नत जातको पशु तथा पंछी, औजार, विषादी र आर्थिक तथा प्राविधिक सहयोग गाउँपालिकाले उपलब्ध गराएको छ ।”

    गाउँपालिकाले गत वर्ष रु ५३ लाख र स्वीस सरकारअन्तर्गत हेल्भेटासले ४५ लाख २८ हजार रुपैयाँ गरी जम्मा ९८ लाख २८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । सबै वडालाई एकरएक वटा कृषि व्यवसायको स्रोत केन्द्र बनाउने उद्देश्यसहित हरेक वर्ष क्रमशः कृषिमा बजेट बढाउँदै लगिने गाउँपालिका प्रमुख खड्काले बताएका छन् ।

    परम्परागत कृषि पेशा अपनाउँदै आएका कृषक गाउँपालिकाले कृषि क्षेत्रमा लगानी बढाएपछि कृषि पेशाप्रति आकर्षित बनेका छन् । गाउँपालिको समग्र कृषि क्षेत्रको विकासका लागि गाउँपालिका प्रमुख र वडाका लागि वडाध्यक्षको संयोजकत्वमा कृषि विकास समिति गठन गरिएको छ ।रासस

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    कृषि तथा पशुपालन सम्बन्धि थप

    फेरि भेटियो हात्तीपाइलेको जीवाणु

    २५ किलो गाँजासहित तीनजना पक्राउ

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा

    काठमाडौँ महानगरका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

    नेकपा विभाजनलाई आयोगले मान्यता दिएन पार्टी यथावत रहने निर्णय

    ‘जनयुद्धको नाम सुन्‍नै नचाहने ओलीले अहिले कालीबहादुर खाम खोई अरे’

    ताजा समाचार
    १

    फेरि भेटियो हात्तीपाइलेको जीवाणु

    २

    २५ किलो गाँजासहित तीनजना पक्राउ

    ३

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा

    ४

    काठमाडौँ महानगरका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

    ५

    नेकपा विभाजनलाई आयोगले मान्यता दिएन पार्टी यथावत रहने निर्णय

    ६

    एनआरएनए विशेष महाधिवेशन हुँदै

    ७

    ‘जनयुद्धको नाम सुन्‍नै नचाहने ओलीले अहिले कालीबहादुर खाम खोई अरे’

    ८

    ‘बयलगाडा चढेर अमेरिका पुगिन्‍न’ भनी दिएको अभिव्यक्तिको गलत व्याख्या : ओली

    ९

    भारोत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन

    १०

    रुकुम पश्चिमको प्रहरी कार्यालयमै नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउण्ड हवाई फायर

    समाचार
    थप

    २५ किलो गाँजासहित तीनजना पक्राउ

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा

    काठमाडौँ महानगरका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

    एनआरएनए विशेष महाधिवेशन हुँदै

    हाम्रो नजर
    थप

    लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

    मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

    तिहारमा देउसी भैलो खेल्न नपाइने

    साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पादक
    सम्पर्क –hamronajar.news@gmail.com
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution