• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ माघ १०, शनिबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

गोपिकृष्ण हल भत्काउन सुरु

होमपेज / अपराध
  • ८४८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • ‘प्रेमिकाको नग्न तस्बिर पठाएर २ दर्जन पुरुषसँग पैसा उठाएँ’

  • हाम्रो नजर
  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ जेष्ठ ३०, शुक्रबार (७ महिना अघि)

    काठमाडौँ बसेर अध्ययन गर्दै आएकी इलामकी २१ वर्षीया रोजिना (नाम परिवर्तन) यतिबेला गाउँमै छिन् । लकडाउनको कारण रोजिनाको आफ्नो प्रेमीसँग भेट हुन सम्भव छैन । रोजिनाको प्रेमी चाहिँ काठमाडौँमै बस्छन् । काठमाडौँमा रहँदा उनी र उनका प्रेमी प्रायः डेटिङ जान्थे । एकान्तमा बसेर भावना साटासाट गर्दा उनलाई पनि रमाइलै लाग्थ्यो । एक दिन उनका प्रेमीले काठमाडौँस्थित गौशालामा रहेको आफ्नो कोठामा जान प्रस्ताव गरे । उनले सहजै स्वीकार गरिन् । सुनसान कोठामा फकाईफुलाई प्रेमीले रोजिनासँग शारीरिक सम्बन्ध राखे । त्यतिमात्र नभइ रोजिनाको नाङ्गो तस्बिरहरु पनि खिच्न भ्याए । रोजिनाको उक्त नग्न फोटो विदेशमा रहेका नेपालीहरु समक्ष पुगेको पाइएको छ ।

    ‘नग्न फोटो’ प्रेमीले नै पठाएका थिए

    लकडाउनको कारण प्रेमिका गाउँमा रहेको मौकामा ‘रोजिना’ नामको फेसबुक आईडी खोले । त्यही फेसबुकमार्फत् उनी अर्थात रोजिनाको कथित प्रेमीले स्वदेश तथा विदेशमा रहेका नेपाली केटाहरुसँग म्यासेन्जरमा च्याट गर्थे ।

    रोजिना नामको फेसबुकबाट विदेशमा रहेका जो कोही केटाहरुसँग भावुक कुराहरु हुन्थ्यो । तर, के थाहा विदेशमा रहेका केटाहरुलाई त्यो ‘रोजिना’ नामको फेसबुक आईडी नक्कली हो भनेर ।

    आफ्नो प्रेमिकालाई कोठामा लिएर गएको बेला खिचेको त्यही ‘नग्न फोटो’ विदेशमा रहेका नेपालीलाई उनले पठाउथे उता विदेशमा केटाहरु पनि केटी नै हो भन्ठानेर मख्ख पर्दै गफिन्थे ।

    नाङ्गो फोटो पठाउनुको पनि कारण थियो, ‘विदेशमा रहेका नेपालीसँग पैसा असुल्नु ।’ विदेशमा रहेका धेरैले रोजिनाको ‘नग्न फोटो’ हेरेबापत पैसा पनि पठाइदिन्थे । पोज–पोजको फोटो पठाउन समेत भन्थे । उनले पनि प्रेमिका (रोजिना) को नाङ्गो फोटोहरु पठाइदिन्थे । पैसा असुलिरहन्थे ।

    यता, आफ्नो ‘न्युड फोटो’ विदशेमा रहेको पुरुषहरुसमक्ष पुगेको छ भन्ने कुरा गाउँमा रहेकी रोजिनालाई के थाहा ? तर पनि प्रहरीकोमा पुगेपछि मात्रै रोजिनाले घटनाबारे जानकारी पाइन् ।

    साइबर क्राइमको धम्कीपछि खुल्यो पोल

    एकदिन मलेसियामा रहेका एक युवकलाई सोही आईडी (रोजिना)बाट रिक्वेष्ट जान्छ । प्रोफाइल चेक गर्दा केटीकै लागेर एसेप्ट हुन्छ । तत्कालै ‘हेल्लो’ भन्दै रोजिनाले म्यासेज गर्छिन् । केटीको म्यासेज देख्नासाथ ‘हाई’ भन्दै उताबाट रिप्लाई आउँछ ।

    उनीहरु कुराकानीकै क्रममा नजिक हुन्छन् । उनीहरुबीच प्रेमी–प्रेमिकाले गर्ने जस्तै कुराकानीहरु पनि हुन थाल्छ । रोजिनाले भावुक खालको कुरा गर्थिन् । एकदिन ती युवकले ‘फोटो’ पठाउन भन्छन् ।

    तर, रोजिनाले तत्कालै ‘नग्न फोटो’ पठाइदिन्छिन् । त्यतिबेला ती युवकले ‘न्युड फोटो’ नभई सामान्य फोटो पठाउन भनेका थिए । तर, रोजिनाले ‘नग्न फोटो’ पठाएपछि ती युवकले अरु पनि पठाउन आग्रह गर्छन् । रोजिनाले थप चार–पाँच वटा ‘न्युड फोटो’हरु पठाउँछिन् । ती न्युड फोटो फेसबुकको प्रोफाइलमा राखिएको केटीको नै थियो । युवक झनै विश्वस्त हुन्छन्, यो केटी नै हो ।

    उनीहरुको दिनहुँ च्याटमा कुराकानी हुन्थ्यो । तर, भिडियो कल र अडियो भने कहिले पनि हुँदैनथ्यो । युवकले भिडियो कल गर्न आग्रह गरेपनि रोजिनाले परिवार सँगै छु बोल्न नमिल्ने भन्दै टार्दै आउँथिन् ।

    ‘नग्न फोटो’ पठाएकी रोजिनाले केही दिनपछि ती युवकसँग पैसा सापट माग्छिन् । ती युवकले अहिले आफ्नो तलब नआएको र पछि पठाइदिन्छु भन्दै आश्वस्त पार्न खोज्छन् । लास्टै गाह्रो भएको भन्दै रोजिनाले फेरि दुःख पोख्छिन् ।

    अहिले कतैबाट म्यानेज गर भन्दै रोजिनालाई सम्झाउन खोज्छन् ती युवक । पैसा नआउने भएपछि रोजिनाले ‘साइबर क्राइम’ को मुद्दा हाल्दिम भन्दै युवकलाई डर देखाउँछिन् । ७० हजार नेपाली रुपैयाँ माग्छिन् ।

    अनि ती युवकलाई शंका लाग्छ । त्यो रोजिना नामको फेसबुक आईडी नक्कली हुनसक्छ । तत्कालै ती युवकले घटनाबारे नेपालमा रहेका आफ्नो दाईलाई जानकारी गराउँछन् ।

    यसरी पक्राउ परे अभियुक्त एकराम राई

    गत हप्ता महानगरीय अपराध महाशाखा टेकुमा ती युवकको दाई घटनाको विवरण लिएर पुग्छन् । तत्कालै रोजिना नामको फेसबुक आईडीबारे प्रहरीले अनुसन्धान थाल्छ ।

    ‘रोजिना’ नामको फेसबुक कहाँबाट चलेको छ भन्ने महाशाखाको टोलीले पत्ता लगाउँछ । र, ती युवकलाई प्रहरीले ७० हजार नेपाली रुपैयाँ आईएमईमार्फत रोजिनालाई पठाइदिन भन्छ ।

    रोजिनाले भने आफ्नो नाममा नभएर अर्का कै नाममा पैसा पठाउन भन्छ । मलेसियाबाट ती युवकले रोजिनाले भनेको व्यक्तिको नाममा नै पैसा पठाइदिन्छन् ।

    पैसा झिक्न गएको मौकामा ती व्यक्ति अपराध महाशाखाको फन्दामा पर्छन् । ती व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा रोजिना नामको केटी ती युवकको प्रेमिका रहेको खुल्छ ।

    प्रेमिकाको नाममा नक्कली आईडी खोलेर विदेशमा रहेका २ दर्जन पुरुषहरुलाई ‘नग्न फोटो’ पठाएर पैसा मागेको अभियुक्तले स्वीकार गर्छन् । र, ती अभियुक्त अर्थात् कथित प्रेमीचाहिँ खोटाङ घर भएका एकराम राई हुन्, जो यतिबेला प्रहरीको नियन्त्रणमा छन् ।

    ‘फेसबुक च्याटमा कुराकानी हुँदा फोटो पठाऊ भन्थे,’ एकरामले भनेका छन्, ‘मैले पनि केही पनि नसोची फोटो पठाइरहेँ । पैसा कमाउनको लागि गलत बाटो रोजेँ कि भन्ने पनि सोच्ने गर्थेँ, तै पनि सही बाटो रोज्न सकिनँ ।’

    एकरामका अनुसार हालसम्म विदेशमा रहेका २ दर्जनभन्दा बढी पुरुषहरुलाई प्रेमिकाको ‘नग्न फोटो’ पठाएर पैसा मागेका छन् । कति पुरुषले पैसा पनि पठाएका छन् भने कतिले पछि पठाउँछु भनेका थिए ।

    घटनाबारे रोजिना अनभिज्ञ थिइन्

    विदेशमा रहेका पुरुषलाई आफ्नै नग्न तस्वीर पठाएको कुरा रोजिनालाई थाहा नभएको एकरामले बताएका छन् । महाशाखाका एसएसपी दीपक थापाका अनुसार कथित प्रेमी राईले प्रेमिकाको नग्न तस्वीर पठाएर असुली धन्दा नै चलाएका थिए ।

    प्रेमिका गाउँमा रहेको मौकामा पैसा कमाउने उद्देश्यले यस्तो काम गरेको राईले प्रहरी समक्ष बयान दिएको भन्दै त्यसबारे एकरामकी प्रेमिका रोजिनालाई खबर गरिसकेको एसएसपी थापाले बताए ।

    रोजिनाले आफ्नो नाङ्गो फोटो सामाजिक सञ्जालमा भाइरल बनाइदिने प्रेमी एकरामविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गर्ने तयारी गरेकी छन् । ‘विश्वास गरेको मान्छेले त यतिसम्म गर्छ भने अरुको के विश्वास ?,’ रोजिना भन्छिन्, ‘घरपरिवारलाई घटनाबारे खबर गरेर प्रहरीमा जाहेरी दिँदैछु ।’ गौशालास्थित कोठाबाटै पक्राउ परेका एकराममाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    ‘नग्न फोटो’ पठाउने र पैसा असुल्नेको गिरोह नै सक्रिय

    काठमाडौँमै बस्दै आएका एक प्रेमी–प्रेमिका मिलेर पनि ‘नग्न फोटो’ पठाउँदै पैसा असुल्ने कार्यमा संलग्न रहेको पाइएको एसएसपी थापाले बताए । उनले भने, ‘उनीहरुले नेपालमै रहेका पुरुषहरुलाई ‘नग्न फोटो’ पठाउने र पैसा असुल्ने गरेका छन् ।’

    केटाकेटी मिलेर विदेशमा रहेका पुरुषहरुलाई भन्दा पनि नेपालमै रहेका पुरुषहरुलाई ‘नग्न फोटो’ पठाउँदै पैसा बार्गेनिङ गर्नेको गिरोह काठमाडौँमा सक्रिय रहेका पाइएको र त्यसबारे अनुसन्धान भइरहेको एसएसपी थापाले बताए ।

    ‘फेसबुकको वालमा प्रेमिकाको फोटो राखेर प्रेमी–प्रेमिका नै मिलेर पैसा असुली धन्दा गरिरहेको पनि पाइएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै नयाँ–नयाँ समस्याहरु सिर्जना हुँदै गएको प्रहरीको अनुसन्धान र प्राप्त भएको उजुरीले देखाउँछ,’ एसएसपी थापाले भने, ‘कथाजस्ता लाग्ने घटना फेसबुक र सामाजिक सञ्जालबाटै हुने गरेको छ ।’

    महाशाखाका एसपी होबिन्द्र बोगटी यसको सिकारमा स्कुले उमेरका केटाकेटीदेखि कलेज पढ्ने युवायुवतीसम्म परेको बताउँछन् । लकडाउनको अवधिमा यस्तो घटनाहरु बढ्दो रहको एसपी बोगटी बताउँछन् । ‘घरमै दिनभरी बस्ने र काम नभएको बेला मान्छेलाई के गरौं के गरौं हुन्छ,’ एसपी बोगटीले भने, ‘अन्ततः मान्छे डिप्रेसनमा जाने र दिमागले पुरै नकारात्मक सोच्छ र यस्ता अपराधहरु हुन्छन् ।’(ratopati.com)  बाट

    • #‘प्रेमिकाको नग्न तस्बिर पठाएर २ दर्जन पुरुषसँग पैसा उठाएँ’
    • #युवतीको नग्न तस्बिर पठाएर ठगी गर्ने गिरोह सक्रिय : प्रहरी
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    One Comment to ‘प्रेमिकाको नग्न तस्बिर पठाएर २ दर्जन पुरुषसँग पैसा उठाएँ’

    1. एकतर्फी भाडा ९३ हजारसम्म, साउदीमा अलपत्र नेपाली निराश । विभिन्न भातृसंगठन सघं संस्थाद्धारा टिक says:
      June 12, 2020 at 2:40 pm

      […] केही दिनयता साउदीमा कोरोना भाइरसको संक्रमण तीव्ररूपमा बढेको छ दैनिक ३ हजार भन्दा बढि संक्रमित भएका फेला परिरहेका छन् । जसबाट साउदीमा कार्यरत लगभग १५०० भन्दा बढी नेपाली संक्रमित हुनुको साथै १० भन्दा बढीको मृत्यु भएको छ । ६० भन्दा बढि नेपाली मृतकका शवहरू साउदीमा छन् । हालसम्म साउदीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११,६०२१ रहेको छ ।(annapurnapost.com) […]

      Reply

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अपराध सम्बन्धि थप

    मोटरसाइकल चोरी गर्ने ६ जना पक्राउ

    तस्कर र प्रहरीबिच झडप १० राउन्ड हवाई फायर, गोली लागेर एक बालक गम्भीर घाईते

    वडाध्यक्ष सहित ११ जुवाडे पक्राउ

    रेडपाण्डाको छालासहित दैलेखका चार पक्राउ

    पेस्तोल र वन्यजन्तु सामग्रीसहित एक पक्राउ

    केराउ तस्करी रोकेपछि प्रहरी असई गोविन्द र जवान साउँदको हत्या, हत्यामा संलग्न सात जना प्रहरीद्धारा सार्वजनिक

    ताजा समाचार
    १

    ‘जनयुद्धको नाम सुन्‍नै नचाहने ओलीले अहिले कालीबहादुर खाम खोई अरे’

    २

    ‘बयलगाडा चढेर अमेरिका पुगिन्‍न’ भनी दिएको अभिव्यक्तिको गलत व्याख्या : ओली

    ३

    भारोत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन

    ४

    रुकुम पश्चिमको प्रहरी कार्यालयमै नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउण्ड हवाई फायर

    ५

    रोल्पामा एक महिलामाथि गोली प्रहार

    ६

    झापाबाट ब्राउन सुगरसहित चार जना पक्राउ

    ७

    सरकारले प्रदान गर्ने सबै किसिमका सेवाहरुलाई डिजिटलाइज गरी ‘नागरिक एप’ सञ्चालनमा

    ८

    कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप नेपालमा पनि प्रयोग गर्न अनुमति

    ९

    रुकुम पूर्वका जिल्ला समन्वय समिति प्रमुख ओलीसहित पाँचजना जुवाखालबाट पक्राउ

    १०

    प्रतिनिधिसभा विघटनः संवैधानिक इजलासमा बहस जारी

    समाचार
    थप

    ‘जनयुद्धको नाम सुन्‍नै नचाहने ओलीले अहिले कालीबहादुर खाम खोई अरे’

    ‘बयलगाडा चढेर अमेरिका पुगिन्‍न’ भनी दिएको अभिव्यक्तिको गलत व्याख्या : ओली

    भारोत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन

    रुकुम पश्चिमको प्रहरी कार्यालयमै नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउण्ड हवाई फायर

    हाम्रो नजर
    थप

    लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

    मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

    तिहारमा देउसी भैलो खेल्न नपाइने

    साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पादक
    सम्पर्क –hamronajar.news@gmail.com
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution