• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ माघ १०, शनिबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

गोपिकृष्ण हल भत्काउन सुरु

होमपेज / कर्णाली
  • २०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • रुकुम घटनाका घाइते भन्छन्– ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ जेष्ठ १३, मंगलबार (८ महिना अघि)

    जाजरकोट — भेरी नगरपालिका–४ रानागाउँका नवराज विकले चार–पाँच दिनअघि नै आफ्ना मन मिल्ने साथीहरुलाई भनेका थिए, ‘१० गते केटी भगाउने हो, साथ दिनुपर्छ है !’

    नवराजकै अगुवाइमा १८ जना युवाको टोली शनिबार दिउँसो १२ बजे रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ सोतीतर्फ हिँड्यो, जहाँ नवराजकी प्रेमिका थिइन् ।

    टोलीका एक सदस्य सुदीप खड्काका अनुसार पैदल हिँडेको समूह साँझ करिब ५ बजे सोती पुगेको थियो । ‘दुई घण्टामै पुगिने बाटो भए पनि केटीले ५ बजे आउनु भनेकी हुनाले २–३ घण्टा बाटोमै अल्मलियौं,’ उनले भने, ‘नवराजले बाटोबाटै केटीसँग ‘टाइम–टाइम’ मा फोन सम्पर्क पनि गरिरहेका थिए ।’

    नवराजको टोली साँझ करिब ५ बजेतिर केटीको घरभन्दा करिब ३० मिटर टाढाको दुरीमा पुग्यो । खड्काका अनुसार उनको परिवारका सदस्यले युवाहरु गाउँमा आएको थाहा पाइसकेका रहेछन् । केटीकी आमा प्रकाशी मल्लले ‘यो डुम किन आयो, अस्तिको चोटले पुगेनछ’ भन्दै गालीगलौज गर्न थालिन् । ‘ठूल्ठूलो स्वरमा गाली गर्न थालेपछि हामीहरु केही नबोली तलतिर फर्कियौं,’ खड्काले भने, ‘नवराजलाई पनि अब केटी लिन सकिँदैन, घर फर्किऔं भनेर मनायौं ।’ टोलीले करिब १० मिनेट टाढाको नाउला भन्ने ठाउँमा पुगेर एउटा घरमा पानी मागेर पिउन थाल्यो ।

    खड्काका अनुसार त्यहाँ रहेका अपरिचित व्यक्तिले ‘बाबुहरु बस्नुस्, काफल खानुहोस्’ भनेर अलमल्याए । यो व्यबहार षड्यन्त्र हुनसक्ने आकलनसहित टोली हतारहतार मध्यपहाडी लोकमार्गतिर लाग्यो । तर, पाँच मिनेटमै एक्कासी ५०/६० जनाको समूह आएर ढुंगामुढा गर्न थाल्यो । ‘हामीहरु जीउ जोगाउन भाग्दाभाग्दै गाउँलेले चारैतिरबाट घेरा हालेर ढुंगा, हँसिया र चिरपटले हान्न थाले,’ उनले कहालीलाग्लो क्षण सम्झिँदै भने, ‘हामीहरु ज्यान जोगाउन भागाभाग गर्न थाल्यौं ।’

    युवाको समूहले नवराजलाई नचिनिने गरी लगेको थियो । तर, आक्रमणको तारो उनै बने । सोती गाउँदेखि आधा घण्टा टाढाको भेरी नदीसम्म लखेटेर नवराजको हत्या गरिएको अर्का युवा इन्द्रजंग शाहले बताए । उनका अनुसार गाउँलेले युवाको समूहलाई भेरी किनारतर्फ बाहेक अन्यत्र जान नपाउने गरी घेरा हालेका थिए । ‘हामीलाई बचाउनुस्, माफ पाऊँ भनेर हात जोड्दासमेत छोडेनन्,’ उनले भने, ‘भूईँमा लडाएर अन्धाधुन्द कुट्न थाले ।’ त्यसपछि को साथी नदीमा हाम फाले र को साथी पुल तरे भन्ने याद पनि नभएको उनले बताए ।

    ज्यान जोगाउन भेरीमा हाम फालेकालाई पनि नदीमै पुगेर ढुंगा, हँसिया र चिरपटले प्रहार गरेका उनको भनाइ छ । अर्का युवा सरोज भँडेलले पनि कुटपिटबाट बच्न भेरीमा हाम फालेको बताए । नदी पार गरेपछि युवाहरुले थप कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेर लिएको उनले बताए ।

    घटना भइरहँदा करिब ६ बजेतिर प्रहरीको टोली पनि पुगेको थियो । तर, ‘बचाऊ बचाऊ’ भन्दै गुहार्दा पनि वास्ता नगरेका पीडित युवाले बताए । प्रहरीले सिटी बजाउँदै मान्छेलाई धपाएजस्तो गरेको खड्काले बताए । उनले यस्तो अवस्थामा ‘मरे पनि मरिन्छ’ भन्दै नदीमा हाम फालेको बताए । उनी पौडी खेलेर वारि (जाजरकोट) पट्टि पुगे पनि आक्रमणबाट बचेनन् । ‘गाउँका केटाहरुले यतै आएर कुटपिट गरे,’ उनले भने, ‘त्यसपछि प्रहरी आएर मलाई लगेर गयो ।’ चौरजहारी अस्पतालमा दुई दिन उपचार गरेपछि सोमबार घर फर्किएको उनले बताए ।

    यतिविघ्न भइसक्दा साँझको करिब ६ बजेको थियो । ज्यान जोगाएका १२ जना युवालाई गाउँलेको सहयोगमा प्रहरीले नियन्त्रणमा लियो । टोलीमा सहभागी युवा शाह अन्य ६ जनालाई गाउँलेले कुटपिट गर्दै गम्भीर घाइते बनाएर भेरीमा धकेलेको बताउँछन् । ‘बेहोस हुने गरी कुटिएपछि साथीहरुले नदीमा पौडी खेल्न सक्ने कुरा पनि भएन,’ उनले भने, ‘त्यसपछि उनीहरुको हालत के भयो भन्ने त सबैले अनुमान लगाउन सक्छ ।’

    भेरीमा बेपत्ता भएका ६ जनामध्ये ३ जनाको शव नदी किनारमा भेटिएको छ । भेरी नगरपालिका–४ का नवराजसहित सोही ठाउँका गणेश बुढा र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शब फेला परेको प्रहरीले जनाएको छ । अन्य तीनजनाको खोजी कार्य जारी रहेको जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए । उनका अनुसार बेपत्ता हुनेमा भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नं. ४ का सन्दीप विक रहेका छन् ।

    १२ जनाविरुद्ध किटानी जाहेरी

    घटनामा संलग्न भएको भन्दै जाजरकोट जिल्ला प्रहरी कार्यालयमा १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । १७ वर्षीया केटी, उनका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल र सोही गाउँका डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १२ जनाविरुद्ध किटानी जहोरी दर्ता भएको जाजरकोटका डीएसपी किशोरकुमार श्रेष्ठले बताए । घटनामा संग्लग्न सबैलाई पश्चिम रुकुम प्रहरीले नियन्त्रणमा लिइसकेको उनको भनाइ छ ।

    ‘पीडित परिवारका सदस्यले घटनाको अनुसन्धान जाजरकोट प्रहरीले गर्नुपर्ने र यहिँको अदालतमा मुद्दा दायर गर्नुपर्ने माग गरेर शबको पोष्टमार्टम गर्न मानेका छैनन्,’ उनले भने, ‘तर घटना रुकुम पश्चिममा भएकोले के गर्ने भन्नेबारे हामीले छलफल गरिरहेका छौं ।’(कान्तिपुरबाट भीमबहादुर सिंह)

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    कर्णाली सम्बन्धि थप

    ‘जनयुद्धको नाम सुन्‍नै नचाहने ओलीले अहिले कालीबहादुर खाम खोई अरे’

    ‘बयलगाडा चढेर अमेरिका पुगिन्‍न’ भनी दिएको अभिव्यक्तिको गलत व्याख्या : ओली

    रुकुम पश्चिमको प्रहरी कार्यालयमै नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउण्ड हवाई फायर

    रोल्पामा एक महिलामाथि गोली प्रहार

    झापाबाट ब्राउन सुगरसहित चार जना पक्राउ

    कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप नेपालमा पनि प्रयोग गर्न अनुमति

    ताजा समाचार
    १

    ‘जनयुद्धको नाम सुन्‍नै नचाहने ओलीले अहिले कालीबहादुर खाम खोई अरे’

    २

    ‘बयलगाडा चढेर अमेरिका पुगिन्‍न’ भनी दिएको अभिव्यक्तिको गलत व्याख्या : ओली

    ३

    भारोत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन

    ४

    रुकुम पश्चिमको प्रहरी कार्यालयमै नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउण्ड हवाई फायर

    ५

    रोल्पामा एक महिलामाथि गोली प्रहार

    ६

    झापाबाट ब्राउन सुगरसहित चार जना पक्राउ

    ७

    सरकारले प्रदान गर्ने सबै किसिमका सेवाहरुलाई डिजिटलाइज गरी ‘नागरिक एप’ सञ्चालनमा

    ८

    कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप नेपालमा पनि प्रयोग गर्न अनुमति

    ९

    रुकुम पूर्वका जिल्ला समन्वय समिति प्रमुख ओलीसहित पाँचजना जुवाखालबाट पक्राउ

    १०

    प्रतिनिधिसभा विघटनः संवैधानिक इजलासमा बहस जारी

    समाचार
    थप

    ‘जनयुद्धको नाम सुन्‍नै नचाहने ओलीले अहिले कालीबहादुर खाम खोई अरे’

    ‘बयलगाडा चढेर अमेरिका पुगिन्‍न’ भनी दिएको अभिव्यक्तिको गलत व्याख्या : ओली

    भारोत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन

    रुकुम पश्चिमको प्रहरी कार्यालयमै नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउण्ड हवाई फायर

    हाम्रो नजर
    थप

    लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

    मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

    तिहारमा देउसी भैलो खेल्न नपाइने

    साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पादक
    सम्पर्क –hamronajar.news@gmail.com
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution