काठमाण्डौ – नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ सय तीन पुगेको छ ।आइतबार थप १९ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ सय तीन पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार ४२ जिल्लाका पाँच सय २४ जना पुरुष र ७९ जना महिला गरी अहिलेसम्म ६ सय तीन जनामा कोरोना पुष्टि भएको हो । यस्तै हिजो पर्साको नारायणी अस्पतालबाट डिस्चार्ज भएका ९ जनामध्ये दुई जनामा फेरि सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ । भने आज ६ जना निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको सङ्ख्या ८७ पुगेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । कोरोना सङ्क्रमणबाट अहिलेसम्म तीन जनाको ज्यान गएको छ ।