• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ चैत्र ३१, मंगलबार
Trending
(कोभिड–१९)corona virusCOVID-19vaccine#corona virusअस्पतालमा भर्नालकडाउनकालापानीलिपुलेख
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक (भिडियोसहित)

साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घट्यो

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित, अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति:कमला ह्यारिस

साउदीमा विदेशी श्रमिकलाई स्वदेश फर्कन र कम्पनी फेर्ने रोजगारदाताको अनुमति नचाहिने

पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

गोपिकृष्ण हल भत्काउन सुरु

होमपेज / अन्तरवार्ता
  • १६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कोरोना भाइरसविरुद्ध कर्णालीमा ‘मेडिकल मार्च

  • हाम्रो नजर
  • फाईल तस्विर
    प्रकाशित मिति: २०७७ बैशाख ३१, बुधबार (११ महिना अघि)

    सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि एक महिने ‘मेडिकल मार्च’ अभियान शुरु गरेको छ । ‘कर्णाली प्रदेशका १० वटै जिल्लामा अहिले कोरोना भाइरस सङ्क्रमण भेटिएको छैन’, सामाजिक विकासमन्त्री दल रावलले भने, ‘कोरोना भाइरसविरुद्ध कर्णालीमा अहिले एक महिने मेडिकल मार्च अभियान शुरु गरेका छौँ ।’ कोरोनामुक्त कर्णालीका लागि मेडिकल मार्च शुरु गरिएको उनको भनाइ छ । यसका लागि सामूहिक सङ्कल्पको खाँचो रहेको बताउँदै उनले हालसम्मको कोरोना रोकथाम, नियन्त्रण र पूर्व तयारीका गतिविधि सन्तोषजनक रहेको बताए ।

    ‘कोरोना भाइरस जोखिमबाट कर्णाली पनि अछुतो रहन सक्दैन् तर यसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि हामी निकै लागिपरेका छौँ’, मन्त्री रावलले भने, ‘रु ५० करोडको कोरोना कोष स्थापना, क्वारेन्टाइन, आइसोलेशन र अस्पताल व्यवस्थापन कार्य गरिएको छ ।’

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेश अस्पताल र सामुदायिक अस्पताल चौरजहारीलाई कोरोना भाइरस नियन्त्रणका लागि हबका रुपमा अघि बढाइएको छ । यी अस्पताललाई आवश्यक बजेटको व्यवस्था पनि गरिएको छ । हालसम्म कर्णाली ‘ग्रीन जोन’का रुपमा छ । ‘यो भाइरसको सङ्क्रमण नियन्त्रणमा स्वास्थ्यकर्मी, स्थानीय सरकार र प्रशासनको ठूलो भूमिका छ’, उनले भने, ‘कोरोना भाइरसमुक्त कर्णाली भनेर भन्ने दिनको पर्खाइमा छौँ ।’

    कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणलाई मध्यनजर गर्दै प्रदेशका २७ स्थानमा चिकित्सकसहितको टोली खटाएको छ । ‘मेडिकल मार्च’ नाम दिइएको यो अभियानमा करिब १० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने लक्ष्य राखिएको छ । मेडिकल मार्चमा सुर्खेतस्थित प्रदेश अस्पतालबाट ११ र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ९ जना चिकित्सक खटिएका छन् । बाँकी ७ स्थानमा सम्बन्धित जिल्लाका चिकित्सक जाने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    कुनै स्थानमा दुई चिकित्सक खटाइएका छन् । एउटा टोलीमा चिकित्सकसहित सरदर छ जनाका दरले स्वास्थ्यकर्मी खटिने मन्त्रालयले जनाएको छ । यस हिसाबले मेडिकल मार्चअन्तर्गत एकैपटक करिब २ सय चिकित्सक र स्वास्थ्यकर्मी कर्णालीका बस्तीमा युद्धस्तरमा खटिएको मन्त्री रावलले बताए । उनका अनुसार प्रतिष्ठानको टोली जुम्ला, कालीकोट, मुगु र हुम्ला तथा प्रदेश अस्पतालको टोली दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम र सुर्खेतमा गएको छ ।

    प्रदेश सरकारले हिमाली जिल्ला हुम्ला र डोल्पामा एयर लिफ्टिङ गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको छ भने अन्य जिल्लामा स्थलमार्गबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो । प्रदेशले शनिबार डोल्पा र आइतबार हुम्लामा एयर लिफ्टिङ गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो । कर्णालीका पाँचवटा जिल्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेर्ने व्यवस्था गरिएको छ भने तल्लो क्षेत्रका जिल्ला प्रदेश अस्पतालले र बाँकी जिल्ला सामुदायिक अस्पताल चौरजहारीले हेर्ने गरी स्वास्थ्यकर्मी परिचालन गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गर्न र स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ खटिन मन्त्री रावलले आग्रह पनि गरे ।

    स्थास्थ्यकर्मीको टोली कम्तीमा १० दिनसम्म खटाइएको स्थानमा बस्ने जनाएको छ । सो अवधिमा टोलीले स्थानीयस्तरमा स्वास्थ्य जाँच र कोरोना परीक्षण गर्नेछ । मन्त्री रावलका अनुसार यो अवधिमा ७९ वटा स्थानीय तहका ७ सय १८ वटा वडामा स्थानीयवासीको कोरोना परीक्षण हुनेछ । ‘अभियानमा कुनै पनि वडाका बासिन्दा कोरोना परीक्षणबाट छुट्ने छैनन् । ‘शंकास्पद देखिएका र विदेशबाट आएका व्यक्तिको आरडिटी गर्नुका साथै स्वाब सङ्कलन गरेर पीसीआर पनि परीक्षण गरिनेछ’ उनले भने, ‘हाम्रो योनजाअनुसार प्रयोगशाला र परीक्षण सामग्री पुगे भने १० दिनभित्र कर्णालीमा कोरोनाको अवस्था स्पष्ट हुनेछ ।’

    ‘कोरोनामुक्त कर्णाली’

    टोलीको सहयोगमा प्रत्येक वडामा १० जनाका दरले करिब १० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने लक्ष्य राखिएको पनि मन्त्री रावलले बताए । ‘सबै नेगेटिभ भेटिएको खण्डमा कर्णाली प्रदेशमा लकडाउन खुलाइनेछ’, उनले भने, ‘बाहिरबाट आउने क्रम पूर्णरुपमा नाका बन्द गरिनेछ ।’

    यो अवधिमा कसैमा कोरोना देखिएमा सङ्क्रमण नियन्त्रणको लागि थप प्रक्रिया सुरु गरिने र नदेखिएमा ‘कोरानामुक्त कर्णाली’ घोषणा गरिने मन्त्री रावलले बताए । कोरोना देखिएमा सम्बन्धित स्थानमै आइसोलेशनमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए । ‘यदि कसैमा पनि कोरोना देखिएन भने हामीले सङ्घीय सरकारसँग समन्वय गरी ‘कोरोनामुक्त कर्णाली’ घोषणा गर्नेछौं’, उनले भने, ‘त्यसकै लागि गाउँगाउँमा चिकित्सक र स्वास्थ्यकर्मीको टोली पठाएर परीक्षण अभियान थालेका हौं ।

    • #कोरोना
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अन्तरवार्ता सम्बन्धि थप

    दाङ बस दुर्घटनामाः मृतक दुईको सनाखत

    अमेरिकी संसद भवनमा आक्रमण, एक प्रहरी अधिकारीको मृत्यु

    युवतीलाई जबरजस्ती अबिर दल्दा ग्याङ फाइट : भीरबाट लडाएर २ जनाको हत्या

    ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट,यसरी रिजल्ट हेर्नुहोस्

    दक्षिणकालीको जङ्गलमा दुई युवाको शवः अनुसन्धानका लागि कुकुरहरु परिचालन

    अधिवक्ता रमेश बडाल नयाँ महान्यायाधिवक्ता

    ताजा समाचार
    १

    दाङ बस दुर्घटनामाः मृतक दुईको सनाखत

    २

    अमेरिकी संसद भवनमा आक्रमण, एक प्रहरी अधिकारीको मृत्यु

    ३

    युवतीलाई जबरजस्ती अबिर दल्दा ग्याङ फाइट : भीरबाट लडाएर २ जनाको हत्या

    ४

    ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट,यसरी रिजल्ट हेर्नुहोस्

    ५

    दक्षिणकालीको जङ्गलमा दुई युवाको शवः अनुसन्धानका लागि कुकुरहरु परिचालन

    ६

    अधिवक्ता रमेश बडाल नयाँ महान्यायाधिवक्ता

    ७

    पूर्ण खोप घोषणा बाँके जिल्ला

    ८

    खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि ११ गतेसम्म

    ९

    ७७ वटै जिल्लामा मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु हुँदै

    १०

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ३० मिलियन डलरको बण्ड ल्याउने, लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने

    समाचार
    थप

    दाङ बस दुर्घटनामाः मृतक दुईको सनाखत

    युवतीलाई जबरजस्ती अबिर दल्दा ग्याङ फाइट : भीरबाट लडाएर २ जनाको हत्या

    ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट,यसरी रिजल्ट हेर्नुहोस्

    दक्षिणकालीको जङ्गलमा दुई युवाको शवः अनुसन्धानका लागि कुकुरहरु परिचालन

    हाम्रो नजर
    थप

    भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार गरेको स्वीकारे

    भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार,भोलि सार्वजनिक गर्ने तयारी

    लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

    मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - काठमाण्डौ
    सम्पादक
    सम्पर्क –hamronajar.news@gmail.com
    सम्पर्क न ९८४४९९०३१०
    दर्ता नम्बरः........

    कुनै डर छैन्, कुनै पक्ष छैन। हामी आउदै छौँ निरन्तर विश्वसनीय समाचारको साथमा। तपाईंको दैनिक जीवनको एक हिस्सा हाम्रो नजर डट कम सहि सूचना र सत्य जानकारी सदैव हाम्रो प्रयास

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution